Khabar Dabali Logo
  November 25, Wed

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न काँग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षण र उपचारको दायित्वबाट पन्छिन् गरेको निर्णयलाई अत्यन्तै गैर जिम्मेवार व्यवहारका रूपमा लिएको जनाएको छ ।

कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको भएको उल्लेख गर्दै काँग्रेसले आज विज्ञप्तिमार्फत सङ्क्रामक रोग उपचारको कानूनी व्यवस्थाअनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने जनाएको हो । “सर्वोच्च अदालतले केहीअघि निःशुल्करूपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ ? भन्ने प्रश्न उब्जिएको छ”, काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोभिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसन तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेमडिसिभर औषधिको कालोबजारी, अव्यवस्थित क्वारेन्टिन र शव व्यवस्थापनसम्म लहडको नीतिले ‘सरकारको बौद्धिक र भौतिक दुवै अस्तित्वमा भयानक प्रश्न चिन्ह’ खडा गरिसकेको उहाँको टिप्पणी छ । उपचारको दायित्वबाट पन्छिएपश्चात् त ‘देशमा सरकार छ’ भन्ने बचेखुचेको भ्रमको अन्त्य गर्न सरकार आफैं उद्दत रहेको पुष्टि भएको काँग्रेसको आरोप छ ।

सांसद विकास कोष, दशैँ भत्तालगायत खारेज गरेर जनताको जीवन जोगाउन लगानी बढाउनु सरकारको कर्तव्य भएको उल्लेख गर्दै काँग्रेसले कोरोना परीक्षण र उपचार निःशुल्करूपमा गरेर महामारीबाट जनतालाई जोगाउन विशेष संवेदनशीलताका लागि सरकारलाई अपिल र आग्रह गरेको छ ।

कात्तिक ३ गते, २०७७ - १४:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद्को निर्णयः आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित

काठमाडौं । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको...   

नेकपा विभाजन भए संविधान नै ध्वस्त हुने खतरा : मन्त्री त्रिपाठी

नवलपरासी । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सत्तारुढ नेपाल कम्युनिष्ट...   

पार्टीको विधान, नीति तथा सिद्धान्तलाई आत्मसात् गर्न नेता नेपालको जोड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले पार्टीको विधान, नीति तथा सिद्धान्तलाई...   

सांसद दीपक मनाङ्गेकी श्रीमती ‘चोरी मुद्दा’मा पक्राउ

काठमाडौं । गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गेकी श्रीमतीलाई पक्राउ परेकि छिन् । श्रीमति दीछेन डोल्मालाई...   

काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा...   

कोरोना संक्रमणबाट एकैदिन २८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणबाट...   

थप १९ सय ४८ मा कोरोना पुष्टि, ३ हजार १४० जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप एक हजार ९ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...   
आयोगका आयुक्त पाठकलाई ७० लाख घुस दिने लम्बोदर न्यौपाने पक्राउ

आयोगका आयुक्त पाठकलाई ७० लाख घुस दिने लम्बोदर न्यौपाने पक्राउ

काठमाडौं । तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस...   

पाँचथरको फालोटमा बिओपी स्थापना

पाँचथर । फालेलुङ गाउँपालिका—४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको...   

देशैभर चिसो बढ्यो, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top