
चामलको मूल्य बढ्यो

-
-
माघ २६ गते, २०७७ - ०८:३२

वीरगञ्ज । कोरोना महामारीका कारण धानको उत्पादनमा परेको असरको प्रभाव अहिले चामलको मूल्यमा देखिएको छ । धानको उत्पादन र गुणस्तर दुवै घटेपछि चामलको मूल्यमा चाप परेको उद्यमीहरूले बताएका छन् ।
आजको आर्थिक अभियान दैनिकमा खबर छ – खाद्यान्न उत्पादन र आपूर्तिको मुख्य केन्द्र मानिएको बारा र पर्साका उद्योगीले चामलको उत्पादन लागत ह्वात्तै बढेको बताए । नेपाल चामल दाल तेल उद्योग संघका अध्यक्ष सुबोधकुमार गुप्ताका अनुसार कोरोनाले धान उत्पादनमा परेको प्रभाव चामल उत्पादनमा देखा परेको छ ।
कोरोनाका कारण मल र सिँचाइको अभाव भएकाले धानको उत्पादन र गुणस्तर दुवै खस्किएको उद्यमीले बताए । भारतमा यो वर्ष धानको उत्पादन घटेको र मूल्य बढेकाले पनि चामल उत्पादनमा त्यसको असर देखिएको गुप्ताको भनाइ छ ।
नेपालमा चामल उत्पादनको खपत हुने आधाभन्दा बढी परिमाणको धान भारतबाट भित्रिन्छ । नेपालमा खाद्य संस्थाले धान खरीद गरेकाले पनि मूल्य बढेको उद्यमीहरूको भनाइ छ । संस्थानले प्रतिक्वीन्टल २ हजार ८ सय रुपैयाँमा धान किनेको छ ।
उद्योगीले यो वर्ष अहिले नै सोना मन्सुली धानको मूल्य प्रतिक्वीन्टल २ हजार ७ सय रुपैयाँसम्म तिरेर आयात गरेका छन् । गोरखनाथ धान २ हजार ८५० र जीरा बासमती ३ हजार ५० रुपैयाँ प्रतिक्वीन्टलमा खरीद भइरहेको उद्योगीहरूले बताए ।
धानको मूल्य बढ्नु र मलखाद र सिँचाइ नपाएका कारण धान कुट्दा कनिका बढी निस्किएको उद्यमीले बताए । ‘सामान्यतः ८ प्रतिशतसम्म कनिका आउनेमा यस वर्ष २२ देखि २५ प्रतिशतसम्म पुगेको छ । एक त धानको मूल्य नै बढेको छ, अर्कातिर कनिका बढी निस्किएपछि चामलको लागतमा चाप परेको छ,’ मोहित एग्रो इन्डस्ट्रिजका प्रबन्ध निर्देशकसमेत रहेका गुप्ताको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पूर्व प्रधानमन्त्री भट्टराई आज स्वदेश फर्किदै, क्यान्सर नभएको पुष्टि
काठमाडौं । पेटमा क्यान्सर भएको आशंकामा उपचारका लागि भारत गएका जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्व...महिलालाई जिउँदै पुरेर एक्स्काभेटर चालक फरार
धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । आजको कान्तिपुर...मोरङमा दुई जना वृद्धवृद्धाकाे स्यानिटाइजर सेवन गरेर मृत्यु
काठमाडौं । स्यानिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने वृद्धवृद्धा...खोप लगाएपनि कोराना संक्रमणको जोखिम रहने
काठमाडौं । सुरक्षित मानिएको कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको...जनप्रतिनिधि ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेटकाे दुरुपयोग गर्दै भ्रमणमा
विराटनगर । मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट...अग्नि पीडितलाई पठाएको पाल एक महिनादेखि गाउँपालिकामै थन्कियो
काठमाडौं । जुम्ला तिला गाउँपालिका–७ गोठी गाउँमा गत माघ १५ गते खाना पकाउने क्रममा चुलोबाट निस्केको...बंगलादेशसँग किनिएको मल एक सातामा नेपाल आउँदै
काठमाडौं । नेपाल सरकारले बंगलादेशसँग जीटुजी प्रक्रियामार्फत किनेर ल्याउन लागेको युरिया मल अबको एक...नेकपा विवादले संसद् सचिवालयलाई सकस
काठमाडौं । नेकपा विवादले संसद्का काम कारवाही सरल तरिकाले अघि बढ्न नसक्ने भएपछि संसद् सचिवालयलाई दल...बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्यो
काठमाडौं । पछिल्लो समय अर्थतन्त्र चलायमान भएर सकारात्मक परिसूचक देखापर्दै गर्दा बैङ्क तथा वित्तीय...आर्थिक क्रियाकलापमा भारी वृद्धि, २ महिनामा घट्यो २ खर्ब तरलता
काठमाडौं । कोरोना भाइरस महामारी व्यवस्थापन हुँदै गएपछि आर्थिक क्रियाकलापमा भारी वृद्धि भएको देखिएको...
