


धान उत्पादनः स्याङ्जामा वृद्धि, लमजुङमा ह्रास


-
-
पुस २ गते, २०७७ - १३:४६

लमजुङ । लमजुङमा यस वर्ष किसानको अपेक्षाअनुसार उत्पादनमा वृद्धि हुन सकेन । धान फूल खेल्ने बेलामा पानी पर्दा र युरिया मलको अभावले धान उत्पादनमा ह्रास आएकोे कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यस वर्ष समयमै पानी पर्दा र रोपाइँ समयमै सम्पन्न हुँदा धान उत्पादन जति वृद्धि हुनुपर्ने थियो हुन नसकेको केन्द्रका कृषि अर्थविज्ञ मदन रेग्मीले जानकारी दिए । गत वर्षको तुलनामा भने धान उत्पादनमा वृद्धि भएको उनको भनाइ छ । धान लगाइसकेपछि परेको पानी र सिँचाइको सविधा भएका ठाउँमा भने धान उत्पादन राम्रो भएको केन्द्रले जनाएको छ ।
जिल्लाको सुन्दरबजार नगरपालिका–४ का किसान लक्ष्मण लामिछानेले ३० रोपनी क्षेत्रफलमा उन्नत र हाइब्रिट धानखेती गरेर गत वर्ष ८० मुरी धान उत्पादन गरे । सोही क्षेत्रफलमा गत वर्षको तुलनामा यस वर्ष समयमै पानी परेकाले १०० मुरीभन्दा बढी धान उत्पादन हुने अनुमान उनको थियो । तर आवश्कताभन्दा बढी पानी परेकाले धानमा फुस्रो लाग्ने र युरिया मलको अभावका कारणले गर्दा गत वर्षको भन्दा घटेर ६५ मुरीमात्रै धान उत्पादन भएको किसान लामिछानेको भनाइ छ । सोही नगरपालिका–११ का बलबहादुर दुराले गत वर्ष २० रोपनी क्षेत्रफलमा ६० मुरी धान उत्पादन गरेका थिए ।
गत वर्ष जिल्लामा १४ हजार २३० हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धानखेतीबाट ४४ हजार १५५ मेट्रिक टन धान उत्पादन भएको थियो । केन्द्रका अनुसार गत अघिल्लो आव २०७४/७५ मा १४ हजार ७९१ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट ४४ हजार ५४५ मेट्रिक टन धान उत्पादन भएको थियो । त्यस्तै आव २०७३/७४ मा १४ हजार ४९६ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट ४३ हजार ८३० मेट्रिक टन धान उत्पादन भएको थियो । आव २०७२/७३ मा १५ हजार ८०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ४० हजार ५७८ मेट्रिक टन धान उत्पादन भएको केन्द्रले जनाएको छ ।
जिल्लाका ठुल्ठूला फाँटहरु भोटेवडार, अलैचेफाँट, भोर्लेटार, चक्रतीर्थ, धमिलीकुवा, साइँलीटार, अल्काटारमा धान उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । जिल्लामा सावित्री, रामधान, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, लोकतन्त्र, सुनौलो सुगन्धजस्ता जातका धान किसानले लगाउँदै आएका छन् । किसानले पानी कम हुने ठाउँमा भने सुक्खा–१, सुक्खा–२, सुक्खा–३ लगाउने गरेका छन् । जिल्लामा ४५ हजार ५० हेक्टर क्षेक्रफल खेतीयोग्य जमिनमध्ये १५ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको केन्द्रले जनाएको छ ।
वालिङ– स्याङ्जामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७६÷७७ को तुलनामा चालु आव २०७७÷७८ मा एक हजार ७७४ मेट्रिक टन धान बढी उत्पादन भएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले बताए ।
विगतका वर्षमा धान रोप्न शुरु गर्ने समय र अन्त्य गर्ने समयको अन्तर धेरै हुने गरेकामा यस वर्ष समयमै रोपाइँ शुरु भई समयमै सकिएकाले पनि उत्पादनमा वृद्धि भएको जनाइएको छ । जिल्लाका चापाकोट टार, जिमुहा, पकान, डौंवा, लामागे, ठूलाडिही, साँखर, चिन्नेवाससहित आँधीखोला, ज्याग्दीखोला र दरौंखोला आसपासका क्षेत्र धानखेतीका लागि पकेट क्षेत्र हुन् ।
यहाँ विशेषगरी रामधान, सावित्री, खुमल–४, ११, १३, सुनौलो सुगन्ध, राधा–४ लगायतका उन्नत धान र स्थानीय जातहरुमा पहेँले, आँपझुत्ते, मनसरा, गुर्जी, एक्ले जर्नेली, अनदी, बाटीसरा, झिनुवालगायतका धान लगाउने गरिएको छ । “उन्नत जातको धानखेतीसँगै स्थानीय जातका धान लोप हुन नदिनका लागि रैथाने बाली तथा बीउ संरक्षणका कार्यक्रम सञ्चालन गरेका छौँ”, प्रमुख अधिकारीले भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आगोले नै निभायो आगो
मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु...भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५ लाख ५७ हजारभन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड पाँच लाख ५७ हजारभन्दा बढी...सीमामा निरन्तर किचलो : ढलेका स्तम्भ उस्तै
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीस्थित महाकाली नदीको बगरमा मुख्य सीमास्तम्भ...अघि बढ्यो कोटेश्वर–जडीबुटी सडक निर्माण
काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारीसाधनको चाप बढी हुने सडकमा पर्ने कोटेश्वर–जडीबुटी सडक बिस्तार...चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो
सिजियाङ । चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएका पाँच दिनमा १ हजार ५०० वटा आइसोलेसन सेन्टरका कोठाहरु...अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या
काबुल । अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या...इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो
जाकार्ता । इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या...शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ एक लाख ६२ हजारले डाउनलोड गरे
काठामाडौँ । सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...मनोहरामा निःशुल्क गुर्जोको औषधि र चिया
काठमाडौँ । मनोहरा सफाइ अभियानका अभियानकर्मीलाई बहुउपयोगी वनस्पति गुर्जोबाट बनेको धुलो औषधि र चिया...घरेलु तथा साना उद्योग महासङ्घमा नयाँ नेतृत्व
दमौली । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँको अध्यक्षमा रत्नकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित...
