Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

गाउँपालिकाले जोतिदिएको खेतमा धान पहेँलै झुल्यो

गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले किसानको खेत निःशुल्क जोत्ने कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले निःशुल्क जोतेको खेतमा अहिले किसानले रोपेको खेतमा धानबाली पहेँलै झुलेको छ ।

गाउँपालिकाले भूमि बैंकमार्फत जग्गाको तथ्याङ्क सङ्कलन गरी किसान र भूमिबीचको समन्वय गरेको थियो । स्थानीय किसानको १२ वर्षदेखि बाँझो खेतमा अहिले धान झुलेको छ । एकातर्फ काम गर्नेहरुको जग्गा नहुने र अर्कोतर्फ जग्गा भएकाहरुले काम नगर्ने वा बसाइँसराइ गरेर अन्यत्रै बस्ने गरेकाले गाउँपालिकाले भूमि बैंकको अवधारणा कार्यक्रम अगाडि सारेको हो । उक्त कार्यक्रमअन्तर्गत काम गर्न चाहने किसान र बाँझो जग्गाको लगत सङ्कलन गरिन्छ । गाउँपालिकाले काम चाहनेलाई खेत उपलब्ध गराई खेती गर्न प्रोत्साहित गर्ने गर्दछ ।

गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले भूमि बैंकमार्फत झण्डै २०० रोपनी बाँझो जग्गा जोतिएको जानकारी दिए । गाउँपालिकाले बाँझो जग्गाको लगत सङ्कलन गरी काम गर्न इच्छुक किसानलाई खेत प्रदान गर्ने थापाले बताए। यसका साथै खेतमा पहिलो चरणमा राख्ने रासायनिक मल पनि गाउँपालिकाले नै प्रदान गर्ने जानकारी दिए । गाउँपालिकाको यसै काममार्फत वडा नं ६ कुमालटारीमा १०० रोपनी बाँझो खेत जोती धानखेती गरिएको छ ।

कुमालटारी खाद्यान्न तथा तरकारी उत्पादक कृषक समूहका सदस्य बद्रीनाथ अर्यालले गाउँपालिकाले ट्र्याक्टरको प्रयोग गरी निःशुल्क खेत जोतिदिएकाले आफूहरुमा काम गर्ने उत्साह पलाएको बताए। स्थानीय किसान यमबहादुर शाहीले १२ वर्षदेखि बाँझो खेतमा अहिले यसरी लहलह धान झुल्ला भनेर आफूले नसोचेको बताए । “बसाइँसराइले गर्दा मानिसले गाउँ छाडेपछि खेत पनि बाँझो भए । गाउँपालिकाले भूमि बैंकमार्फत बाँझो जग्गा जोतिदिने अभियान ल्याएपछि कुमालटारीका युवा सामूहिक खेतीतर्फ आकर्षित भएका छन्”, उनले भने । उक्त कार्यक्रमअन्तर्गत अहिले करिब ३० जनाको ६० रोपनी खेतमा १५ जना मिलेर सामूहिक धानखेती गरेका छन् । यसमा रु ७५ हजार लागत परेको र १०० मुरी धान उत्पादन हुने लक्ष्य छ । समान परिश्रम र समान प्रतिफल हुने नियम बनाइएको छ ।

कुमालटारीमा मात्रै १०० रोपनी खेतमध्ये व्यक्तिगत र सामूहिकमा गरी कूल ८५ मुरी धान उत्पादन भइसकेको शाहीले बताए। रेसुङ्गा नगरपालिका र गुल्मीदरबारको बठुकारखोला भन्ने छ किलोमिटर टाढाबाट सिँचाइका लागि पानी ल्याइएको छ । गाउँपालिकाको उक्त कार्यले किसानमा खुशी छाए पनि गाउँको बसाइँसराइ रोक्नका लागि कृषिमा थप योजना ल्याउनुपर्ने कृषकको भनाइ छ । कृषक कृष्णप्रसाद ज्ञवालीले थप कृषि औजार, आवश्यक मललगायतको व्यवस्था हुनुपर्ने धारणा राखे ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies