Khabar Dabali Logo
  April 19, Mon

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको संसदीय दलको बैठक बोलाएको छ । बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्दैछ ।

बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा प्रतिपक्षी दलका रुपमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने संसदीय दलका सचेतक पुष्पा भुसालले जानकारी दिए । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले त्यसविरुद्ध विभिन्न चरणमा देशव्यापी विरोध प्रदर्शन गरेको थियो । प्रतिनिधिसभाको पुनःस्थानापछि भने कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई पक्षमध्ये कुनसँग सहकार्य गर्ने भन्ने सम्बन्धमा बहस जारी रहेको अवस्थामा संसदीय दलको बैठकमा सो बारेमा समेत सांसदको राय लिइने बताइएको छ ।

प्रतिनिधिसभा विघटन गरेपछि सो सम्बन्धमा परेका विभिन्न रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यही फागुन ११ गते पुनःस्थापनाको फैसला सुनाएको थियो । सो फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःस्थापित प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेका छन् ।

फागुन २१ गते, २०७७ - १२:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

योग ध्यानबाट मानसिक स्फूर्ति खोज्दै पर्यटन व्यवसायी

पोखरा । कोभिड–१९ का कारण व्यवसायमा परेको प्रभावले उत्पन्न मानसिक तनावलाई व्यवस्थापन गर्न पोखरा पर्यटन...   

गलकोटस्थित विद्यालयलाई जुट्यो ५० लाख सहयोग

बागलुङ । गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयले थालेको ‘जनहित शैक्षिक सहयोग (कोषवृद्धि)’...   

पूर्व स्वास्थ्य मन्त्री सुवालको निधन

काठमाडौँ । समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी उनकै निवास झोछेँमा...   

मानव बेचबिखन आरोपमा ४० वर्षीय कुमार पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको...   

स्पेन र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुग्छः अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल र स्पेनबीचको सम्बन्ध विस्तार र...   

गाउँपालिकाद्वारा नयाँ जन्मिने शिशुलाई तीन हजार दिने व्यवस्था

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा नयाँ शिशु जन्मने बित्तिकै रु तीन हजार दिने व्यवस्था गरेको...   

माओवादीले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकारको सम्भावना छैन : सभापति देउवा

गोदावरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकारलाई...   

कोरोना कहर : भारतबाट फर्किनेको लर्को, जाने घटे

राँझा । भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि रोजगारी छाडेर घर फर्किने नेपालीको सीमा नाकामा लर्को...   

बालबालिकाको स्वास्थ्य अधिकारप्रति संवेदनशील बन्न सम्बन्धित पक्षलाई आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको स्वास्थ्यको अधिकारलाई ध्यानमा राखी पठनपाठनको...   

अफगानिस्तानको मस्जिदमा एकै परिवारका ८ जनाको हत्या

जलालाबाद । अफगानिस्तानको जलालाबाद शहरमा एउटा मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा एकै परिवारका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top