Khabar Dabali Logo
  October 22, Thu

परपुरुषसँग प्रेम-सम्बन्ध राखेको आरोपमा महिलालाई कपाल मुडेर दिसा खुवाइयो

हुम्ला। परपुरुषसँग प्रेम-सम्बन्ध राखेको आरोपमा हुम्लामा एक महिलालाई भिडले कानुन हातमा लिएर दिसा खुवाएको छ । सिमकोट गाउँपालिकानिवासी २३ वर्षीया महिलालाई मोसो र जुत्ताको माला लगाएर गाउँ घुमाइएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – परपुरुषसँग सम्बन्ध राखेको आरोप पुष्टि गरी कानुनी बाटो अपनाउनुको सट्टा उनका श्रीमान् र गाउँलेले जंगली कानुन प्रस्तुत गरेका छन् । उनीसँग सम्बन्धमा भएका भनिएका पुरुषलाई सोधपुछ पनि नगरी महिलालाई निर्घात कुटपिट गरिएको छ ।

शुक्रबार बिहान ८ बजेदेखि कुटपिट भएको उनले बताएकी छिन् । ‘मान्छेहरू जम्मा भएर दिसा खुवाए, त्यसपछि मेरो कपाल मुण्डन गरे,’ उनले भनिन्, ‘कपाल मुडिदिएपछि टाउकोमा कपडा बेरेर बसेकी थिएँ, फेरि सबैले मोसो लगाए, हातखुट्टा बाँधेर कुटपिट गरे ।’

गाउँबाट फुत्किएर उनी जिल्ला प्रहरी कार्यालय आइपुगेकी छिन् । गाउँले सबै आएर कुट्दा आफ्नो ज्यानभन्दा पनि आफ्नैअघि रोइरहेका दुई वर्षकी छोरी र चार वर्षको छोराको निकै माया लागेको उनले बताइन् । ‘जुत्ताको माला लगाएर गाउँभर डुलाए, मेरा छोराछोरी चिच्याइचिच्याई रोइरहेका थिए, मलाई आफ्नो पीडाभन्दा पनि छोराछोरीको मनले रुवाइरहेको छ,’ उनले भनिन् ।

कुटपिट गर्ने श्रीमानसहित आठ जनालाई जिल्ला प्रहरी कार्यालय हुम्लाले पक्राउ गरी ल्याएको छ । घटना छानबिन गरी कारबाही हुने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । ‘महिलाको दोष हो भने श्रीमान्ले उजुरी दिन सक्छन्, कानुनी उपचार खोज्न सक्छन् ।

तर, कुटपिट गर्ने, मोसो लगाउने, दिसा खुवाउने र कपाल मुण्डन गर्ने अमानवीय काम भएको छ,’ जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी सूर्यप्रकाश सुवेदीले भने, ‘यो विषयमा विस्तृत अनुसन्धान सुरु भएको छ, दोषीलाई कारबाही हुन्छ ।’

अशोज १७ गते, २०७७ - ०७:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य सुरक्षाका लागि बसभित्र मौन बसौं

काठमाडौं । सरकारको आग्रहलाई बेवास्ता गरी दसैं मनाउन बस चढेर घर जाँदै हुनुहुन्छ ? त्यसो हो भने स्वास्थ्य...   

निर्मला हत्या प्रकरणः पुराना फाइल पल्टाउँदै प्रहरी

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले...   

खाद्य कम्पनीमा खसीबोका किन्नेको भीड

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसीबोका किन्ने सर्वसाधारणको भीड लागेपछि कम्पनीले...   
दुई प्रहरीको हत्याले आशंका

दुई प्रहरीको हत्याले आशंका

धनगढी। कैलालीमा तस्करी रोक्न खोज्दा प्रहरीका असइ गोविन्द विक र जवान रामबहादुर साउद मारिएको घटनाले...   

कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने: बागमती प्रदेश सरकार

हेटौंडा । बागमती प्रदेश सरकारले सबै कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ । आजको अन्नपूर्ण...   

बडादसैंको आज छैटौं दिनमा कात्यायनी देवीको पूजा गरिँदै

काठमाडाैँ । हिन्दुहरूकाे महान चाड बडादसैंकाे आज छैटौं दिन कात्यायनी भगवतीको पूजा तथा अर्चना गरी मनाइदैँ...   

रेडपाण्डाको छालासहित चार पक्राउ

दैलेख । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नौमुले गाउँपालिका–२...   

सेयर लगानीकर्ताको ‘बायोमेट्रिक’ विवरण नराखिने

प्रणाली विकासमा निजी क्षेत्र प्रवेश गराउनबाट पनि पछि हट्यो बोर्ड काठमाडौं । सेयर लगानीकर्ताको दशवटै...   

कालापानीबारे नेपाल अरूको इसारामा बोल्यो भन्ने भारतीय सेना प्रमुख नरवणे १८ कात्तिकमा आउँदै

काठमाडौं । नेपाली भूमि मिचेर भारतले बनाएको सडकको नेपालमा तीव्र भएपछि त्यसलाई चिनियाँ इसारामा भएको...   
कुख्यात वन्यजन्तु तस्कर निटुपविरुद्ध रेड नोटिस

कुख्यात वन्यजन्तु तस्कर निटुपविरुद्ध रेड नोटिस

काठमाडौं । नेपालबाट संगठित रूपमा वन्यजन्तुसम्बन्धी अपराधमा संलग्न ‘मोस्ट वान्टेड’ निटुप लामाविरुद्ध...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top