Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

परम्परागत पहिरन लेहङ्गा चोलीको कारोवारबाट मनग्य आम्दानी

कञ्चनपुर । कैलाली टीकापुर नगरपालिका–१ का राजबन्धु चौधरी थारु समुदायका महिलाहरुले लगाउने परम्परागत पहिरन लेहङ्गा चोलीको कारोवार गरेर मनग्य आम्दानी गर्दै आएका छन् । थारू समुदायको बाहुल्य रहेका बस्तीमा पुगेर युवायुवतीलाई परम्परागतरूपमा महिलाले लगाउने लेहङ्गा, चोली, फुलौरा कटौतीलगायत कुन चाडपर्वमा कसको के महत्व छ त्यसबारेमा समेत जानकारी दिने काम गर्दछन् ।

कैलाली कञ्चनपुरका माग भएका थारू बस्तीमा आफैँ पुगेर परम्परागत पहिरन बेच्ने काम गर्दछन् । बूढापाकाबाट लेहङ्गा चोली बनाउने सीप सिकेर उहाँले घरमै लघुउद्योग सञ्चालन गरेका छन् । उनको उद्योगमा १२ जनाले रोजगारी पाएका छन् । महिनामा ४० देखि ५० सम्म लेहङ्गा चोली तयार हुने गरेको छ । यसबाट मासिक रु ५० हजार बढी कमाइ हुने गरेको छ । एक लेहङ्गा चोली रु तीन हजारदेखि रु १० हजारसम्ममा बिक्री हुने गरेको छ ।

“थारू समुदायका महिलाले चाडपर्व, विवाह र अन्य धार्मिक कार्यमा लगाउने परम्परागत पहिरनको माग धेरै छ”, उनले भने, “बनाउने व्यक्ति थोरै छन् । यसै कुरालाई मध्यनजर गरी बूढापाकाबाट कपडा बनाउने कला सिकेर मागअनुसार आवश्यकता भएका व्यक्तिका घरदैलोमा पुर्याउँदै आएको छु ।” चार वर्षदेखि चौधरीले सितारा, मोती, घुघँरु, लेसलगायत जडित लेहङ्गाा चोली बनाउने काम गर्दै आएका छन् । “माग धेरै छ”, लेहङ्गा चोली बेच्नका लागि कञ्चनपुरको जोनापुर गाउँ पुगेका चौधरीले भने, “कोरोना भाइरसको सङ्क्रमणका कारण कपडा र त्यसमा जडान हुने सामान पाउन मुस्किल हुँदा थारै मात्रै उत्पादन भइरहेको छ । उत्पादित पम्परागत कपडा हाताहात बिक्री भइरहेको छ ।”

सामाजिक सञ्जाल र युट्युबलगायतले थारू महिलाले लगाउने परम्परागत पहिरनको महत्व बढाएकाले युवतीहरूले यस्ता कपडाको माग गर्न थालेका छन् । आधुनिक रहनसहन र जीवनशैलीका कारण थारू समुदायका परम्परागत पहिरन हराउँदै जान थालेका थिए । थारू समुदायका संस्कृतिका भिडियो चलचित्रमा परम्परागत पहिरनको व्यापक प्रयोग हुन थालेपछि हराउँदै गएका कपडा लगाउने ‘क्रेज’ बढ्न थालेको हो ।

“थारू समुदायका तन्नेरी युवतीले यस्ता कपडाको बढी माग गर्दै आएका छन्”, चौधरीले भने, “कपडा उपलब्ध गराउने कार्यसँगै घरदैलोमै पुगेर यसको महत्व र विशेषताबारे जानकारी दिने गरेका छौँ । पुस्तौँदेखि चलनचल्तीमा रहेका कपडा जोगाउनकै लागि यस व्यवसायमा लागेको हूँ ।” कुन थारू समुदायका चाडपर्वमा नाचिने नाचमा यस्ता पहिरनको प्रयोग हुन्छ उनले यसबारे समेत बताउने गरेका छन् ।

चौधरी परम्परागत कपडा बनाउने लघुउद्योग खोलेर युवालाई रोजगारीसँगै संस्कृतिबारे जानकारी दिनका लागि सङ्गठितरूपमा लागेका छन् । उनी थारू समुदायका हराउँदै गएका मौलिक गीतको जगेर्ना गर्ने काममा समेत संलग्न छन् । पौराणिक थारू लोकसांस्कृतिक धमार, सजना हमार परिवार नामक संस्थामा समेत आबद्ध हुनुहुन्छ । सो संस्थामा २० वर्षे युवादेखि ६० वर्षसम्मका १४ ज्येष्ठ नागरिक आबद्ध रहेका छन् । स्वास्थ्यकर्मी, व्यापारी र मजदुर पनि आबद्ध छन् । बूढापाकाबाट तन्नेरीले खेतीपाती गर्दा, मेलापात जाँदा, हिउँदको चिसोमा बस्दा र चाडपर्वका बेला गाइने सुरिला मौलिक गीत सिक्ने र सिकाउने काम संस्थाका माध्यमबाट हुने गरेको छ ।

संस्थामा आबद्धहरुले आफैँले परम्परागत वाद्यवाधनको प्रयोग गरी पुराना गीतलाई लिपिबद्ध गर्नका लागि एल्बम निकाल्ने कार्यमा समेत लागेका छन् । “जुन गाउँमा थारू समुदायका महिलाले लगाउने परम्परागत कपडा बिक्री गर्नका लागि जान्छु त्यहाँबाट बूढापाकाबाट गीत भन्न लगाउँछु । गीतका बोल टिपेर परम्परागत लयमै स्वर दिई एल्बममा लिपिबद्ध गर्ने कार्य गर्दै आएको छु”, चौधरीले बताए, “थारू महिलाका लागि परम्परागत कपडा बनाउने कार्य गर्दा एकातर्फ संस्कृति जोगिएको छ भने अर्कोतर्फ मेरा लागि परिवार पाल्ने गतिलो माध्यम बनेको छ । थारू समुदायको घरदैलोमै कपडा बेच्न जाँदा पुराना गीत सङ्कलन गरी स्वर दिएर जीवन्त राख्ने कामसमेत हुने गरेको छ ।”

हालसम्म आधा दर्जन बढी धमार र सजना गीतमा स्वर दिइसकेको उनले बताए । चौधरीको ‘गोरी चले ससुराल’ गीत थारू समुदायमा चर्चित छ । संस्थामा आबद्ध सबै जनाले धेरै हराउँदै गएका गीतको खोजी गरी स्वर दिएका छन् । संस्थाको सञ्जाललाई कैलाली र कञ्चनपुरका थारू समुदायको बसोबास रहेका गाउँगाउँमा पुर्याएर संस्कृति संरक्षणमा टेवा पुर्याउने उनको लक्ष्य छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies