Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

विशङ्खुनारायण मन्दिरमा यसबर्ष एकादशी मेला नलाग्ने

ललितपुर । हरेक वर्ष विशङ्खुनारायण मन्दिरमा हरिबोधनी एकादशीको दिन लाग्दै आएको एकादशी मेला यस वर्ष नलाग्ने भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड –१९ को जोखिमका कारण यस वर्ष हरिबोधनी एकादशी दिन लाग्ने मेला पूर्ण रुपमा बन्द गरिएको छ ।

गोदावरी नगरपालिका–२ स्थित सो मन्दिरमा एकादशीको मेलामा भक्तजन बढी मात्रामा दर्शन गर्न आउने भएकाले कोभिड–१९ को उच्च जोखिमलाई मध्यनजर गरेर मेला लाग्न नदिने निर्णय गरेको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए। उनले भने, “मन्दिर प्रवेश गर्ने ठाउँ साँघुरो रहँदा भक्तजनको भीडभाडले कोरोना फैलिने सम्भावना उच्च रहेकाले मेला लाग्न रोक लगाइएको हो ।”

नारायण दर्शन गर्न देशभरका मानिस विशङ्खु आउने हुँदा यसवर्ष कोभिडका कारण नआउन अनुरोध गरिने वडाध्यक्ष देवेन्द्रकुमार बस्नेतको भनाइ छ । मन्दिरमा अन्य दिन झै हरिबोधनी एकादशीको दिनपनि नित्य पूजा मात्र आयोजना गर्ने भएको विशङ्खुनारायण सेवा सुधार समितिका अध्यक्ष राजेन्द्र विष्टले बताए।

उनले भने, “हामीले भोलि स्थानीयवासीलाई समेत मन्दिर प्रवेशमा रोक लगाउने भएका छौं । मन्दिरमा मानिसको चहलपहल देखिने वित्तिकै भीड बढ्ने हुँदा स्थानीयवासीलाई पनि दर्शन गर्न दिइने छैन । नारायण मन्दिरमा कात्तिक १ गतेदेखि मङ्सिर पूर्णिमासम्म दर्शनार्थीको घुइँचो लाग्ने गथ्र्यो ।” यस वर्ष कोरोना फैलिने ख्याल गरेर मन्दिरमा हुने दैनिक भजनकृतनमा समेत रोक लगाइएको उनको भनाइ छ ।

नेपालका चार नारायणमध्ये विशङ्खुनारायणलाई माइला नारायणका रुपमा पुजिने गरिएको समितिका सल्लाहकार पुरुषोतम विष्टले बताए। उनले भने, “हिन्दू धर्मावलम्बीले भक्तपुरको चाँगुनारायणलाई जेठो नारायण, काठमाडौं दक्षिणकालीमा रहेका शेषनारायणलाई साइला नारायण र इचङगुनारायणलाई कान्छो नारायणका रुपमा पुज्ने गरेका छन् ।” हरेक वर्ष पुस १ गते विशङ्खुनारायण भगवानको महास्नान हुने गर्छ । महास्नानको दिन वर्षमा एक पटक मात्र भगवानको मूर्तिलाई बाहिर निकालिने चलन रहेको विष्टले जानकारी गराए।

मुलुकमा कोरोना महामारी आउनुअघि विशङ्खुनारायण मन्दिरमा हरेक हरिबोधनी एकादशीको दिन ठूलो मेला लाग्ने गथ्र्यो । यहाँ नारायणको पूजा र आरधनाका लागि टाढाटाढाबाट भक्तजन आउने गर्थे । शनिबार र सार्वजनिक बिदाका दिन पनि विशङ्खु घुम्ने, दर्शन गर्ने र वनभोज खाने मानिसको चहलपहल उत्तिकै हुन्थ्यो । हरिबोधनी अर्थात ठूलो एकादशीको दिनदेखि भगवान नारायण जलबाट उठ्ने हुँदा कात्तिक महिनाभर हिन्दू धर्मावलम्बीले चार नारायणको दर्शन गने परम्परा नेपालमा रहेको छ ।

गत वर्षको मेलामा रु ८० देखि ८२ हजार रुपैयाँ उठेको समितिले जनाएको छ । विशङ्खुनारायणथान ललितपुरको एक प्रसिद्ध तीर्थस्थल हो । यो मन्दिर जमिन सतहबाट एक हजार ५०० मिटर उचाइमा रहेको छ । यो मन्दिर लगनखेलबाट १० किलोमिटर टाढा पर्छ । मन्दिरमा भगवान नारायणको प्रिय बाजा नगरा बजाउने चलन छ । यहाँ केही वर्ष अघिदेखि एक महिलाले भगवानको बिहान पूजासँगै साँझ आरती गर्दा नगरा बजाउँछिन् ।

कात्तिक महिनामा दान, पुन्य गरी जाग्राम बसेर बत्ती बाल्दा श्रीवृद्धि हुने विश्वास हिन्दू धर्मावलम्बीमा रहेको छ । प्रत्येक ठूलो एकादशीको दिन तुलसीसँग भगवान विष्णुको विवाह हुने गर्छ । यो एकादशीमा धुनवेँशी, बनेपा, धुलिखेल, मकवानपुर, हेटौंडा, धादिङ, नुवाकोट, काभ्रेलगायतका स्थानबाट भाडामा सवारीसाधन लिएर भत्तजन दर्शनका लागि विशङ्ख आउथे ।

विशङ्खुनारायण मेलामा विशेष गरी उखु, खुवा, पिँडालु, बदाम, वन तरुल, सखरखण्डलगायत स्थानीय बारीमा उत्पादन भएका तरकारी अनि फलफूल खुबै बिक्री वितरण हुने गथ्र्यो । हरिशयनी एकादशीको दिनमा रोपिएको तुलसीलाई हरिबोधनी एकादशीको दिन व्रत बसेर राधाकृष्णको नाममा विभिन्न पकवान बनाएर, फूल, माला, फलफूल बस्त्र र रङ्ग लगाइदिएर पूजाआरधना गर्ने चलन नेपाली समाजमा रहिआएको छ । ठूलो एकादशीको भोलिपल्ट आ–आफ्ना घरमा तुलसी रोपेका मानिसले होमयज्ञ गरेर तुलसीको उध्यापन गर्ने गर्छन ।

भौगोलिक बनावट शङ्खको आकारमा रहेकाले विशङ्खु भनी नामाकरण भएको स्थानीयवासी ८५ वर्षीय गोविन्द विष्टले जानकारी गराए। उनले भने,“यो मन्दिर बह्मा, विष्णु र महेश्वरको पालादेखि सुष्टि भएको हो ।”

एक सय ३१ को मृत्यु

ललितपुरमा कोरोना सङ्क्रमण भएर हालसम्म १३१ व्यक्तिले ज्यान गुमाइसकेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कूल कोभिड सङ्क्रमित सङ्ख्या १२ हजार १४ पुगेको छ ।

यसैगरी कोरोना निको भई स्वास्थ्य लाभ गर्नेको सङ्ख्या नौ हजार ९८२ पुगेको हो । जिल्लाभर सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ९०१ पुगेको कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies