Khabar Dabali Logo
  March 4, Thu

काठमाडौंमा फेरि बर्डफ्लु भेटियाे

काठमाडौं । काठमाडौंमा पुनः बर्डफ्लु रोग देखापरेको छ । यसअघि माघ १६ गते काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्लेखोला फुटुङमा बर्डफ्लु देखापरेको थियो । त्यसपछि पशुसेवा विभागले उक्त क्षेत्रलगायत देशका अन्य शंकास्पद स्थानमा समेत सघन रूपमा निगरानी गरी परीक्षण गरिरहेको थियो ।

आजको आर्थिक अभियान दैनिकमा खबर छ – त्यसै क्रममा तारकेश्वर नगरपालिकाकै वडा नं १ मा स्थानीय कृषकले पालेका हाँसको नमूना परीक्षण गर्दा माघ २७ गते पुनः बर्डफ्लु रोग प्रमाणित भएको हो । विभागले बिहीवार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

रोग पुष्टि भएसँगै थप फैलन नदिई नियन्त्रणमा लिन विभागले पशुसेवासँग सम्बद्ध निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पशुपन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरेको छ । सो क्रममा १४ सय २१ हाँस, ४२ ओटा कुखुरा, २६ ओटा अण्डा, र ८ सय केजी दाना नष्ट गरी उक्त क्षेत्रलाई पूर्णरूपमा निःसंक्रमण गरिएको छ ।

पटक पटक संक्रामक रोग देखापरिरहँदा त्यसको पर्याप्त मात्रामा परीक्षणका लागि प्रयोगशालाको अभाव भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले बताए । उनका अनुसार मन्त्रालयको मातहतमा पूर्णरूपमा चलिरहेका आठओटा प्रयोगशालामध्ये हाल पाँच ओटा प्रयोगशाला स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणका लागि प्रयोग गरिरहेको छ ।

बाँकी तीनओटामा मात्रै बर्डफ्लुको नमूना परीक्षणको काम भइरहेको छ । ‘यो हाम्रा लागि अपर्याप्त नै हो । चाँडोभन्दा चाँडो थप प्रयोगशालाको व्यवस्था नभए परीक्षणका लागि समस्या पर्न सक्छ,’ उनले भने ।

माघ ३० गते, २०७७ - ०७:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अख्तियारमा मामा सचिव भएको १५ महिनामै ५०औं रोपनी जग्गा जोड्ने शक्तिशाली भान्जा

अख्तियारमा मामा सचिव भएको १५ महिनामै ५०औं रोपनी जग्गा जोड्ने शक्तिशाली भान्जा

काठमाडौं । पछिल्लो समय गृह मन्त्रालयको प्रशासानिक नेतृत्व अत्यन्तै कमजोर बनेको टिप्पणी प्रहरी तथा...   

दुबईमा ८ महिनादेखि सयाैँ नेपाली तलब बिहिन

काठमाडौं । रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) को दुबई पुगेका सयभन्दा बढी नेपाली बेखर्ची भएका...   

नाटकीय खेलमा सेभियासंग ३–२ को जीत हासिल गर्दै फाइनलमा स्थान बनाउन सफल

स्पेन । सेभियालाई दोस्रो लेगमा पराजित गर्दै बार्सिलोनाले कोपा डेल रेको फाइनलमा स्थान बनाउन सफल भएछ...   

फागुन २२ र २९ गतेको वाग्मती सफाइ महाअभियान पशुपति क्षेत्रमा केन्द्रित

काठमाडौं । महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई स्वच्छ वातावरण दिने उद्देश्यले फागुन...   

टर्कीबाट ल्याइएका ओखरको बिरुवा अनुदानमा कृषकलाई वितरण

रुकुम । रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका...   

‘रेमिट्यान्स दुरुपयोग’ ले बढाउँदै सम्बन्धविच्छेद

बागलुङ । बागलुङ जिल्लामा बर्षेनी सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका...   

सप्तकोशी उच्च बाँधका लागि भारतको एकतर्फी जोड

काठमाडौं । भारतका उर्जामन्त्री आरके सिंहले गत साता दिल्लीमा आयोजित कार्यक्रममा कोसी उच्च बाँधको...   

भागरथी हत्या अनुसन्धानकाे लागि अन्तिम पटक म्याद थप

बैतडी । किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका...   

निकै चर्चा पाएका दुई रेलमार्गको अध्ययनमै अलमल

काठमाडौं । निकै चर्चा पाएका दुई रेलमार्ग काठमाडौँ-रक्सौल र केरुङ-काठमाडौँको विस्तृत अध्ययन अझै अघि...   

राष्ट्रिय महिला आयोगको बजेट तलब सुविधा मै ठिक्क

काठमाडौं । अर्थमन्त्रालयको रातो किताब अनुसार चालु आर्थिक वर्षमा राष्ट्रिय महिला आयोगलाई १२ करोड...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top