Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

विष खुवाएर ज्यान मार्ने उद्योग कसुर गरी फरार रहेकी महिला पक्राउ

कञ्चनपुर । विष खुवाएर ज्यान मार्ने उद्योग कसुर गरी फरार रहेकी बेलडाँडी गाउँपालिका–१ की २६ वर्षीया समिरा चन्दलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । तीन वर्षअघि नाबालकलाई विष खुवाई ज्यान मार्ने उद्योग गरी फरार रहेकी चन्दलाई घरमै लुकीछिपि बसेको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

ज्यान मार्ने उद्योग कसुरमा चन्दलाई उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले विसं २०७४ भदौ २० गतेको फैसलाअनुसार पाँच वर्ष कैद सजाय तोेकेको थियो । अदालतले कैद तोकेपछि चन्द फरार रहेकी थिइन् । पक्राउ परेकी चन्दलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

बरामद सामान भन्सार कार्यालयमा बुझाइयो

भन्सार छलेर ल्याइएको रु एक लाख एक हजार १७५ मूल्य बराबरका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बरामद गरी मङ्गलबार भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका–१० भुडा र बेलडाँडी गाउँपालिका–२ चवन्नी क्षेत्रबाट भन्सार छली गरी ल्याएका मटर दाल ५७५ किलो, फलामको फरुवा (कसी) ४५ थान, फलामको नटबोल्ड ५० किलो, घाँसको बीउ ४५ किलो, तामिल बिडी १०० बण्डल, सुदर्शन मिठो सुपारी ४९ प्याकेट, तुलसी चिया ६० प्याकेट, त्रिशूल कल्पला सुर्ती ४८ प्याकेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । जसको अन्दाजी मूल्य रु ९२ हजार ४७५ रहेको छ ।

यसैगरी भीमदत्त नगरपालिका–४ का ३० वर्षीय रिहोत देवलमातीलाई भन्सार छलेर ल्याइएका मोटरसाइलका पाटपूर्जासहित प्रहरीले पक्राउ गरी सामानसहित भन्सार कार्यालयमा बुझाएको छ । मातीबाट रु आठ हजार ७०० रकम बराबरको मोटरसाइलका पाटपूर्जा बरामद भएका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies