Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

डेढ महिनामा दुई हजार चार सय ५९ युनिट रगत सङ्कलन

कास्की। गण्डकी र धौलागिरि क्षेत्रअन्तर्गतका विभिन्न जिल्लामा क्रियाशील लायन्स क्लबको सक्रियतामा डेढ महिनाको अवधिमा दुई हजार ४५९ युनिट रगत सङ्कलन भएको छ ।

कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा भएको बन्दाबन्दीले रक्त सञ्चार केन्द्रमा रगतको अभाव भएपछि यस क्षेत्रका ५२ क्लबले रक्तदान कार्यक्रमलाई तीव्रता दिँदै आएका हुन् । गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेक सबै जिल्लाका रक्त सङ्कलन केन्द्रको प्राविधिक सहयोगमा रगत सङ्कलन गरिँदै आएको लायन्स क्लब अफ ३२५ (विवान) का डिपार्टमेन्ट प्रमुख बालकृष्ण शर्माले जानकारी दिनुभयो । लायन्स क्लब अफ शान्ति स्तूपा चौतारीद्वारा आज पोखरा– १७ स्थित विरौटाचोकमा आयोजित रक्तदान कार्यक्रममा २६ युनिट रगत सङ्कलन भएको छ ।

क्षेत्रीय रक्त सञ्चार केन्द्रले सामुदायिक अस्पतालमा उपचाररत बिरामीलाई प्रतियुनिट रगत रु ५०० र निजी अस्पतालका बिरामीका लागि रु एक हजार लिने गरेको छ । जुन रकम प्रयोगशाला, प्रविधि, जनशक्तिलगायतको खर्च भएको केन्द्रले जनाएको छ । सरकारद्वारा सञ्चालन गरिएको स्वास्थ्य बीमामा रगतलाई पनि समावेश गरिनुपर्नेमा यस क्षेत्रका सर्वसाधारणले जोड दिँदै आएको छन् ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा जेसिजले कुष्ठरोग प्रभावित व्यक्तिलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिका–१५ टुटुङ्गामा रहेको पोखरा आरोग्य आश्रममा रहेका कुष्ठरोग प्रभावित वृद्धवृद्धालाई जेसिजले खाद्यान्न सहयोग गरेको हो ।

“कुष्ठरोग पनि कुनै बेला अहिलेको कोरोना भाइरसजस्तै थियो । कुष्ठरोग लागेका व्यक्तिलाई समाजमा बहिष्कार गरेसरहको अवस्था थियो । पछि औषधि बन्न थाल्यो । हामीले जेसिजकै पहलमा आश्रमको स्थापना गरेका थियाँै”, जेसिजका अध्यक्ष शिवप्रसाद सापकोटाले जानकारी दिनुभयो । नेपाल कुष्ठरोग निवारण सङ्घका अध्यक्ष नारायण शर्माले आश्रममा खाद्यान्न तथा स्वास्थ्य सामग्री आवश्यक परेको समयमा पोखरा जेसिजले मर्म बुझेर सहयोग गर्दै आएको बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies