Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

निर्वाचनका लागि तयार रहन आग्रह

रसुवा । सरकारले तोकेको समयमा आम निर्वाचन सम्पन्न गराउने कार्यका लागि पूर्व तयारी अवस्थामा रहन यहाँका कार्यालय प्रमुखलाई निर्देशन दिइएको छ । सरकारी कामको समीक्षा गर्न भेला भएका कार्यालय प्रमुखलाई प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले निर्वाचनको तयारीमा रहन निर्देशन दिएको हो । प्रत्येक महिनाको ५ गते कार्यालय प्रमुख भेला भई जिल्लाको समसामयिक विषयमा छलफल गर्ने चलन रहेको छ ।

निर्वाचनको समय नजिकिँदै गएकोले आ–आफ्ना कार्यालयमा रहेका सवारीसाधनको लगत तयार गरी विवरण पठाउन पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । जनतामाझ प्रदान गरिएको सेवाअन्तर्गत सरकारी निकायबाट भएका काम एवं विकास निर्माणमा गरिएका खर्चको विवरण पनि क्रियाशील सञ्चारकर्मीलाई उपलब्ध गराई आम नागरिकसामु जानकारी गराउने कार्यमा सहयोग पुर्याउन सरोकारवाला निकायलाई स्थानीय प्रशासनले निर्देशन दिएको छ ।

सबै निकायको सहभागितामा विकास निर्माणको स्थलगतरूपमा कार्यप्रगति निरीक्षण गराउने व्यवस्था मिलाउन पनि कार्यालय प्रमुखलाई सुझाव दिइएको छ । भए गरेका कामको विवरण सार्वजनिक गर्ने सरकारको कार्यनीति रहे पनि कार्यपालिकामा रहेका राष्ट्रसेवक प्रमुखले पारदर्शी गराउन आलटाल गर्ने समस्या बढिरहेको अवस्थामा प्रजिअको निर्देशनले आमनागरिकमाझ सुसूचित गराउने कार्यमा मद्दत पुग्ने आकलन गरिएको छ ।

यस्तै सरकारी सवारीसाधन दुरूपयोग हुनथालेको भन्ने जनगुनासोलाई मध्यनजर राख्दै कार्यालय प्रमुखमाझ प्रजिअ पन्तले अबका दिनमा सरकारी साधन गुडाउनु पर्दा कामको विवरण खोली जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिन आग्रह गरेका छन्।

बिदाको दिन सरकारी सवारी साधन गुडाउनु पूर्व जिल्ला प्रशासनको स्वीकृति लिनुपर्ने प्रावधान कार्यान्वयन नभएको पाइएको र आफूखुशी हिँडेका सवारीसाधन कुनै कारणले क्षति भएमा त्यसको जवाफदेही स्वयं कार्यालय प्रमुखनै हुनुपर्ने जिल्ला प्रशासन कार्यालय रसुवाले स्पष्ट पारेको छ ।

अत्यावश्यक काममा मात्र गुडाउनुपर्ने सरकारी सवारीसाधन कार्यालय प्रमुख जिल्लाबाहिर जाँदा आफ्नो साथमा लाने र बढी समय व्यक्तिगत काममा प्रयोग हुने गरेको जनगुनासो दिनप्रतिदिन बढ्दै गएको छ ।

काठमाडौँ पुगेपछि एक दुई दिन सरकारी काम गरिए पनि अधिकांश समय सरकारी सवारीसाधन घरेलु सामग्री बोक्नेदेखि लिएर बजार घुम्ने तथा इष्टमित्रसँग भेटघाट जस्ता कार्यमा प्रयोग हुने र सवारी इन्धन एवं मर्मतको बिल भने कार्यालयमा पेश हुने गरेको चालकको भनाइ पाइन्छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies