Khabar Dabali Logo
  October 27, Tue

बेलायतमा कोरोना भाइरसको दोस्रो लहर आएको प्रधानमन्त्रीको भनाई

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोरोना भाइरसको दोस्रो लहर ९वेभ० आउन सक्ने भन्दै अहिलेकै अवस्थामा पनि यो लहर आइसकेको अनुभव गर्न थालिएको बताएका छन् ।

उहाँले शुक्रबार सो विषयमा सार्वजनिक जानकारी नै दिनुभएको हो । साथै उनले भनेका छन् कि अहिलेको अवस्थामा नै हामीले दोस्रो लहरको महसुस गरिसकेका छौँ र हामीलाई लाग्छ हामीले अब सामाजिक दुरी कायम गर्नुपर्ने अलिक कडा खालका प्रतिबन्धहरु पनि लगाउनुपर्ने हुनसक्छ ।

बेलायतको स्वास्थ्य तथा सामाजिक व्यवस्था मन्त्रालयले पनि यस विषयमा जानकारी दिएको छ । सो विभागले केही हप्तायताको अवस्था निकै नै नाजुक बन्दै गएको बताएको छ । सो मन्त्रालयले गएको २४ घन्टा यता यहाँ ४ हजार ३२२ जना सङ्क्रमित भेटिएको जनाएको छ । यो संख्या गएको मे महिनापछिकै एकै दिनमा देखा परेको सबैभन्दा ठूलो संख्या हो ।

यसअघि नै बेलायती वरिष्ठ चिकित्सक तथा वैज्ञानिकहरूले प्रधानमन्त्री बोरिस जोन्सनलाई यो वर्ष जाडोयाममा कोरोना भाइरसको दोस्रो लहर ९वेभ० आउन सक्ने बताएका थिए । उनीहरुले यहाँ दोस्रो पटक भाइरसको वेभ आउन सक्ने भन्दै त्यस खतरासँग जुध्नका लागि आवश्यक तयारीका साथ बस्न भनेका हालै बताइएको थियो ।

बेलायत सरकारद्वारा गठित एउटा वैज्ञानिक समितिले बेलायतमा आउँदो जाडोयाममा कोरोना भाइरस ९कोभिड–१९० का कारण स्थिति झन् भयावह हुने चेतावनी दिएको समाचारमा जनाइएको थियो ।

तर कतिपयले भने गत महिनामात्र सार्वजनिक भएको सो प्रतिवेदनको अनुमान विश्वास गर्न नसकिने खालका रहेको र यसले पहिलो सङ्क्रमण लहरबाट पहिलेको भन्दा बढी असर नगर्ने जनाएका थिए ।

प्रधानमन्त्री जोन्सनले भन्नुभएको छ यो अवस्था निकै नै खराब हो र अब यो दोस्रो पटक आएको लहरको नियन्त्रणका लागि हालको भन्दा कडा अवस्थाको प्रतिबन्धहरु लगाउनुपर्ने हुनसक्छ ।
तर बेलायतले कस्तो प्रकारको प्रतिबन्ध लगाउन सक्छ भन्ने बारेमा भने केही बताएका छैनन् ।एएनआई

अशोज ३ गते, २०७७ - १३:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मंगलबार ५७० जनामा कोरोना पुष्टि : ३ हजार १६८ डिस्चार्ज, थप १४ को मृत्यु

काठमाडौँ । मंगलबार देशैभर थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...   

संक्रमितको संख्या बढ्न थालेपछि एक घर एक पिसिआर परीक्षण

पर्वत । जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण...   

चाडपर्वले चलायमान बनाएको अर्थतन्त्र

धनुषा । दशैं, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ । दशैं सकिन लागेको र...   
पूर्वपश्चिम राजमार्गका अधिकांश पक्की पुल जीर्ण : दुर्घटनाको उच्च जोखिम

पूर्वपश्चिम राजमार्गका अधिकांश पक्की पुल जीर्ण : दुर्घटनाको उच्च जोखिम

महोत्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन्...   
कोरोना संक्रमणबाट संविधानसभाका पूर्वसदस्य चौधरीको मृत्यु

कोरोना संक्रमणबाट संविधानसभाका पूर्वसदस्य चौधरीको मृत्यु

धरान । संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट आज निधन भएको पुष्टि भएको छ । सप्तरी,...   

दशैँका मुख्य दिनमा पनि रोकिएन निःशुल्क गुर्जो वितरण अभियान

काठमाडौं । नेपालीको महान् चाड वडादशैँका बेला पनि कोरोना भाइरसबाट सङ्क्रमितलाई गुर्जोको बिरुवा, चिया...   

बुटवलको कोरोना अस्पतालमा थप दुई संक्रमितको मृत्यु

काठमाडौँ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको...   

दाङको ४५ वर्षीय कुमार विक खुट्टा छिनिएका अवस्थामा फेला

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक बाँया खुट्टा छिनिएको अवस्थामा...   

नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं । आश्विन शुक्ल एकादशीका दिन पनि आज मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ ।...   

कोरोना महामारीका कारण लगाएनन् कैदीबन्दीले टीका

कास्की । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष कास्कीमा कैदीबन्दीले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top