बलेवा । दुर्गम गाउँमा काम गर्दाका समस्या आ–आफ्नै छन् । स्रोत साधन हुने हो भने दुर्गमका बस्तीको विकासमा पनि परिवर्तनको आभाष गर्न सकिन्छ भन्ने बुझेका छन् जिल्लाको ताराखोला गाउँपालिकाका कर्मचारीहरु ।
गाउँमा स्वास्थ्यसम्बन्धी सेवाको उपलब्धता आधारभूत तहको मात्रै छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा थप विकास होस् भन्ने उद्देश्यले टेलिमेडिसिन सेवा खोज्दै जाँदा यहाँका कर्मचारी राष्ट्रिय आविष्कार केन्द्र पुगे । आफ्ना समस्या लिएर केन्द्रमा पुगेका कर्मचारीले केन्द्रका संयोजक महावीर पुनलाई भेटेर आफ्ना समस्याको विषयमा त जानकारी गराए तर राष्ट्रिय आविष्कार केन्द्रले भोगिरहेको समस्यामा पनि उनीहरुको आँखा पर्यो ।
लामो समयदेखि नेपालमै आविष्कारको क्षेत्रमा काम गर्ने भनेर स्थापना भएको यो केन्द्रले आर्थिक समस्यासँग जुधिरहेको छ । निश्चित स्रोत नभएकाले दाताको सहयोग र स्वस्फुर्त आविष्कारमा सहभागी विज्ञहरुको भरमा रहेको आविष्कार केन्द्रलाई कर्मचारीको तर्फबाट सहयोग गर्नुपर्छ भन्ने भावना विकास भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए । टेलिमेडिसिन सेवाको विषयमा बुझ्न केन्द्र पुगेर फर्किएको टोलीले गाउँपालिकाका कर्मचारीको बीचमा सल्लाह गरेर स्वस्फुर्त सहयोग सङ्कलन अभियाननै चल्यो ।
“कसैलाई करकाप गरेनौँ, सबैले सहयोग गरे”, शर्मा भन्छन् “थोरै भए पनि स्वदेशमै हुने आविष्कारमा सहभागी हुनु हाम्रो पनि दायीत्व हो । गाउँपालिकामा कार्यरत कर्मचारीले सङ्कलन गरेको रु एक लाख २७ हजार १११ आविष्कार केन्द्रलाई एकमुष्ट रुपमा प्रदान गरिएको छ । ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले आविष्कार केन्द्रका संयोजक महावीर पुनलाई उक्त रकम बुधबार हस्तान्त्रण गरे ।
“हामी अपेक्षा बोकेर केन्द्रमा पुग्दा त्यहाँको समस्याले हामीलाई पोल्यो”, शर्माले भने, “सबैले सहयोग गरे आविष्कार केन्द्रले केही गर्न सक्छ ।” आविष्कार केन्द्रले नयाँनयाँ र मौलिक आविष्कार गरेर देश विकासमा टेवा पुगोओस् भन्ने सुभेच्छा राखेर सबै कर्मचारीको तर्फबाट सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । गाउँ कार्यपालिकाको कार्यालय, विषयगत कार्यालय र वडा कार्यालयमा समेत कार्यरत स्थायी, अस्थायी र करारका कर्मचारी गरी ५८ जनाले स्वस्फुर्त सहयोग गरेका थिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: