
अर्जेन्टिनाका पूर्व राष्ट्रपतिको निधन

-
-
फागुन ३ गते, २०७७ - १७:०९

ब्युनस आयर्स । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ ।
स्थानीय संचार माध्यमहरुले उनको हृदयघातका कारण निधन भएको जनाएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिन अघि ब्युनस आयर्सस्थित लस आर्कोस अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
श्री कार्लोस सन् १९८९ देखि १९९९ सम्म अर्जेन्टिनाको राष्ट्रपति थिए । उनी सन् २००५ देखि ला रियोजा प्रान्तबाट सिनेट सदस्य पनि रहेएका थिए ।
राष्ट्रपति अल्बर्टो फर्नान्डेजले पूर्व राष्ट्रपति मेनेमको निधनप्रति दुःख प्रकट गर्दै पूर्व राष्ट्रपति मेनेम लोकतन्त्रका लागि सदैब प्रतिबद्ध राष्ट्रका सच्चा नेता रहेएको बताएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन
काठमाडौ । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय...सोलु एफएम कार्यालयमा आगलागी
सोलुखुम्बु । योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको...बैतडी घटना, आरोपितको डिएनए परीक्षण गरिँदै
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको...पन्ध्र करोड राजश्व छली, राठीसहित तीन जनाविरुद्ध मुद्दा
काठमाडौ । राजश्व अनुसन्धान विभागले विराटनगर महानगरपालिका–९ स्थित बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक...अदालतको अवहेलना गरेको छैन : अध्यक्ष प्रचण्ड
काठमाडौ । नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले अदालतको कार्यसम्पादनमा...पार्टी एकताका लागि पहल गर्छौँ : नेता भट्टराई
धनुषा । नेपाल कम्युनिष्ट (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीलाई एक बनाउन आफूहरुले...नक्कली फेसबुक पेज बनाउने पोखरेल पक्राउ
काठमाडौ । प्रहरीले साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एकलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोको...कैदीबन्दीबीच झडप हुँदा तीन नाइकेसहित पाँच जना घाइते
तनहुँ । दमौली कारागारमा रहेका कैदीबन्दीबीच आज साँझ झडप हुँदा पाँच घाइते भएका छन् । झडपमा परी तीन नाइके...विप्लव समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छौँ : प्रधानमन्त्री ओली
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै...नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन : महामन्त्री कोइराला
बागमती । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई...
