Khabar Dabali Logo
  January 26, Tue

दुवै अध्यक्षका दस्तावेज फिर्ता गराउन युवा नेताको पहल

काठमाडौं । सत्तारूढ दल नेकपाभित्र देखिएको संकट समाधान गर्न दोस्रो तहका युवा नेताले प्रभावकारी पहल थालेका छन् ।

आजको राजधानी दैनिकमा खबर छ – प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहको विशेष अधिवेशनको मागपत्र फिर्ता गराएर पार्टीभित्रको गम्भीर संकट रोक्न सफल भएका युवा नेताले पार्टीलाई एक राख्न थप सक्रियता देखाउन थालेका छन् ।

जसअनुसार आगामी ५ पुसमा तय भएको स्थायी कमिटी बैठकअघि नै दुवै अध्यक्षका आरोप र प्रत्यारोप समेटिएका दस्तावेज फिर्ता गराउने गरी दोस्रो तहका नेता दौडधूपमा लागेका छन् ।

बुधबार प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष दाहालसँग अध्यादेश फिर्ता गर्ने भए राष्ट्रपति कार्यालयमा पेस गर्न लागिएको पत्र र यसअघि दाहालले पेस गरेको अभियोग पत्र समेत फिर्ता गर्नुपर्ने बताएका थिए । जवाफमा दाहालले अहिले अध्यादेश फिर्ता गर्नुपर्ने र अन्य विषयमा पछि छलफल गर्न सकिने बताएका थिए ।

स्रोतका अनुसार पार्टीको दोस्रो तहका नेता घनश्याम भुसाल, सुवास नेम्वाङ, शंकर पोखरेल, योगेश भट्टराई, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्टलगायतका नेताहरू दुवै अध्यक्षका दस्तावेज फिर्ता गराउने अभियानमा लागेका हुन् । उनीहरूको यस अभियानमा महासचिव विष्णु पौडेल तथा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ले पनि पूर्ण सहयोग गरिरहेका छन् ।

पुस ३ गते, २०७७ - ०७:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारको स्वीकृति बिनै नेपाली युवा कतार प्रहरीमा भर्ना

सरकारको स्वीकृति बिनै नेपाली युवा कतार प्रहरीमा भर्ना

काठमाडौं । नेपालसँग कुनै किसिमको सम्झौता नगरी कतार सरकारले नेपाली युवालाई प्रहरीमा भर्ना गरेको छ...   
धौवादीबाट ३५ प्रतिशत शुद्ध फलाम

धौवादीबाट ३५ प्रतिशत शुद्ध फलाम

नवलपुर । नवलपुरको धौवादी फलाम खानीबाट उत्पादन हुने भएको छ । त्यहाँ भएको कच्चा पदार्थबाट ३५ प्रतिशतसम्म...   

तुलनात्मक रूपमा कोभिसिल्ड सुरक्षित

काठमाडौं । बुधबारदेखि लगाउन थालिने कोरोना भाइरस संक्रमण रोकथामविरुद्धको ‘कोभिसिल्ड’ खोप तुलनात्मक...   

नेपाल–चीन व्यापारमा अवरोध

काठमाडौं । २०७२ वैशाखको भूकम्पपछि पटक पटक अवरुद्ध तातोपानी र रसुवा नाका अझै सहज रुपमा सञ्चालनमा आउन...   

आयोगको अनिर्णय : नेकपा कानुनी रुपमा विभाजित हुन लम्बियो प्रक्रिया

काठमाडौं । राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा विभाजित हुने प्रक्रिया...   

जब प्रधानमन्त्रीले नै कर्मचारीलाई राजनीतिमा लाग्न सल्लाह दिए

काठमाडौं । निजामती सेवा ऐनको दफा ६१ मा निजामती कर्मचारीहरु राजनितीमा सहभागी हुन नपाउने व्यवस्था छ...   

काठमाडौं–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर

काठमाडौं । काठमाडौं–तराई–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृत...   

कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिबाट नै फैलिन सक्छ संक्रमण

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिले अरूलाई कोरोना भाइरस सार्न सक्ने हुँदा लकडाउनका...   

‘सडक नबनाई नाकामा गाडी धुने क्लिनिङ सेन्टर खोल्नुको अर्थ छैन’, यस्तो छ मापदण्ड

काठमाडौं । काठमाडौंका विभिन्न स्थानका सडक छेउमा यतिखेर खाल्डो खनेर माटो थुपारिएको छ । सवारी–साधन...   

दलितलाई थर लेख्न अझै सकस : स्थानीय सरकारले सुन्दैन, प्रशासनले टेर्दैन

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ का कुमार आछामीको नागरिकतामा नाम ‘कुमार सार्की’ छ । पहिले नागरिकता...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top