
ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ

-
-
माघ १४ गते, २०७७ - १६:३४

झापा । ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित वस्तुहरु दमक नगरपालिका-६ वस्ने जितेन्द्र साहलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका-६ स्थित घरमा अवैध रुपमा ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक खाद्य वस्तुहरु भण्डारण गरी विक्रि वितरण तथा ओसार पसार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त घरबाट विभिन्न किसिमका खाद्यान्न परिपुरक खाद्य वस्तुहरु फेला पारी बरामद गरेको थियो ।
थप अनुसन्धानको क्रममा उक्त खाद्य वस्तुहरु जितेन्द्र साह समेतले काठमाडौं महानगरपालिका(१६ बालाजुमा दर्ता रहेको ग्लोवल ओरियन्स प्रालिबाट केही परिमाणका खाद्य वस्तुहरु खरिद गरी ल्याएको हुन सक्ने र ठूलो परिमाणका खाद्य वस्तुहरु भन्साररराजश्व छली गरी ल्याएको भन्ने बुझिन आएको हुँदा संचालकहरुमध्ये जितेन्द्र साहलाई प्रहरीले पक्राउ गरी अन्य संलग्न व्यक्तिहरुको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साथै बरामद भएका सामानहरुमध्ये ८७ लाख २६ हजार ५ सय २० रुपैयाँको ३ हजार ३ सय ५८ बट्टा समानहरुको बिल भएको र २ करोड ४२ लाख ४० हजार ७ सय ३० रुपैयाँको ९ हजार ९ सय ४३ बट्टाको बिल नभएको अनुसन्धानबाट खुल्न आएको हो ।
पक्राउ परेको साहलाई बरामद सामानहरु सहित थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आलमलाई छुटाउन प्रयास छुः सभापति देउवा
रौतहट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती...महानगरीय प्रहरी प्रभाग बालकुमारी ललितपुरको नवनिर्मित कार्यालय भवन उद्घाटन
ललितपुर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले...कंगो र गुएनामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु
आदिस अबाबा । अफ्रिकी देशहरु कंगो र गुएनामा इबोलाका नयाँ संक्रमितहरु भेटिएको बताइएको छ । ती देशमा पछिल्ला...भारतमा एक करोड ११ लाख भन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा १४ हजार ९८९ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या...अरनिको राजमार्गमा मोड–सुधार र सर्भिस ट्र्याक बन्दै
काभ्रेपलाञ्चोक । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकका विभिन्न...कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि व्यवसायमा संलग्न कृषकलाई बिनाधितो सुलभ ब्याजदरमा...डोल्पाको १३ विद्यालयलाई कम्प्युटर सहयोग
डोल्पा । तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले विद्यालयलाई कम्प्युटर वितरण गरेको छ । यहाँका १३...बारेकोटमा भेटिए ८८ प्रजातिका चरा
जाजरकोट । बारेकोट गाउँपालिकामा गरिएको अध्ययनबाट लोपोन्मुख चरा फेला परेका छन् । एक हजार ८९१ मिटरदेखि...म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु
याङ्गुन । प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा...अमेरिकी सेना रहेको इराकी अखडामा १० वटा रकेट प्रहार
बग्दाद । पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको एउटा अखडालाई लक्षित गरी बुधबार कम्तीमा १० वटा क्षेप्यास्त्र...
