


प्रतिनिधिसभाको पुनःस्थापना हुँदैन : अर्थमन्त्री पौडेल


-
-
पुस २५ गते, २०७७ - २१:२४

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाको पुनःस्थापना हुने सम्भावना नरहेको बताएका छन् ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लुम्विनी प्रदेश सम्पर्क कमिटीले आज यहाँ आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सम्पर्क कार्यकर्ता भेलामा उनले प्रतिनिधिसभाको पुनःस्थापना नहुने भएकाले निर्धारित समयमा नै निर्वाचन हुने विश्वास व्यक्त गरे ।
मन्त्री पौडेलले ताजा जनादेशका लागि मुलुक निर्वाचनमा गइसकेको भन्दै निर्वाचनका लागि अर्थ मन्त्रालयले स्रोतको प्रवन्ध गरेको पनि जानकारी दिए ।
उनले सरकार र सुरक्षा निकाय तोकिएकै समयमा निर्वाचन गराउनका लागि केन्द्रित भइसकेको जानकारी दिँदै कार्यकर्तालाई पनि सोही अनुरुप सक्रिय सहभागी हुन आग्रह गरे ।
स्थायी कमीटी सदस्य छविलाल विश्वकर्माले हिलोमा नै कमल फूल्न सक्ने भन्दै अहिलेको समयलाई सदुपयोग गर्दै परिस्थितिलाई निखार गर्नुपर्ने बेला आएको छ भने । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएका राम्रा काम र प्रयास बारेमा जनतालाई जानकारी दिनुपर्नेमा उनले जोड दिए ।
नेकपाका नेतृ सृजना काफ्लेले राजनीतिक व्यवस्था र पाटी तरङ्गित भएको अहिलेको विशेष अवस्थामा कार्यकर्ताले प्रभावकारी कदम चाल्नुपर्ने बताउँदै अहिलेको राजनीतिक परिस्थतिलाई विश्लेषण गरी जनता माझ जानुपर्ने धारणा व्यक्त गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चीनको ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान
काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले चीनको ल्हासामा...बालिका जबरर्जस्ती करणी गर्ने युवकलाई २० वर्ष कैद फैसला
भोजपुर । जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको...८० वर्षमा नागरिकता प्राप्त
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका– ३ की एक वृद्ध महिलाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको...भरतपुर अस्पतालमा आजबाट आँखाको उपचार सेवा शुरु
चितवन । भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट शुरु गरिएको छ । अस्पतालमा आँखा रोग विभागको शुभारम्भसँगै...बजेटको सही विनियोजन र खर्च क्षमता अभिवृद्धिमा जोड रहने छः आर्थिक सल्लाहकार दुगड
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले वित्तीय एवं आर्थिक...इटालीका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त
रोम । इटलीका प्रधानमन्त्री गिउसेप कोन्टेले विश्वासको मत प्राप्त गरेका छन् । इटलीको तल्लो सदनमा सोमबार...प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री पौडेल
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम...लेउ हटाएर रानीपोखरीलाई थप सुन्दर बनाईदैँ
काठमाडौँ । काडमाडौँ महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउन थालेको छ । पुनःनिर्माणपछि...गाउँपालिकाद्वारा घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था...माघ १५ बाट सिमकोटका विद्यालय सञ्चालनमा आउने
सिमकोट । कोरोना महामारीले बन्द रहेका सिमकोट गाउँपालिकाभित्रका भित्रका विद्यालय यही माघ १५ गतेबाट...

प्रतिकृया लेख्नुहोस्:
- आयोगले दलको आधिकारिकता आफूहरुलाई दिने प्रधानमन्त्रीको रिडिङ
- पुरुषमा पनि बढ्दै छ स्तन क्यान्सर
- संवैधानिक आयोगहरूमा स्वेच्छाचारी नियुक्ति गर्ने अध्यादेशविरुद्धको रिट ३५ दिनसम्म सुनुवाइ भएन
- अब नियम विपरीत सुरक्षाकर्मी राख्नेले तलब भत्ता आफै व्यहोर्नुपर्ने
- प्रतिनिधि सभा विघटनसम्बन्धी रिट : जोड ‘धारा ७६ मा’