Khabar Dabali Logo
  March 7, Sun

फेवातालको सरसफाइमा युवा सङ्घको सक्रियता

गण्डकी । युवा सङ्घ नेपाल वडा कमिटी पोखरा–६ लेकसाइडद्वारा फेवातालस्थित बाराहिघाटमा बृहत् सरसफाइ कार्यक्रमको आयोजना गरियो । ‘आज नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने र यहाँ नगरे कहाँ गर्ने’ भन्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा सङ्घमा आबद्ध पदाधिकारी तथा सदस्य, आमा समूह, डुङ्गा व्यवसायी समितिको सहभागिता रहेको थियो ।

बयालिस वर्षअघि निर्माण गरिएको फेवाबाँध मर्मतका लागि पानीको सतह घटेपछि तालको किनारामा देखिएको फोहर सङ्कलन गरी आवश्यक व्यवस्थापन गरिएको थियो । युवा सङ्घ नेपालका पूर्वअध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले बाराही घाटमा फोटो उठाएर कार्यक्रमको शुभारम्भ गर्दै प्राकृतिक स्रोतसाधनको संरक्षण र उपयोगका युवाशक्तिको सक्रियता भूमिका हुनुपर्ने बताए । “हाम्रा पुर्खाले हामीलाई बुझाएको फेवाताल भावी पुस्तालाई बुझाउनु अपरिहार्य छ”, उनले भने, “त्यसका लागि युवा शक्ति सङ्गठित भएर अघि बढ्नुको विकल्प छैन ।” पानीको सतह सुकेको वर्तमान अवस्थामा ताल अतिक्रमणबाट जोगाउनुका साथै सरसफाइ कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रम संयोजक सञ्जिव पहारी, सङ्घका अध्यक्ष आविष्कार तिमिल्सिनालगायतले तालसँग धेरैको भविष्य जोडिएको हुँदा यसको संरक्षण, सम्वद्र्धन र सरसफाइमा सबैको साथ र सहयोग आवश्यक रहने बताए ।

फागुन ८ गते, २०७७ - १८:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बैंकिङ कसूरमा फरार हुँदै आएकी भावना पक्राउ

काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–४ बस्ने ४३ वर्षीया भावना श्रेष्ठलाई...   

के तपाइँ भविश्यका लागि भनेर जग्गा खरीद गर्दै हुनुन्छ ? हुन सक्छ यस्तो

काठमाडौ । तपाइँले भविश्यका लागि भनेर जग्गा खरीद गरी राख्नुभएको छ रु यदि छ भने बेलाबेलामा जग्गाको अवस्थाबारे...   

संसद्लाई पुनः क्रियाशील तुल्याउन योगदान गर्ने सबैमा सभामुखको बधाई

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट पुनःक्रियाशिल भएको...   

प्रतिनिधिसभाको बैठक २६ गतेसम्मका लागी स्थगित

काठमाडौं । पुनस्र्थापित प्रतिनिधीसभाको बैठक सुचना टाँस गरी २६ गतेसम्मका लागी स्थगित गरिएको छ । प्रमुख...   

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका...   

अदालतको फैसला मान्छौँ, कार्यान्वयन गर्छौ: ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको...   

सर्वोच्चको फैसलापछि प्रचण्डको प्रतिक्रिया : अपेक्षा गरेभन्दा फरक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि...   

कटुवा पेस्तोलसहित दुई युवक पक्राउ

सप्तरी । राजविराज नगरपालिकाबाट आज दुई युवकलाई नलकटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ । हातहतियार...   

नेकपा नाम विवाद : सर्वोच्च अदालतले गर्‍यो ऋषि कट्टेलको पक्षमा फैसला

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम...   

मनको आगोले घरिघरि पोलिरहन्छ

फुङ्लिङ । फुची शेर्पाका आँखाबाट आँशु बग्न रोकिएको छ । परदेखि नै प्रष्ट ठम्याउन सकिन्छ उनी रुँदारुँदै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top