Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सोह्रदिने अभियान चल्दै : महिलामाथि थिचोमिचो कायमै

महेन्द्रनगर । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा कञ्चनपुरमा भने महिलामाथि हुने हिंसाका घटना बढिरहेकै छन् । अभियान चलिरहँदा दिनहुँजसो महिला जिल्ला प्रहरी कार्यालयमा घरेलु तथा लैङ्गिक हिंसा भन्दै गुहार माग्न आइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मातहतका सबै युनिटमा उक्त अभियान सफल बनाउन सक्रिय भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले अभियान चलिरहँदा प्रहरीमा महिला हिंसाका आठ उजुरी आएको बताए ।

“हामी पनि जिल्लाका सरोकारवाला सङ्घसंस्थादेखि निकायसम्म लैङ्गिक हिंसाविरुद्धको अभियान सफल बनाउन सहकार्य गरिरहेका छौँ”, उनले भने, “यो बीचको अवधिमा प्रहरीमा १३७ महिला विभिन्न समस्या लिएर सेवाका लागि आएका छन् ।” कोरोना सङ्क्रमणका कारण बढ्दो बेरोजगारी, आर्थिक अभावलगायतका कारण पनि हिंसा बढ्न थालेको प्रहरीको बुझाइ छ ।

“बेरोजार भएर लामो समय घर बस्दा पनि श्रीमान् /श्रीमतीबीच तनाव भएर प्रहरीमा उजुरी आएका घटना पनि छन्”, प्रवक्ता थापाले भने, “पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरेर लैङ्गिक हिंसा बढिरहेको पनि छ ।”

त्यसैगरी दोधाराचाँदनीको अवैध बाटोबाट भारत जान लागेका यहाँको बेदकोट नगरपालिकाका चार युवतीलाई पनि प्रहरीले सीमानाकाबाट उद्धार गरी आफन्तको जिम्मा लगाएको छ । “लैङ्गिक हिंसाका तीन र घरेलु हिंसाका पाँच गरी यहाँ आइतबारसम्म आठ उजुरी परेका छन्”, थापाले भने, “जिल्ला प्रहरीले ग्रामीण बस्तीसम्म १६ दिने अभियानअन्तर्गत सचेतनाका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।”

‘लैङ्गिक हिंसाविरुद्धको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्बद्धता’ भन्ने नाराका साथ यही मङ्सिर १० गतेदेखि अभियान शुरु भएको हो । माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरीले भट्टले आफूहरु अभियानअन्तर्गत जिल्लामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताइन्। पछिल्लो समय मुख्य नाकाभन्दा पनि दोधारा–चाँदनीबाट दैनिकजसो महिला तथा बालबालिका उद्धार गर्ने काम भइरहेको उनले बताइन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies