Khabar Dabali Logo
  January 20, Wed

अर्जेन्टिनाका फुटबलर म्याराडोनाको निधन

ब्युनस आयर्स । अर्जेन्टिनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ ।

सन् १९८६ को विश्वकप अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जित्दा उनी प्रमुख खेलाडी थिए ।

म्याराडोनाका प्रवक्ता सेबास्टियन सान्चीले म्याराडोनाको हृदयघातका कारण बुधबार निधन भएको जानकारी दिए। ब्युनस आयर्सको एक अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरिसकेपछि दुई हप्ता पहिले डिस्चार्ज भएर घरमै आराम गरिरहेका थिए ।

अर्जेन्टिनाका राष्ट्रपतिको कार्यालयले म्याराडोनाको निधनमा तीन दिने राष्ट्रिय शोक घोषणा गरिने जनाएको छ । अर्जेन्टिनी फुटबल संघले म्याराडोनाको निधनप्रति सामाजिक संजाल ट्वीटर मार्फत गहिरो दुःख व्यक्त गरेको छ ।

सन् १९८६ विश्वकप फुटबलमा म्याराडोनाले इङल्यान्ड विरुद्धको फाइनल खेलमा टाउकाले बल हान्नेक्रममा बलले हातलाई छोएको थियो, तर त्यही हातले छोएर भएको गोल सदर भयो । त्यही कारण उनको त्यो गोल गर्ने हातलाई “ह्यान्ड अफ गड” भनिन्छ ।

अर्जेन्टिनाका राष्ट्रपति अल्फ्रेडो फर्नान्डेजले म्याराडोनाले अर्जेन्टिनालाई विश्वभर चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै म्याराडोनाले अर्जेन्टिनीलाई अति खुशी तुल्याउन अतुलनीय योगदान गरेको बताएका छन्।

लागूऔषध सेवनको कूलतमा फसेका कारण ठूलो मानसिक, सामाजिक क्षति व्यहोर्नु परे पनि आफ्नो जीवनकालमा म्याराडोनाले धेरै पदक र पुरस्कार प्राप्त गरेका छन् । एपी

मंसिर ११ गते, २०७७ - ०९:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा...   

सुनसरी सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १० घाइते

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–१० स्थित भित्री सडकमा आज माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किँदा...   

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान...   

भोलिलाई सर्‍यो संसद विघटन मुद्दाः प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा संसद विघटन गर्न नपाइने तर्क

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ...   
ओलीको हातमा अब केही पनि छैन, उनले हारिसके : अध्यक्ष प्रचण्ड

ओलीको हातमा अब केही पनि छैन, उनले हारिसके : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा...   

रुकुम पश्चिममा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउन्ड हवाई फायर

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-९ स्थित राडी बजारमा नेकपाको दाहाल–नेपाल समूह र नेपाली...   

कोरोना संक्रमितको मृत्यु भएपछि टिचिङका डाक्टरमाथि कुटपिट

काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ६१ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएपछि...   
ओली कि कामचलाउ प्रधानमन्त्री हुनुपर्‍यो कि प्रधानमन्त्री पद छोड्नुपर्‍योः अध्यक्ष नेपाल

ओली कि कामचलाउ प्रधानमन्त्री हुनुपर्‍यो कि प्रधानमन्त्री पद छोड्नुपर्‍योः अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री...   

प्रतिनिधिसभा पुनःस्थापना हुन्छ र निर्वाचन हुँदैन भन्ने भ्रममा नपरौं : प्रधानमन्त्री ओली

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै...   
लेखक वाग्लेको प्रश्नः प्रधानन्यायाधीश प्रधानमन्त्रीको कोठामा निरीह भएर जाने यो कस्तो लोकतन्त्र हो ?

लेखक वाग्लेको प्रश्नः प्रधानन्यायाधीश प्रधानमन्त्रीको कोठामा निरीह भएर जाने यो कस्तो लोकतन्त्र हो ?

काठमाडौं । लेखक नारायण वाग्लेले प्रतिपक्ष र प्रधानन्यायाधीशसमेत लाचार हुने यो कस्तो लोकतन्त्र हो...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top