Khabar Dabali Logo
  March 6, Sat

टिपरकाे ठक्करले एककाे ज्यान लियाे, दुई जना घाइते

सुनसरी । सुनसरीको इटहरी–१७ मा बुधबार सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–९ का ५४ वर्षीय राजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ क ३४११ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको को ३८प ५७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।

सोही टिपरले विपरीत दिशाबाट आउँदै गरेको को३५प ७६१० नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ बेलबारी–८ का ३८ वर्षीय होमनाथ बाँसकोटा र पछाडि सवार इटहरी–८ का ३७ वर्षीय नगेन्द्र अधिकारी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते भएकाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने सबै सवारी साधन र टिपर चालक सुनसरी रामधुनी नगरपालिका–३ का ३५ वर्षीय सलमकुमार सरदार प्रहरी नियन्त्रणमा छन् । रासस

माघ २९ गते, २०७७ - ०९:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड महांकालद्वारा वितरण गरिएको खानेपानीमा ढल

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) वितरण केन्द्र महांकाल चौरले वितरण गरेको पिउने...   

मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै

काठमाडौं। दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार काठमाडौं उपत्यकामा झर्दैछ । शनिबार...   

देउवालाई प्रधानमन्त्री अफर नगर्ने ओलीको घोषणा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई नेकपाका दुवै समूहले प्रधानमन्त्रीका लागि प्रस्ताव...   

पाँच लाख घरधुरीमा ग्यासचुलो विस्थापन गरिँदै, ५ सय मेगावाट विद्युत् खपत बढ्ने

काठमाडौं । मुलुकका ५ लाख घरधुरीमा एलपी ग्यासचुलोे विस्थापन गरिने भएको छ । स्वदेशमा उत्पादित विद्युत्को...   
दाल प्याकेजिङमा त्रुटि भेटियाे , कारबाही गर्ने विषयमा अन्योल

दाल प्याकेजिङमा त्रुटि भेटियाे , कारबाही गर्ने विषयमा अन्योल

काठमाडौं । तीन महिनाअघि मोजाम्बिकबाट आयात गरिएको ४० हजार किलो रहर दालको प्याकेजिङमा त्रुटि भेटिए...   

नाबालक परिचयपत्र बनाउन खोज्ने वडाध्यक्ष र सचिवद्वारा आत्मसर्मपण

म्याग्दी । झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको...   

महामारीमा बैंकहरुले दिए १३ अर्ब बराबरको ब्याज छुट

काठमाडौं । कोरोना महामारीमा बैंक, वित्तीय संस्थाले ऋणीलाई करिब १३ अर्ब रुपैयाँ बराबरको ब्याज छुट दिएका...   

नेपाली आकाशमै इन्टरनेटको सुविधा

काठमाडौँ । विदेशी एयरलाइन्सहरूले नेपाली आकाशमा उडान गर्दा अबदेखि इन्टरनेट सुविधा प्रयोग गर्न पाउने...   

नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घट्यो

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक...   

ओली कि प्रचण्ड–नेपाल समूह : काँग्रेस अझै अलमलमा

काठमाडौं । विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ । आजको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top