


४ करोड २९ लाख लगानिमा शहीद रङ्गशालामा रात्रिकालीन बत्ती जडान


-
-
मंसिर १९ गते, २०७७ - १३:५८

मोरङ । प्रदेश नं १ सरकारले लामो समयदेखि युवा खेलाडीको रात्रि खेलकूद हेर्ने चाहनालाई प्रदेश सरकारले पूरा गरेको छ । विराटनगरको शहीद रङ्गशाला रात्रिकालीन खेलकूद सञ्चालन गर्न निकै अगाडिदेखि माग रहँदै आएकामा प्रदेश सरकारले बिहीबारदेखि सो रङशालामा फ्लड लाइट जडान (रात्रिकालीन बत्ती)को जडान शुरु गरेबाट उनीहरुको इच्छा पूरा गरेको हो ।
सामाजिक विकास मन्त्रालयले रु चार करोड २९ लाखमा गत वर्षको असोज १ गते कार्की बन्धु अमर जेभीबीच ३२ देखि ३५ मिटरसम्मको उचाइ रहने गरी चार बटा पोल खडा गरी प्रत्येक फ्लड लाइट फ्रेममा एक हजार वाटको २७ वटा बत्ती जडान गर्ने गरी ठेक्का सम्झौता भएको थियो । बन्दाबन्दीका कारण भारतबाट सामग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको अमर जेभीले बताएको छ ।
फ्लड लाइट जडानको कार्यको बिहीबार शुभारम्भ गर्दै सामाजिक विकासमन्त्री जीवन घिमिरेले शहीद रङ्गशालालाई समयानुकूल अत्याधुनिकरुपमा निर्माण गर्ने बताए । उनले विराटनगरलाई खेलकुदमय नगरको रुपमा विकासका लागि काम सुरु भएको बताउँदै कोभिड–१९ बाट थलिएको खेलकूद गतिविधि चाँडै शुरु गर्ने जानकारी दिए ।
मन्त्री घिमिरेले रङ्शालाको संरचना पुरानो भएकाले यसको सुधार,मर्मत र सुविधा सम्पन्न बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले शहीद रङ्गशालाको प्याराफिटको स्तरोन्नतिमा विशेष ध्यान दिइने बताउँदै बैजनाथपुरको अन्तरराष्ट्रिय क्रिकेट मैदानलाई चाँडै सम्पन्न गरी नगरलाई खेलकूद केन्द्रका रुपमा विकास गर्र्नुपर्नेमा जोड दिए । लाइट जडानका लागि भारतबाट १० जना प्राविधिक कार्यरत रहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ट्रम्प विरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लीकनको आग्रह
वासिङट्न । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति...व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित
वाग्मती । मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् ।...कृषकलाई एक लाख जडीबुटीको बिरुवा वितरण गरिने
भोजपुर । नाङ्गा डाँडापाखालाई हरियालीसँगै आयमूलक बनाउनका लागि एक लाख जडीबुटीको बिरुवा वितरण गरिने...भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु...श्रीलङ्काद्धारा कोरोनाका कारण बन्द सीमा सबै देशका लागि खुला
कोलम्बो । श्रीलङ्काले कोभिड १९को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै...भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा
चितवन । राजधानीबाहिरका १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग...डेढ वर्षीय बालकको डुबेर मृत्यु
रौतहट । दुर्गाभगवती नगरपालिका १ कोईरी टोल बस्ने अनन्त महतोको डेढ वर्षीय छोरा छपुकुमार महतोको घर अगाडि...आफ्नै आमाको हत्या गरेको अभियोगमा ३३ वर्षीय प्रेम पक्राउ
तनहुँ । आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका ११ दरैपधेरो बस्ने...शुक्लाफाँटाका काउलीले बजारमा मूल्य पाएन
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा...नेपालमै चिनिँदैन अर्थोडक्स चिया
इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा...

प्रतिकृया लेख्नुहोस्:
- भीरबाट लडेर वडा सदस्यको मृत्यु, गाउँपालिका उपाध्यक्ष भुजेललाई पितृशोक
- भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड ६ लाख ५४ हजार भन्दा बढी
- चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी
- सुदूरपश्चिमको नौ वटै जिल्लामा १६ हजार मात्रा खोप आउँदै
- कोरोनाका कारण विदेशमा एक हप्तामा थप नौ जनाको निधन, दुई हजार सङ्क्रमित