Khabar Dabali Logo
  January 18, Mon

जोखिम भत्ताका लागि ६६ करोड ८७ लाख निकासा

काठमाडौं । सरकारले असोज मसान्तसम्म कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि जोखिम भत्ताबापत ६६ करोड ८७ लाख ४५ हजार पठाइएको बताए पनि स्वास्थ्यकर्मीले भने समयमै भत्ता पाउन सकेका छैनन् ।

आजको राजधानी दैनिकमा खबर छ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज मसान्तसम्म जोखिम भत्ताबापत सो रकम विभिन्न अस्पतालका लागि पठाइएको बताए पनि अस्पतालले समयमै भत्ता उपलब्ध गराउन नसक्दा स्वास्थ्यकर्मी मर्कामा पर्दै आएका हुन् ।

मन्त्रालयले समेत कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पठाएको जोखिम भत्ता केही अस्पतालले उपलब्ध नगराएको गुनासो आएको भन्दै त्यस्ता गुनासाको तत्काल सम्बोधन गर्न अस्पताललाई निर्देशन दिएको छ ।

मन्त्रालयले शुक्रबार सबै अस्पताललाई पत्राचार गर्दै तत्काल जोखिम भत्ता उपलब्ध गराएर स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन थप निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । मन्त्रालयले शुक्रबार सचिवस्तरीय निर्णय गर्दै त्यस्तो निर्देशन दिएको स्पष्ट पारेको छ ।

सरकारले कोभिड—१९ को उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ अनुसार जोखिममा रही काम गर्ने सबै जनशक्तिलाई जोखिम भत्ता दिने निर्णय गरेको थियो तर सरकारको सो निर्णय कार्यान्वयनमा आउन भने केही ढिलाइ भएको थियो ।

अब भने सरकारको निर्णय कार्यान्वयनमा ल्याएर जोखिम भत्ता निकासा गरिएको स्पष्ट पार्दै स्वास्थ्य मन्त्रालयले जोखिम भत्ता तत्काल उपलब्ध गराउन सबै अस्पताललाई निर्देशन दिएको हो । मन्त्रालयले कुनै पनि बहानामा जोखिम भत्ता नरोक्न अस्पताललाई विशेष ध्यानाकृष्ट गराएको छ ।

मन्त्रालयका अनुसार कात्तिकको जोखिम भत्ता पनि छिट्टै उपलब्ध हुने क्रममा रहेको छ । मन्त्रालयले समयमै जोखिम भत्ता निकासा गर्दा समेत सम्बन्धित निकायले किन उपलब्ध गराउन सकेन भन्नेमा अनुगमन संयन्त्र बनाउन नसक्दा पनि लापरवाही देखिएको हो ।

स्वास्थ्य मन्त्रालयले प्रभावकारी अनुगमन संयन्त्र बनाएर निरन्तर अनुगमन गरी जोखिम भत्ता समयमा उपलब्ध गराई स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनुपर्ने सुझाव स्वास्थ्य क्षेत्रका विज्ञहरूले दिएका छन् ।

मंसिर १३ गते, २०७७ - ०७:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईपीजी प्रतिवेदन बुझ्न तयार होला भारत ?

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लमिा हुन लागेको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकले प्रबुद्ध...   

अब ६० अंक ल्याए सवारी लाइसेन्स पाइने

काठमाडौं । सवारीसाधन चलाउन अनुमतिपत्र लिन अनिवार्य पास गर्नुपर्ने प्रयोगात्मक परीक्षा (ट्रायल) लाई...   
प्रहरीको फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क छिरे बालुवाटार

प्रहरीको फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क छिरे बालुवाटार

काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री...   

परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो...   

कोरोनाले अस्त व्यस्त उद्योग धन्दा लयमा फर्किदै

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एउटा प्रतिवेदनले कोरोना महामारीपछि गरिबभन्दा...   

भारतबाट थप १५ मेगावाट विजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयत गर्न अनुमति पाएको...   

ओलीको बोली र व्यवहार फरक–फरक

काठमाडौं । २०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद्...   
मैदानमा मन्त्रीहरू, सिंहदरबार सुनसान

मैदानमा मन्त्रीहरू, सिंहदरबार सुनसान

काठमाडौं । हिजोआज झ्यापझ्याप बत्ती निभिरहन्छ । छिनको छिनमै बिजुली गएर नागरिकलाई हैरान पारे पनि सरकारले...   

आयोगलाई प्रचण्ड–माधव पक्षको प्रश्न : पार्टीले हटाएको ओलीलाई किन ‘अध्यक्ष’ भनेको ?

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षले पार्टीमा बहुमत पक्षले गरेको निर्णय कार्यान्वयन...   
यसरी गरिँदैछ प्रचण्ड–माधव एकता

यसरी गरिँदैछ प्रचण्ड–माधव एकता

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि दाहाल–नेपाल समूहले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top