


देश निर्वाचनको वातावरणमा गइसक्यो : डा भट्टराई


-
-
पुस १५ गते, २०७७ - १६:३०

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले देश निर्वाचनको वातावरणमा गइसकेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले संसद्मा बहुमतप्राप्त प्रधानमन्त्रीको घोषणानुसार निर्वाचन हुने भएकाले राज्यका सबै संयन्त्र निर्वाचनको तयारीमा लागेको बताए ।
“सत्तापक्ष र प्रतिपक्ष पनि निर्वाचनको तयारीमा लागेका छन्, प्रमुख प्रतिपक्षले निर्वाचनको तयारीकै लागि निर्वाचन क्षेत्र केन्द्रित गरेर १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विरोधका कार्यक्रम गरेको छ, अब निर्वाचन हुँदैन कि भन्ने आशङ्कामा नजाऔँ, सबै निर्वाचनको तयारीमा लागौँ”, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता डा भट्टराईले भने ।
निर्वाचन आयोगले तयारीका लागि १२० दिन चाहिने भनेकामा त्यसभन्दा बढी समय दिएर घोषणा गरिएकाले पनि समय पुग्दैन भन्ने प्रश्न नै नआउने डा भट्टराईको विचार थियो । बेलायत, भारतलगायत संसदीय शासन पद्धति भएका देशका प्रधानमन्त्रीले चुनावको सिफारिस गर्दा जायज हुने तर नेपालमा नहुने होइन भन्दै उनले अहिलेको परिस्थितिमा चुनावको विकल्प नरहेको स्पष्ट गरे ।
नेपालको मूलधारका कम्युनिष्ट पार्टीको आन्दोलन रुस, चीन कसैका पनि पक्षमा नलागी नेपालकै परिवेशका आधारमा अघि बढेकाले हालै आएको चिनियाँ पक्षबाट यहाँको राजनीति प्रभावित नहुने उनको भनाइ थियो । चिनियाँ पक्ष निर्णय लाद्न नभई यहाँको परिस्थिति बुझ्न मात्र आएको डा भट्टराईले बताए ।
केही संवैधानिक विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले त्यसलाई प्रभावित बनाउने गरी कसैले पनि गतिविधि गर्न नहुने उनको आग्रह थियो । जिम्मेवार नेताहरुले सभ्य भएर विचार राख्नुपर्नेमा पनि डा भट्टराईले जोड दिए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
तनहुँ जलविद्युत् आयोजना : प्याकेज २ मा एक अर्ब खर्च
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको...वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाउन सभापति देउवाको आग्रह
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले छ हजार...फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गर्नुपर्दछ : मुख्यमन्त्री पौडेल
हेटाैडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गरिने...प्रधानमन्त्रीको भाषणबारे न्यायाधीशले भने : तपाईं प्रभावित हुुनुहुन्न भने हामीपनि हुन्नौं
काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा प्रभावित हुनेगरी प्रधानमन्त्री केपी...ओखलढुङ्गामा मध्यावधि निर्वाचनको तयारी थालियो
ओखलढुङ्गा । यहाँ मध्यावधि निर्वाचनको तयारी थालिएको छ । सरकारले पुस ५ गते सङ्घीय संसद् विघटन गरी आगामी...प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको तीन मिनेटमै स्थगित
विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको...भारतले अनुदानमा दियो १० लाख डोज कोरोना भ्याक्सिन, भोलि नेपाल आइपुग्ने
काठमाडौं । भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप दिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या...९५ वर्षीय बरिष्ठ अधिवक्ताले भने: प्रधानमन्त्री र उनको पार्टीको लडाइँमा संसद मिचियो
काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।आज...भारतले आजदेखि नेपालसहित ६ वटा देशलाई अनुदान खोप दिदै
काठमाडौं । भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको...खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई...

प्रतिकृया लेख्नुहोस्:
- वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाउन सभापति देउवाको आग्रह
- प्रधानमन्त्रीको भाषणबारे न्यायाधीशले भने : तपाईं प्रभावित हुुनुहुन्न भने हामीपनि हुन्नौं
- प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको तीन मिनेटमै स्थगित
- भारतले अनुदानमा दियो १० लाख डोज कोरोना भ्याक्सिन, भोलि नेपाल आइपुग्ने
- ९५ वर्षीय बरिष्ठ अधिवक्ताले भने: प्रधानमन्त्री र उनको पार्टीको लडाइँमा संसद मिचियो
- भारतले आजदेखि नेपालसहित ६ वटा देशलाई अनुदान खोप दिदै
- माधव र केपी उस्तै हुन् भन्दा मेरो मन पोल्छ : अध्यक्ष नेपाल
- प्रदेश १ प्रदेशसभा बैठक, ओली र प्रचण्ड–माधवपक्ष आ–आफ्नै रणनीतिका साथ उपस्थित हुँदै
- दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलाई कोरोनाको खोप निःशुल्क
- पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग
- भोलिलाई सर्यो संसद विघटन मुद्दाः प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा संसद विघटन गर्न नपाइने तर्क
- ओलीको हातमा अब केही पनि छैन, उनले हारिसके : अध्यक्ष प्रचण्ड
- रुकुम पश्चिममा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउन्ड हवाई फायर
- कोरोना संक्रमितको मृत्यु भएपछि टिचिङका डाक्टरमाथि कुटपिट
- ओली कि कामचलाउ प्रधानमन्त्री हुनुपर्यो कि प्रधानमन्त्री पद छोड्नुपर्योः अध्यक्ष नेपाल