


सर्वसुलभ मूल्यमा मल, बीउ तथा औजार दिने उदेश्यले किसानलाई परिचयपत्र वितरण


-
-
पुस २० गते, २०७७ - ०९:१२

झापा । एग्री सेन्टर प्रालि झापाले सर्वसुलभ मूल्यमा किसानलाई मल, बीउ, कृषि औजार उपलब्ध गराउने उद्देश्यले ‘किसान परिचय पत्र’ वितरण शुरु गरेको छ । झापा गाउँपालिका–३ मा रहेको सेन्टरले सामान्य मापदण्ड बनाएर नमूनाका रूपमा किसान परिचयपत्र वितरण शुरु गरेको हो । किसानलाई परिचय पत्र वितरण गर्ने यो जिल्लाकै पहिलो संस्था हो ।
किसानलाई प्रोत्साहन गर्न र युवा वर्गलाई कृषि पेशातर्फ आकर्षण गर्न किसान परिचयपत्र वितरण शुरु गरिएको सेन्टरका अध्यक्ष चन्द्रप्रसाद बस्नेतले बताए । उनका अनुसार सेन्टरले परिचयपत्र प्राप्त गर्न नेपाली नागरिकता, नेपालमै स्थायी बसोवास, कृषिमा आत्मनिर्भर हुँदै आएको, घरमा विद्युतीय मिटर जडान गरेको, जग्गाको परिचय खुल्ने विवरण र फौजदारी अभियोग नलागेका व्यक्ति हुनुपर्ने मापदण्ड बनाएको छ ।
सोहीअनुरूप तीन दिन अघिदेखि वितरण शुरु गरेको सेन्टरले सबै मापदण्ड पुगेका सोही गाउँपालिका २५ किसानलाई परिचयपत्र वितरण गरिसकेको उनले बताए । परिचयपत्र वितरणपछि टोकन प्रणाली लागू गर्ने र किसानले खरिद गरेको मल, बीउ, कृषि औजारलगायतमा मूल्य र परिमाणका आधारमा १० प्रतिशतसम्म छुट दिने उनको भनाइ छ । “हामी परिचयपत्र पाएका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु आफैँ खरिद गरिदिन्छौँ”, उनले भने, “यसले किसानले पाउनुपर्ने सही मूल्य पाउँछन् । विचौलिया हावी हुन पाउँदैनन् ।”
उनले किसानको वर्गीकरण नगरी परिचयपत्र वितरण गरेको बताउँदै यसले सरकारले परिकल्पना गरेको समृद्ध नेपाललाई विशेष सहयोग पुग्ने बताए । यस पालिकाबाट शुरु गरेको अभियानलाई चाँडै पन्ध्रै पालिकासँग समन्वय गरेर जिल्लाभरिका किसानलाई परिचयपत्र वितरण गर्ने योजना रहेको अध्यक्ष बस्नेतले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग
काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७...३५ बर्षीया मल्लिक मृत अवस्थामा फेला
मोरङ । कानेपोखरी गाउँपालिका-७ स्थित सार्वजनिक शौचालय नजिक टहरोमा सोही गाउँपालिका-५ घर भएका ३५ बर्षीया...ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ
झापा । ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित वस्तुहरु दमक नगरपालिका-६ वस्ने...सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीको टल्कने कोन
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, स्थानिय निकाय तथा विभिन्नसंघसंस्थाहरूसँग...भक्तपुरमा खोपः चार हजारलाई दिइने
काठमाडौँ । पहिलो चरणमा जिल्लामा चार हजार व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान आज भक्तपुर...विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघ्यो
वासिङ्टन । विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका...खुँडा प्रहार गरी हत्या गर्ने ३ जना आरोपित पक्राउ
बझाङ । खुँडा प्रहार गरी हत्या गरिएका युवकका हत्या आरोपित तीन जना पक्राउ परेका छन् । छब्बिसपाथिभेरा...जुम्लामा आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट, करीब ३ करोड भन्दा बढीको क्षति
खलङ्गा । जुम्लाको तिला गाउँपालिका – ७ स्थित गोठी गाउँमा भीषण आगलागी हुँदा करीब तीन करोड भन्दा बढीको...रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत
वासिङ्टन । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावको विपक्षमा सबैजसो...प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ: तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क
काठमाडौँ । ‘स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड–१९ खोपले गर्छ रक्षा’ भन्ने नाराका साथ मुलुकभर आजदेखि...

प्रतिकृया लेख्नुहोस्:
- विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघ्यो
- भ्रमपूर्ण समाचारको खण्डन गर्दै कांग्रेसले भन्यो – संसद विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो
- प्रदेश नं २ मा पनि खोप अभियान सुरु, ढुक्क भएर खोप लगाउन आग्रह
- खुँडा प्रहार गरी हत्या गर्ने ३ जना आरोपित पक्राउ
- जुम्लामा आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट, करीब ३ करोड भन्दा बढीको क्षति