Khabar Dabali Logo
  January 27, Wed

ट्रम्पको कार्यकालमै पहिलोपटक रक्षा खर्चबारे राष्ट्रपतिको भिटोलाई संसद्ले उल्ट्यायो

एजेन्सी । अमेरिकी संसद्ले रक्षा खर्चसम्बन्धी राष्ट्रपति ट्रम्पले प्रयोग गरेको विशेषाधिकार अर्थात् भिटोलाई उल्टाइदिएको छ।

उनको राष्ट्रपतीय कार्यकालमा पहिलोपटक संसद्ले यस्तो गरेको हो।

नयाँ वर्षका बेला रिपब्लिकनको नियन्त्रणमा रहेको माथिल्लो सदन सिनेटले दुर्लभ रूपमा यस कदमबारे छलफल गर्न सत्र सञ्चालन गरेको थियो।

सिनेटमा ८१ जनाले यसको विपक्षका उत्रिएका थिए भने १३ जनाले ट्रम्पलाई साथ दिएका थिए। उनीहरूले ट्रम्पले भिटो प्रयोग गरेर रोकेको न्याश्नल डिफेन्स अथोराइजेसन एक्ट एनडीएए पारित गरेका छन्।

जसको पक्षमा यसअघि नै तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले मतदान गरिसकेको छ । अमेरिकी संसद्को दुवै सदनमा दुईतिहाइ बहुमतले राष्ट्रपतिको भिटोलाई उल्टाउन सक्छ।
नयाँ परित ७४० अर्ब डलरको विधेयकले आउँदो वर्षको रक्षा नीतिका लागि खर्च जुटाउनेछ।

अबको केही सातामा कार्यकाल सकिन लागेका ट्रम्पले विधेयकको केही व्यवस्थाबारे प्रश्न उठाएका थिए।

अमेरिकी संसद्मा नवनिर्वाचित सदस्यहरूले सपथग्रहण गर्नुभन्दा एक दिनअघि यस्तो विकासक्रम देखिएको हो।

अफगानिस्तान र युरोपबाट अमेरिकी सेना फिर्ता गर्ने विषयलाई सीमित पार्ने विषयमा ट्रम्पको असन्तुष्टि रहँदै आएको थियो।

सत्र सुरु हुनुअघि सिनेटका रिपब्लिकन नेता मिच मक्कोनेलले उक्त विधेयक पारित हुनेमा आफू विश्वस्त रहेको बताएका थिए।

उनले भनेका थिए ‘हामीले ५९ वर्षदेखि लगातार यस विधयेक पारित गर्दै आएका छौँ। आइतवार संसद् सकिनुअघि हामीले एक वा अर्को रूपबाट यसलाई पारित गर्छौँ।’

पुस १८ गते, २०७७ - १०:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज पहिलो दिन नौ हजार बढीले लगाए कोरोना खोप

काठमाडौं । कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ आज देशभरि नौ हजारभन्दा बढीले लगाएका छन्। स्वास्थ्य...   

नेता–कार्यकर्तालाई ओलीले भने: बेहाल हुनबाट जोगिन छ भने पार्टीको मूलधारमा फर्कनुस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन...   
रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग

रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग

चितवन । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले रु चार करोड सहयोग...   

सरकारले ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने, यस्ता छन् अन्य मन्त्रिपरिषदकाे निर्णयहरु

काठमाडौं । सरकारले दाङको घोराही उपमहानगरपालिका वडा नं ४ र ५ (साविकको धर्ना र लक्ष्मीपुर गाविस वडा नं...   
इन्फ्रास्ट्रक्चरको आइपिओ शुक्रबार बाँडफाँड हुने, ७५ हजार आवेदन रद्द, कति पर्ला तपाईंलाई ?

इन्फ्रास्ट्रक्चरको आइपिओ शुक्रबार बाँडफाँड हुने, ७५ हजार आवेदन रद्द, कति पर्ला तपाईंलाई ?

काठमाडौं । इन्फ्रास्ट्रक्टर बैंकको आइपिओ आगामी शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको छ। बिक्री प्रवन्धक...   
माइतीघरमा नेकपा प्रचण्ड-माधव पक्षको धर्ना

माइतीघरमा नेकपा प्रचण्ड-माधव पक्षको धर्ना

काठमाडौँ । नेकपा पुष्पकमल प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघरमा...   

भ्रमपूर्ण समाचारको खण्डन गर्दै कांग्रेसले भन्यो – संसद विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो

काठमाडौं । नेपाली कांग्रेसले सर्वसम्मत निर्णय र एकमतका साथ पार्टी प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर...   
प्रदेश नं २ मा पनि खोप अभियान सुरु, ढुक्क भएर खोप लगाउन आग्रह

प्रदेश नं २ मा पनि खोप अभियान सुरु, ढुक्क भएर खोप लगाउन आग्रह

धनुषा । छिमेकी मुलुक भारत सरकारको अनुदान सहयोगमा प्राप्त भएको कोभिड–१९ विरुद्धको खोप अभियान आज वीरगञ्जमा...   

दुईतिर फर्किएका ओली-प्रचण्डलाई एकैतिर फर्काइदिने तागत म सँग छ : बामदेव गौतम

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनपछि दुईतिर गएका अध्यक्षहरु केपी शर्मा ओली...   

सर्वाेच्चमा चार पूर्वप्रधानन्यायाधीशविरूद्ध अपहेलना मुद्दा दर्ता

काठमाडौँ । प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top