विराटनगर । स्थानीय प्रशासनद्वारा सामूहिकरुपमा गरिने छठ पूजा रोक लगाएकोमा यहाँ विभिन्न समितिले विरोध जनाएका छन् । कोरोना भाइरसको महामारीको जोखिम जारी रहेको जनाउँदै प्रशासनले छठपूजामा रोक लगाएको जनाइएको छ ।
मोरङका नौ वटा छठ पूजा समितिले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी छठ पूजा आस्था र विश्वासको धरोहर रहेकाले आफूहरु यो पर्व विश्वस्वास्थ्य सङ्गठन र सरकारको मापदण्डअनुसार सम्पन्न गर्ने जानकारी दिए ।
भैतिक दूरी कायम गरी सामान्य तरिकाले पर्व मनाउन व्रतालुले नदीमा वा तलाउमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने कार्य कतैबाट रोक नहोस् भन्ने माग गरेका छन् । पत्रकार सम्मेलनमा त्रिलोकीनाथ तथा छठ पूजा मन्दिर, झरना चोक छठ पूजा समारोह, पिछरा वडा नं ११ छठ पूजा समारोह समिति, हिन्दू परिषद् नेपाल मोरङ, हलुवाई समाज कल्याण सेवा समिति, सहनी कल्याण समाज समिति, नेपाल बैश्य युवा सङ्घ, मोरङ माछा व्यवसाय सङ्घ, मरिक टोल सङ्गठनका अध्यक्ष तथा सचिवको सहभागिता रहेको थियो । छठ पूजा आगामी मङ्सरि ५ र ६ गते रहेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: