Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

म्याग्दीमा २५ वर्षिय युवकको रहस्यमय मृत्यु प्रकरण, प्रहरीले थाल्यो अनुसन्धान शुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगका २५ वर्षीय प्रताप सिंजालीको रहस्यमय मृत्युका विषयमा प्रहरीले अनुसन्धान थालेको छ । यही असोज ६ गते साथीसँग भगवतीको पर्यटकीयस्थल रुइसे घुम्न जाँदा घाइते र बेहोस भएका सिंजालीको १६ गते राति पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनास्थलको निरीक्षण, उनीसँगै गएका र घटनास्थलमा भएकासँग सोधपुछ, चिकित्सकको रिपोर्टलाई आधार बनाएर अनुसन्धान शुरु गरेको म्याग्दीका प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए । “अस्पतालको रिपोर्टका आधार शरीरमा कसरी चोट लाग्यो भने अनुसन्धान अघि बढाउन भिसेरा परीक्षण गर्न पठाएका छौँ”, उनले भने, “दुर्घटना भएर लडेर अथवा कुटपिट के कारणले शरीरमा चोट लाग्यो भन्ने विषयमा घटनास्थलमा भएकाहरुसँग सोधपुछ गरिएको छ ।”

बिहीबारसहित तेस्रोपटक प्रहरी टोली घटनास्थल रुप्से पुगेको छ । प्रहरी नायब उपरीक्षक कुँवर आफैं घटनास्थल पुगेका छन् । अस्पतालका अनुसार सिंजालीको दायाँ र बायाँका दुईरदुई वटा करङ भाचिएको, शरीरमा निलडाम भएको, फोक्सोमा पानी जमेको र टाउकोमा गहिरो चोट लागेको थियो । बेहोस अवस्थामा उनलाई असोज ७ गते बेगखोला स्वास्थ्यचौकी, बेनी अस्पताल हुँदै पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो । प्रतापसँगै भएका तीन जना, रुइसेमा भनाभन भएका मल्लाजका युवा र रुइसेका रेष्टुरेष्ट सञ्चालकदेखि त्यस दिन त्यहाँ भएका सबै अनुसन्धानमा तानिएका छन् ।

प्रताप लकडाउन हुनुभन्दा केही समयअघि विदेशबाट छुट्टीमा गाउँमा आएका थिए । घरमा उनका बुवाआमा, भाइ र बहिनी छन् । सामान्य आर्थिक हैसियत भएका सिंजाली परिवार प्रतापको आम्दानीमा निर्भर थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies