Khabar Dabali Logo
  October 27, Tue

किसानलाई कात्तिके बाली भित्र्याउने भ्याइनभ्याई

सिमकोट । हिमाली जिल्ला हुम्लाका किसानलाई कात्तिके बाली भित्र्याउन भ्याइनभ्याई भएको छ । किसानहरू यतिबेला फागुन चैतमा लगाएको बाली कोदो, चिनो फापरलगायतका कात्तिके बाली भित्र्याउन थालेका छन् ।

वर्षको एक बाली पाक्ने हुम्लामा मुठी रोपी मानो भित्र्याउन व्यस्त छन् । असोज कात्तिकमा भित्र्याएको कात्तिके अन्नले हिउँदको छ महिना घरपरिवारको हात मुख जोड्ने गरिन्छ । हिउँद महिनामा जिल्लामा हिमपात हुने र जिल्लाका जमिनमा पूरै हिउँले सेताम्मे हुने भएकाले आजभोलि भण्डारण गरेको अन्न हिउँदमा खाने गरिन्छ ।

किसानहरू आजभोलि बिहान ४ बजे नै खेतबारीमा पुगी रातिको १० बजेसम्म काम गर्ने गरेको पाइएको छ । जिल्लामा चिसो बढेकाले समयमै अन्न नभित्र्याए तुसारोले बालीमा लागेको फल झारिदिने र सुकाइदिने भयले किसानहरू रातदिन नभनी कात्तिके बाली भित्र्याउन थालेका हुन ।

अन्न बालीसँगै हिउँदे मौसममा पशु चौपायाहरूको लागि पनि घाँस भण्डार गर्न थालिएको छ । मानिससँगै पशुको आहारा पनि भण्डारण गर्नुपर्दा किसानलाई कामको चटारो परेको हो ।

यो वर्ष हिउँदमा हिउँ ज्यादा परी खेतबारीमा भएको पातपतिङ्गर सडी गली राम्रो मल हुनुका साथै वर्षा मौसममा पनि समयसमयमा पानी पर्दा अन्नबाली राम्रो भएको स्थानीय लोग भण्डारीले बताए ।

अशोज १३ गते, २०७७ - ११:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोलमा मिसावट गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पेट्रोल पम्प सिल

कर्णाली । पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ...   

बेवारिसे सालको काठ बरामद

स्याङ्जा । चापाकोट नगरपालिका १ खोलेगाउँस्थित भित्री सडकको जंगलमा बेवारिसे अवस्थामा भेटिएको सालको...   

मृत्यु संस्कारका लागि सामुदायिक वनले दाउरा व्यवस्थापन गर्ने

टिकापुर । कैलालीको टीकापुरका सञ्जय विकका बुवाको गत साउन २५ गते निधन भयो । बुवाको निधनपछि मृत्यु संस्कारका...   

नागरिकको भीड बढ्न थालेपछि शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको...   

बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन...   

अलपत्र अवस्थामा रहेका ११ बालबालिकाको उद्धार

सिमकोट । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ । काठमाडौंको...   

मोटरसाइकलको ठक्करबाट ६९ वर्षीया थारुको मृत्यु

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको...   

भियतनाममा बाढीबाट ९० जनाको मृत्यु

हनोइ । गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको...   

चीनको अर्थतन्त्रमा तिब्र सुधार, कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता

बेइजिङ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता...   

विश्वमा कोरोना सङक्रमितको संख्या करिब ४ करोड, ११ लाख १३ हजारको मृत्यु

वासिङ्टन । विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top