Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अतिक्रमणको प्रतिकारमा नेपाली, हिलेमा स्थानीयवासीको प्रतिकारपछि भारतीय पक्ष पछि हट्यो

मङ्गलबारे । भारतीयले नेपालतर्फको भूभाग मिच्नु र मिच्न खोज्नु नौलो विषय होइन । पटकपटक भारतीय सीमासुरक्षा बलले नेपालतर्फको भूभागमा पसेर सीमा मिच्ने गरेको छ । कहिले सीमावारी भौतिक संरचना बनाउँछ त कहिले जङ्गे पिलर नै कब्जाको प्रयास गर्छ ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै यो समस्या रहने गरेको छ । तराईमा भन्दा पहाडी क्षेत्रमा सीमा सुरक्षामा चुनौती रहेको त्यस क्षेत्रका बासिन्दाको भनाइ छ । भर्खरै पनि भारतसँग सीमा जोडिएको जिल्लाको सूर्योदय नगरपालिका– २ हिलेमा भारतीय सीमासुरक्षा बलले नेपालतर्फका भूभाग कब्जा गर्न खोजेपछि यस्तै झमेला भयो । स्थानीयवासीको प्रतिकारपछि भारतीय पक्ष पछि हट्यो ।

गत शनिबार पुशपतिनगरस्थित हिले क्षेत्रमा रातारात भारतीय सीमासुरक्षा बल एसएसबीले एकतर्फीरुपमा नेपालतर्फको सीमामा बारबेरा लगाएको सीमा क्षेत्रमा बस्ने नेपालीहरुको भनाइ छ । भारतीय पक्षले नेपालतर्फको भूभाग कब्जा गर्न खोजेपछि एकजुट भएका नेपालीले यसको खुलेरै नेपालको रक्षा गर्नुप¥र्यो ।

स्थानीयवासीको तीव्र विरोधपछि एसएसबीले आइन्दा सीमा क्षेत्रमा यस्ता क्रियाकलाप नगर्ने भन्दै पछाडि हट्नुप¥र्यो । वैज्ञानिक सिमाङ्कन नहुँदा पूर्वी सीमाको इलाम खण्डअन्तर्गत ५२ किलोमिटर क्षेत्रमा वर्षेनी यस्तै समस्या बल्झिरहने गरेको छ । यो समस्या वर्षमा एक दुइपटक जस्तै दोहोरिने गरेको स्थानीयवासी फुर्वा शेर्पाको भनाइ छ ।

देशकै पर्यटकीय गन्तव्य मानिएको सन्दकपुर डाँडामा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको दृश्यावलोकन स्तम्भ निर्माणमा पनि एसएसबीले रोक लगायो । त्यो स्तम्भ बन्दै गरेको जग्गा नेपालकै भए पनि एसएसबीले आफ्नो भन्दै रोक लगाउने गरेको छ । सन्दकपुरलगायत विभिन्न स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाइरहेको छ ।

विसं २०६४ को संविधानसभा निर्वाचनताका भारतले सुरक्षाका लागि भन्दै तीन÷तीन किलोमिटरमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को बिओपी राखेको थियो । भारतले कतिपय स्थानमा दशगजाभित्रै पनि एसएसबी क्याम्प राखेको छ । इलाममा नेपाल–भारत सिमानामा पर्ने ठाउँमा एसएसबीले दशगजाभित्रै पाल टाँगेको बताइएको छ । उनीहरु हतियार लिएर नै बस्ने गरेको समेत बताइन्छ । भारतले बारम्बार सीमा मिचेर संरचना बनाइरहन्छ तर नेपाली भूभागमा संरचना बनाउँदा पनि पटकपटक रोक लगाउने र दुःख दिइरहने गरेको स्थानीयवासीको भनाइ छ ।

मानेभञ्ज्याङमा नेपाल र भारततर्पm दशगजा क्षेत्रमा घर बनेका छन् । पशुपतिनगरको फाटकमा भारतीय तर्फबाट दशगजा क्षेत्रमा गुम्बा बनाइएको छ । गुम्बा बन्न थालेपछि नेपालतर्पmबाट पटकपटक पहल गरिएको भनिए पनि संरचना बनाएरै छाड्यो । केन्द्रबाटै नापी टोली आएर नाप्दा पनि त्यो स्थान दशगजाभित्रै देखिए पनि संरचना बनाउन रोकिएको छैन ।

इलामसँगै पूर्वको झापा गौरीगञ्जदेखि इलामको रोङ सीमावर्ती पाटापुरसम्मको १४४ किलोमिटर र इलामको सन्दकपुरदेखि पाँचथर हुँदै ताप्लेजुङको कञ्चनजङ्घा हिमालसम्मको सीमा क्षेत्रमा जहिल्यै समस्या आउने गरेको छ । सीमा गासिएकै कारण भारतीय सुरक्षा बल एसएसबीको दबदबामा सबैभन्दा धेरै सन्दकपुर गाउँपालिकासहित सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिका छन् । यी स्थानीय तहमा सीमावर्ती क्षेत्रमा नेपाल सरकारमार्फत तोकिएका पूर्वाधार र विकास निर्माणका काम अघि बढ्न सकिरहेका छैनन् । निर्माणाधीन अवस्थामा रहेका कतिपय पूर्वाधार अहिलेसम्म पनि अधुरै देखिएका छन् ।

विसं २०५८ मा पशुपतिनगरको हिले क्षेत्रमा नै भारतीय पक्षले रातारात नेपालीका सात घरलाई समेत आफ्नोमा पार्ने गरी पिल्लर सारेको सीमा क्षेत्रका स्थानीयवासी स्मरण गर्छन् । आफूले भोगेका समस्या खुलेर कुरा गर्नसमेत समस्या भएको सीमाका बासिन्दाको भनाइ छ । विसं २०६५ मा सूयोदय नगरपालिकाको श्रीअन्तुको गुफापातल क्षेत्रमा क्याम्पको क्षेत्र एकीन गर्ने भन्दै नेपाली भूमिमा भारतीय पक्षले बारबेरा शुरु गरेको थियो । त्यहाँ पनि नेपालीको तीव्र विरोधका कारण भारतीय पक्ष पछि सर्नु परेको थियो ।

सीमा क्षेत्रको सुरक्षाका लागि नेपाल सरकारले सशस्त्र प्रहरी बलको बोर्डर आउटपोष्ट राख्नेक्रम निरन्तर छ । इलाममा मात्र यस वर्ष पाँच बिओपी स्थापना भए । जिल्लाका सीमा क्षेत्रमा पर्ने सात स्थानमा सशस्त्र प्रहरीका बिओपी स्थापना भइसकेका छन् । सशस्त्र प्रहरीले मात्र सीमाको रक्षा गर्न कठिन भएको बताइएको छ । अझै केही अन्य स्थानमा पुनः बिओपी थप गर्ने लक्ष्य लिइएको छ ।

पहिला गाडिएका सीमास्तम्भ कतिपय भारतीय पक्षले गायब गरिसकेको छ भने कतिपय आधा खनेर छोडिएको छ । सीमावर्ती क्षेत्र इलाममा मात्र ३७ सीमास्तम्भ छैनन् । यो क्षेत्रमा मुख्य ९जङ्गे० पिलर १७ हुनुपर्नेमा १६, सहायक पिलर ८३ हुनुपर्नेमा ७२ रहेको बताइएको छ । सानो पिलर ४६ हुनुपर्नेमा २१ मात्र भएको बताइएको छ । सीमा पिलर नै कतिपय ठाउँमा गायब भएका कारण पनि सीमामा समस्या बल्झिने गरेको छ ।

भारतीय पक्षबाट गुगल म्याप लिएर सिमाङ्कनका लागि अघि बढ्दा समस्या थपिने गरेको छ । यसबारेमा दिगो समस्या समाधानको उपाय खोज्नुपर्ने सूर्योदयका नगर प्रमुख रणबहादुर राईले बताउनुभयो । सीमा क्षेत्रमा खट्ने सशस्त्र प्रहरीका अधिकृतले भने पूर्वमा त्यति धेरै समस्या नभएको बताउने गरेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies