Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

दसैंको अग्रिम टिकट खोल्ने सम्भावना न्यून

काठमाडौं। विगतका वर्षहरू जस्तै दसैं–तिहार र छठ जस्ता चाड सुरु हुनुुपूर्व खोलिने लामो दूरीको यातायातको अग्रिम टिकट बुकिङ यो वर्ष नखोलिने सम्भावना बढेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - शुक्रबार अग्रिम टिकट बुकिङको विषयमा भएको छलफलमा कुनै निर्णय नभएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए ।

‘सरोकारवालासँग बैठक बसे पनि कुनै निर्णय भएन,’ उनले भने, ‘अब अग्रिम टिकट बुकिङ हुने सम्भावना घट्दै गएको छ ।’ तर, असोज अन्तिममा एक पटक बस्ने गरी बैठक सकिएको छ । ‘त्यसवेलासम्म अवस्था सामान्यतर्फ जाने सम्भावना देखिएमा अग्रिम टिकट खोल्ने निर्णय हुन सक्छ,’ उनले भने ।

अर्कोतिर यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खोल्न आवश्यक नै नभएको बताएका छन् । अहिले नियमित चल्ने सवारीसाधनसमेत खाली–खाली रहेका कारण अग्रिम बुकिङको औचित्य नै नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

अग्रिम टिकट खोल्नुअघि दुई सर्त पूरा हुनुपर्ने पनि व्यवसायीको माग छ । पहिलो अग्रिम टिकट काटेपछि निषेधाज्ञा भयो भने काटिएको टिकटको जिम्मा कसले लिने भन्नेमा व्यवसायीको चासो छ ।

त्यस्तो अवस्थामा काटिएका टिकटको जिम्मा सरकारले दिने ग्यारेन्टी गरेमा अग्रिम टिकट बुकिङ गर्न सकिने उनीहरूको भनाइ छ । त्यस्तै, हवाई उडानको जस्तै बसमा पनि शतप्रतिशत यात्रु बोक्न पाउने व्यवस्था हुनुपर्ने व्यवसायीको माग छ । यातायात मन्त्रालयले शतप्रतिशत यात्रु बोक्न पाउने व्यवस्थाका लागि सिसिएमसीमा प्रस्ताव लगे पनि अझै निर्णय भएको छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो र मध्यम दूरीको सार्वजनिक सवारीसाधनमा पूर्ण सिट क्षमतामा सञ्चालनका लागि गरेको प्रस्ताव झन्डै दुई हप्तादेखि रोकिएको छ । यातायात मन्त्रालयले चाँडो निर्णय गर्न चाहेको भए पनि स्वास्थ्य मन्त्रालयले रोकिदिएको बुझिएको छ ।

सिसिएमसीबाट पूर्ण क्षमतमा यात्रु बोक्न पाउने निर्णय भएको खण्डमा भाडादर भने पुरानो नै कायम गरिने यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बताए । यसअघि सरकारले कोरोना संक्रमणका वेला सार्वजनिक सवारीसाधनले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु बोक्नुपर्ने र भाडा भने तत्कालीन तोकिएको भाडादरको ५० प्रतिशत थप लिन पाउने निर्णय गरेको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies