Khabar Dabali Logo
  March 4, Thu

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५ लाख ५७ हजारभन्दा बढी

नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड पाँच लाख ५७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार १४४ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५ लाख ५७ हजार ९८५ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १८१ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५२ हजार २७४ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख ९६ हजार भन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ८ हजार ८२६ सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा शनिबार २९९ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र ६ जनाको मृत्यु भएको छ । भारतमा कोभिड¬१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ७३८ को मृत्यु भएको छ । स्वास्थ्य अनुसन्धान परिषद्ले शनिबारसम्म देशभर १८ करोड ६५ लाख ४४ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । शनिबार एकै दिनमा मात्र सात लाख ७९ हजार ३७७ जनाको कोभिड–१९ परीक्षण गरेको जनाइएको छ ।

यद्यपी भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियानको शनिबारदेखि सुरु भएको छ । विश्वव्यापी महामारीको रूप लिएको कोरोनाविरुद्धको खोप अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए । उद्घाटनका क्रममा प्रधानमन्त्री मोदीले खोप अभियानलाई कोरोनाविरुद्धको लडाइँको निर्णायक चरण भन्नु भो । मोदीले अभियानको पूर्वसन्ध्यामा शुक्रबार साँझ ट्वीट गर्दै खोप अभियानसँगै भारत कोरोनाविरुद्धको लडाइँमा निर्णायक चरणमा प्रवेश गर्ने बताएका थिए ।

नयाँदिल्लीको अल इन्डिया इन्स्टिच्युटको अफ मेडिकल साइन्सेज (एम्स) का सफाइ कर्मचारी मनीष कुमार पहिलो खोप लगाउने व्यक्ति बनेका छन् । उनले एम्स्मै रहेको केन्द्रमा खोप लगाएका छन् । हिजो नै भारतभरी २ लाख व्यक्तिले कोरोना विरुद्ध खोप लागाएका छन् ।

माघ ४ गते, २०७७ - १६:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आलमलाई छुटाउन प्रयास छुः सभापति देउवा

रौतहट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती...   
महानगरीय प्रहरी प्रभाग बालकुमारी ललितपुरको नवनिर्मित कार्यालय भवन उद्‍घाटन

महानगरीय प्रहरी प्रभाग बालकुमारी ललितपुरको नवनिर्मित कार्यालय भवन उद्‍घाटन

ललितपुर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले...   

कंगो र गुएनामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु

आदिस अबाबा । अफ्रिकी देशहरु कंगो र गुएनामा इबोलाका नयाँ संक्रमितहरु भेटिएको बताइएको छ । ती देशमा पछिल्ला...   

भारतमा एक करोड ११ लाख भन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा १४ हजार ९८९ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या...   

अरनिको राजमार्गमा मोड–सुधार र सर्भिस ट्र्याक बन्दै

काभ्रेपलाञ्चोक । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकका विभिन्न...   

कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि व्यवसायमा संलग्न कृषकलाई बिनाधितो सुलभ ब्याजदरमा...   

डोल्पाको १३ विद्यालयलाई कम्प्युटर सहयोग

डोल्पा । तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले विद्यालयलाई कम्प्युटर वितरण गरेको छ । यहाँका १३...   

बारेकोटमा भेटिए ८८ प्रजातिका चरा

जाजरकोट । बारेकोट गाउँपालिकामा गरिएको अध्ययनबाट लोपोन्मुख चरा फेला परेका छन् । एक हजार ८९१ मिटरदेखि...   
म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

याङ्गुन । प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा...   

अमेरिकी सेना रहेको इराकी अखडामा १० वटा रकेट प्रहार

बग्दाद । पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको एउटा अखडालाई लक्षित गरी बुधबार कम्तीमा १० वटा क्षेप्यास्त्र...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top