


तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा चार सय उजूरी


-
-
पुस २९ गते, २०७७ - १३:२०

काठमाडौं । तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ४०४ उजूरी दर्ता भएका छन् ।
चालू आवमा ४०४ उजूरी दर्ता भएकामा २१ वटा जग्गा विवादको मुद्दा परेको छ । अधिकांश उजूरी साँध सिमाना, एउटाको जग्गा अर्काले मिचेको जस्ता उजूरी नगरपालिको न्यायिक समितिमा पर्ने गरेको न्यायिक समितिको संयोजक तथा उपप्रमुख भवानी डोटेल (धिताल) ले बताउनुभयो । उहाँका अनुसार चालू आवमा छ सिमाना विवाद, सात सार्वजनिक जग्गा/बाटोसम्बन्धी, दुई महिला तथा बालबालिका हिंसासम्बन्धी, जग्गा विवादका २१ र अन्य विविध विषयका ३८ उजूरी नगरपालिको न्यायिक समितिमा परेको छ । जसमा १७ वटा सहमति भएका छन् । २७ फैसला भएका, दुई मुल्तबीमा राखिएको र ५८ प्रक्रियामै रहेको छ ।
आव २०७६/७७ मा ९६ उजूरी दर्ता भएकामा २४ जग्गा विवाद, २० सार्वजनिक जग्गा÷बाटोसम्बन्धी, चार सिमाना विवाद, तीन महिला तथा बालबालिका हिंसासम्बन्धी र अन्य ४५ उजूरी दर्ता भएको बताए। यस अवधिमा ४४ मुद्दा किनारा लगाइएको छ । ११ उजूरी मेलमिलाप तथा सहमति भएका, दुई उजूरी मुल्तबीमा राखिएको ३९ प्रक्रियामा रहेको उप्रमुख डोटेलले बताए।
घरेलु हिंसा र महिला हिंसाका उजूरीहरु नगरपालिकाको न्यायिक समितिमा अत्यन्त कम पर्ने गरिएको छ । सामाजिक परिवेश तथा चेतनाको कमीले पनि यस्ता खालको उजूरीहरु बाहिर ल्याउन हुन्न भन्ने मान्यताले उजूरी थोरै पर्ने गरेको बताइएको छ । व्यक्तिगत तथा घरेलु हिंसाका उजूरी नगरपालिकाको न्यायिक समितिमा नपरे पनि घरजग्गा विवाद, सम्बन्धविच्छेद, घर निर्माण विवाद र ठगी–लेनदेनका उजूरी न्यायिक समितिमा पर्ने गरेका छन् ।
आव २०७५/७६ मा ८१ वटा उजूरी दर्ता भएकामा २८ जग्गा विवादसम्बन्धी उजूरी परेको थियो । त्यस्तै नौ सार्वजनिक जग्गा तथा बाटोसम्बन्धी, १९ सिमाना विवाद, दुई सम्बन्धविच्छेद र एउटा महिला तथा बालबालिका हिंसासम्बन्धी उजूरी न्यायिक समितिमा दर्ता भएका थिए । सो अवधिमा ३१ उजूरी न्यायिक समितिबाट फैसला गरिएको, २० सहमति भएका, ४९ प्रक्रियामै रहेको र एउटा मुल्तबीमा राखिएको थियो ।
चालू आवामा पनि न्यायिक समितिका उजूरीहरु आउने क्रम बढिरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा आउने उजूरीहरु सबै लिखित रुपमै आउने गरेका छन् । उपप्रमुख डोटेलको संयोजकत्वमा रहेको समितिमा दुईजना कानून व्यवसायी सदस्य छन् । समितिले यहाँ दर्ता भएका मुद्दाको सुनुवाइका लागि प्रत्येक सोमबार र बिहीबार इजलास राख्दै आएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग
काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा...सुनसरी सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १० घाइते
सुनसरी । सुनसरीको दुहबी नगरपालिका–१० स्थित भित्री सडकमा आज माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किँदा...पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान...भोलिलाई सर्यो संसद विघटन मुद्दाः प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा संसद विघटन गर्न नपाइने तर्क
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ...ओलीको हातमा अब केही पनि छैन, उनले हारिसके : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा...रुकुम पश्चिममा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउन्ड हवाई फायर
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-९ स्थित राडी बजारमा नेकपाको दाहाल–नेपाल समूह र नेपाली...कोरोना संक्रमितको मृत्यु भएपछि टिचिङका डाक्टरमाथि कुटपिट
काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ६१ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएपछि...ओली कि कामचलाउ प्रधानमन्त्री हुनुपर्यो कि प्रधानमन्त्री पद छोड्नुपर्योः अध्यक्ष नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री...प्रतिनिधिसभा पुनःस्थापना हुन्छ र निर्वाचन हुँदैन भन्ने भ्रममा नपरौं : प्रधानमन्त्री ओली
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै...लेखक वाग्लेको प्रश्नः प्रधानन्यायाधीश प्रधानमन्त्रीको कोठामा निरीह भएर जाने यो कस्तो लोकतन्त्र हो ?
काठमाडौं । लेखक नारायण वाग्लेले प्रतिपक्ष र प्रधानन्यायाधीशसमेत लाचार हुने यो कस्तो लोकतन्त्र हो...
