Khabar Dabali Logo
  October 27, Tue

पैसा तिर्न नसक्दा बालकको शव तीन दिन अस्पतालमै बन्धक

ऋण काढेर एक लाख बुझाएपछि विराट अस्पतालले शव दियो, पीडित परिवार भन्छ– अस्पतालको लापरबाहीले बच्चाको ज्यान गयो

लहान । उपचारमा लागेको एक लाख रुपैयाँ तिर्न नसक्दा विराटनगरको विराट अस्पतालले एक बालकको शव तीन दिनपछि मात्रै परिवारलाई दिएको छ । बुधबार साँझ ऋण निकालेर रकम बुझाएपछि सिराहा नगरपालिका– ४ खरसलवाका दुईवर्षे सिद्धार्थ सदाको शव परिवारले पाएको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – गाउँघरबाट महँगो ब्याजदरमा ऋण निकालेर सबै रकम बुझाएपछि मृत्यु भएको तेस्रो दिन शव पाएको सिद्धार्थकी हजुरआमा कलावती सदाले बताइन् । ‘उपचार गर्दा एक लाख ५० हजार यसअघि नै दिएका थियौं । उपचारमा लागेको ४० हजार र फार्मेसीको ६० हजार रुपैयाँ ऋण गरेर बुझायौँ,’ कलावतीले भनिन्, ‘केही दिनमा दिन्छौँ भनेका थियौँ, अस्पताले मानेन । शव नै राखेपछि सय कडा तीनका दरले ऋण निकालेर बुझायौँ ।’ अस्पतालले शव दिएपछि बुधबार साँझ नै उनीहरूले घर ल्याएका छन् ।

ठूलाआन्द्रामा समस्या देखिएपछि परिवारले सिद्धार्थलाई १८ असोजमा विराट अस्पतालमा भर्ना गरेको थियो । उनका मामा प्रेमकुमार सदाका अनुसार चिकित्सकहरूले उनको शल्यक्रिया गर्नुपर्ने बताएका थिए । त्यही दिन सिद्धा्र्थको आन्द्राको शल्यक्रिया गरिएको थियो ।

‘आन्द्रा काटेर जोड्नुपर्छ भनेपछि सहमति जनायौं,’ प्रेमकुमारले भने, ‘शल्यक्रियापछि सञ्चो हुनुपर्नेमा छटपटाउने, बेहोस हुने भयो । अस्पतालका चिकित्सकलाई सुनाएपछि एक्सरे गरेर हेर्दा भित्र केही ठाउँमा स्टिच नगरी बाहिर मात्र घाउ स्टिच गरिएको रहेछ ।’

त्यसपछि चिकित्सकहरूले दोस्रो शल्यक्रिया गरेर सिलाउँदा ठीक हुन्छ भन्ने सुनाए । सिद्धार्थका परिवारजनले किन लापरबाही गरेको भन्दै सोधपुछ गरेपछि डेढ लाख तिरेर अन्य अस्पताल लैजान भन्दै दबाब दिएको उनले बताए ।

‘२३ असोजमा दोस्रोपल्ट शल्यक्रिया गरेपछि पनि निको भएन । नाक र मुखबाट रगत आउन थाल्यो,’ प्रेमकुमारले भने, ‘अवस्था गम्भीर भएपछि फेरि आइसियूमा राखियो । २६ असोजमा आइसियूमै ज्यान गयो ।’ चिकित्सकको लापरबाहीले सिद्धार्थको ज्यान गएको उनको भनाइ छ ।

पहिलो शल्यक्रिया गर्दासम्म लागेको एक लाख ५० हजार रुपैयाँ उनीहरूले अस्पतालाई बुझाएका थिए । त्यसपछि दोस्रो शल्यक्रिया गरेको र तीन दिन आइसियूमा राखेको तथा औषधिको गरेर एक लाख रुपैयाँ दिन अस्पतालले दबाब दिएको हो । त्यो रकम तिर्न नसक्दा बालकको शव तीन दिनसम्म अस्पतालमै राखेको प्रेमकुमारले बताए ।

हाँसीखुसी अस्पताल लगिएका छोराको शल्यक्रिया बिग्रिएर मृत्यु भएपछि सुनीतादेवी सदा विक्षिप्त बनेकी छिन् । पति गुमाएको डेढ महिनामै छोरा पनि गुमाउनुपर्दा उनी विक्षिप्त बनेको प्रेमकुमारले बताए । १९ भदौमा ट्र्याक्टर दुर्घटनामा परेर उनका पतिको मृत्यु भएको थियो । सुनीतादेवी पाँच महिनाकी गर्भवती छिन् ।

अशोज २९ गते, २०७७ - ०६:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेर्नुहाेस्, तपाईंको आजको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक ११ गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर २७ तारिख । नेपाल संवत् ११४०...   

जोखिम ख्याल नगरी बजारमा चहलपहल

डोटी । दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका...   

आज दसैंको मुख्य दिन विजयादशमी , टिकाकाे साइत बिहान १०ः१९ बजे

काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी अर्थात धार्मिक कथाअनुसार असत्यमाथि सत्यको...   

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   

आज महानवमी पर्व मनाइँदै

काठमाडौं । नेपाली हिन्दुहरूकाे महान् चाड बडा दशैंको आज नवौं दिन महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा...   

बलात्कारको पनि बद्ला ! दाजुभाइ पक्राउ

राजविराज । बलात्कारको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास...   
बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई...   

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?

टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top