


दाङका क्रसर उद्योग बन्द गर्न निर्देशनः कपिलवस्तुका पनि मापदण्ड विपरीत


-
-
मंसिर ८ गते, २०७७ - १३:१७

दाङ । जिल्लाका १० क्रसर उद्योग नियम विपरीत सञ्चालन भएको पाइएकाले १५ दिनभित्र बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय दाङको अगुवाइमा गरिएको अनुगमनमा ती क्रसर उद्योगले बालुवा प्रशोधन गर्ने गरी उद्योग दर्ता गरेको तर क्रसर उद्योग सञ्चालन गरेको पाइएपछि ती उद्योगलाई बन्द गर्न निर्देशन दिइएको हो ।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गृह मन्त्रालयले गत कात्तिक २५ गते जारी गरेको परिपत्रअनुसार जिल्लामा सञ्चालित क्रसर उद्योग अनुगमन गर्दा १० क्रसर र ३२ बालुवा प्रशोधन उद्योग दर्ता भएकामा क्रसर उद्योग नियमसङ्गत सञ्चालन भएको पाइए पनि बालुवा प्रशोधनमा दर्ता भएकामध्ये १० उद्योगले क्रसर उद्योग सञ्चालन गरेको पाइएको जानकारी दिए ।
प्रजिअ आचार्यले १५ दिनभित्र बन्द नगरी अटेर गरेमा कानूनी कारवाही गरी दर्ता खारेज गरिने बताए। बन्द गर्र्न निर्देशन दिइएका उद्योगमा गणेश बालुवा वासिङ उद्योग, स्वर्गद्वारी स्किन प्लान्ट प्रालि, जनविश्वास बालुवा वासिङ उद्योग, केएण्डएस बालुवा प्रशोधन वासिङ उद्योग, मङ्गलम बालुवा प्रशोधन उद्योग छन् ।
त्यस्तै बगारबाबा बालुवा प्रशोधन उद्योग, पाण्डेश्वर बालुवा वासिङ उद्योग, जयबागेश्वरी बालुवा प्रशोधन उद्योग, दाङ एग्रिगेट बालुवा वासिङ उद्योग र पूर्णागिरि एग्रिगेट बालुवा वासिङ उद्योग पनि बन्द गर्न निर्देशन दिइएको छ । अनुगमनमा जिल्ला प्रहरी, नापी, मालपोत, घरेलुलगायत कार्यालयका प्रतिनिधिको सहभागिता थियो ।
चन्द्रौटा– कपिलवस्तुमा रहेका क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेको विवरणअनुसार २९ क्रसर उद्योग भए पनि अधिकांश उद्योग सरकारको प्रचलित मापदण्ड विपरीत सञ्चालनमा रहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।
सरकारले मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर बन्द गर्न दिएको निर्देशनअनुसार अहिलेसम्म २० उद्योग अनुगमन गरिएको बताइएको छ । “शुरुमा अनुगमन गरेका छाँै, उद्योगको विवरणअनुसार दर्ता हुँदाको समयमा रहेका मापदण्ड पूरा नगरेका उद्योगलाई बन्द गराइने छ”, पौडेलले भने, “उद्योग कुन वर्षमा दर्ता भएको र त्यस समयमा कस्तो मापदण्ड थियो, भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।”
कतिपयले बालुवा प्रशोधन भनेर दर्ता गरे पनि गिट्टी उत्पादन गरेकाले त्यस्ता क्रसरलाई तुरुन्त बन्द गरिने उनले बताए । जिल्लामा मुख्य सडक, खोला र शैक्षिक संस्था नजीकै क्रसर उद्योग सञ्चालनमा छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको मापदण्ड–२०७७ अनुसार बस्ती, मुख्य सडक, राजमार्ग, विद्यालय, स्वास्थ्य संस्था, ठूला नदी, पुल, धार्मिकस्थल, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान र वन क्षेत्रको पाँच सय मिटरदेखि दुई किलोमिटरभित्र नदीजन्य पदार्थ उत्खनन र सङ्कलन गर्ने गराउन कुनै कार्य गर्न पाइँदैन ।
जिल्लामा मापदण्ड विपरीत वनजङ्गल, नदी किनार, गाउँबस्ती र विद्यालय नजीकसमेत क्रसर सञ्चालन गरेको पाइएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन विपरीत धेरै क्रसर उद्योग सडक, वनजङ्गल, खोला, नदी र गाउँबस्ती नजिक रहेकाले तिनका कागजात केलाउने काम भइरहेको बताइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
वैशाखमा निर्वाचन हुने सम्भावना छैन : महामन्त्री कोइराला
चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म...नागरिक एप्स’ को प्रयोगबाट सुशासन वृद्धि हुनेछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि सारिएको ‘नागरिक एप्स’...प्रतिनिधिसभा विघटन मुद्दाः एमिकस क्युरी संवैधानिक इजलासकै पक्षमा
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आज भएको सुनुवाइमा एमिकस क्युरीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता...नेपालमा कोरोनाबिरुद्धको ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोग अनुमति
काठमाडौँ । औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको छ । नेपालमा...बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक
विलमिङटन । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले बिहीबार आर्थिक समस्यासँग जुधिरहेको अमेरिकी...संविधानको व्याख्या संवैधानिक इजलासले गर्ने कानूनी व्यवस्था भएको जिकिर
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा...बस र ट्रक एक आपसमा ठोक्किदा एघार जनाको मृत्यु
नयाँ दिल्ली । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना...इन्डोनेसियामा शक्तिशाली भूकम्प, ३४ जनाकाे मृत्यु
जाकार्ता । इन्डोनेरियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको...मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने
भक्तपुर । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन...जलविद्युत् लगानी कम्पनीद्वारा नौ वर्षमा १० अर्ब ८८ करोड ऋण लगानी
काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनीले ४७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा रु १० अर्ब ८८...
