


बागलुङमा प्याजका बिरुवा अभाव


-
-
पुस ९ गते, २०७७ - १५:११

बलेवा । गत वर्ष प्याजका बिरुवा बिक्री गरेर रु पाँच लाख मुनाफा गरेका बागलुङ नगरपालिका–१ रामरेखाका किसान रमेश थापालाई यो वर्ष लगानी उठाउनसमेत कठिन भयो । बिरुवा बिक्रीबाट आएको रकम बीउ, मल र बिरुवाका लागि ब्याड तयार गर्न भएको खर्च हिसाब गर्दा उनको लगानी मुस्किलले उठ्यो ।
बिरुवा बिक्रीका लागि तयार हुँदा बिहानदेखि बेलुकासम्म थापाको घरमा भीड लाग्यो । ठूलो ब्याडमा तयार भएका झण्डै दुई लाख बिरुवा थापाले दिनरात गरेर दुई दिनमा सके । ब्याड राख्ने बेलामा बीउको अभाव र लगाएको बीउसमेत राम्रोसँग नउम्रिएकाले थापाले यो वर्ष प्याजका बिरुवामा क्षति ब्यहोर्नु परेको हो ।
“यो वर्ष लगानी राम्रै गरेर मुनाफा पनि बढाउने सोच थियो, तर समयले धोका दियो”, थापाले भने, “नत बचन दिएकालाई बिरुवा पुर्याउन सकियो, न आफूले चिताएको जस्तो कमाइ नै भयो ।” उनले लामो समयदेखि रामरेखामा जग्गा भाडामा लिएर तरकारीका बिरुवा उत्पादन तथा बिक्रीवितरण गर्दै आएका छन् ।
व्यावसायिक बिरुवा उत्पादकको रुपमा परिचय बनाएका थापाको शेरमाई कृषि, वन तथा पशुविकास फार्म छ । “बीउ उत्पादन हुने समयमा भएको अधिक वर्षाले यो वर्ष बजारमा बीउ नै पाइएन”, थापाले भने, “आउँदो असारमा फसल दिने प्याजको उत्पादन पनि घट्ने देखेको छु ।”
यस्तै, जैमिनी नगरपालिका–१० राङ्खानीका मित्र थापाले पनि प्याजका बिरुवा उत्पादन र बिक्री वितरण गर्न थालेको पाँच वर्ष भयो । हरेक वर्ष दुईरतीन लाख मुनाफा कमाउने उहाँले प्याजका बिरुवाबाटै निकाल्ने गरेको तर यो वर्ष भने मित्रलाई पनि लगानी उठाउन कठिन भयो । मित्रको पनि बीउ र बिरुवामा नै समस्या देखापरेकाले उत्पादन कम भएको हो ।
“उम्रिएका बिरुवामासमेत डडुवा लाग्यो, आधा बीउ उम्रिएन”, थापाले भने, “नासी क्रेट जातको बीउ लगाएको, राम्रो हुन्छ भनेको नराम्रो भयो ।” उनले यो वर्ष दुई लाख बिरुवा मात्रै आफ्नो फार्ममा उत्पादन भएको बताए । बिरुवाको माग अत्याधिक रहेको भए पनि सबैलाई उपलव्ध गराउन नसकेको उनको भनाइ छ ।
व्यावसायिक किसानका जस्तै घरायसी प्रयोजनका लागि उत्पादन गर्दै आएका किसानले समेत यो वर्ष बीउ नपाउँदा बागलुङमा प्याजका बिरुवाको अभाव छ । गत वर्षमा भन्दा मूल्यवृद्धि भएको भए पनि बिरुवा नपाएका किसना बताउँछन् । गत वर्ष एक रुपैयाँमा पाँच वटाका दरले बागलुङमा प्याजका बिरुवाको कारोवार भएको थियो । यो वर्ष भने एक रुपैयाँका दुई वटा मात्रै बिक्री भएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
केयुको उपकुलपति बन्न ४४ जनाले बुझाए व्यक्तिगत विवरण
काभ्रेपलाञ्चोक । काठमाडौँ विश्वविद्यालय ९केयु०मा धेरै प्राज्ञिकले नेतृत्वको इच्छा व्यक्त गर्नु...भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ४ लाख ७९ हजारभन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड पाँच लाख ४२ हजारभन्दा बढी...सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला
मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले...इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प : ८०० भन्दा बढी घाइते, १५ हजार विस्थापित
जाकार्ता । इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् ।भूकम्पका...हेटौँडा उपमहानगरपालिकाका १२७ योजना पूरा
वाग्मती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालू आर्थिक वर्षको पाँच महिनामा भौतिक पूर्वाधार विकास...जर्मनी कम्पनीद्वारा ५० लाख मूल्य बराबरको विद्युतीय उपकरण प्रदान
काठमाडौँ । ठूला जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तयार गर्ने...रत्ननगरमा जिल्लाकै पहिलो आकाशे पुलको उद्घाटन
चितवन । पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार...महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो
संयुक्त राष्ट्रसंघ । विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको...भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, प्रधानमन्त्री मोदीद्धारा उद्घाटन
नयाँदिल्ली । भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री...देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली
काठमाडौँ । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको...
