Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

उद्यमी बन्न चाहनेलाई एक प्रतिशतमा कर्जा

सिन्धुपाल्चोक । लिसँखुपाखर गाउँपालिकाले उधमशील बन्न चाहने बेरोजगार तथा विपन्न नागरिकलाई १ प्रतिशत ब्याजदरमा सहुलियत उद्यमव्यवसाय कर्जा प्रदान गर्ने भएको छ । उद्यमीले आर्थिक शसक्तिकरणमार्फत गाउँपालिकालाई कृषि, पशुपंक्षीपालन तथा लघु, घरेलु उद्योगजन्य उत्पादनलगायत निर्यातयोग्य सामग्री गाउँपालिकामा उत्पादन गरी समग्र गाउँपालिकाकोे आर्थिक सामाजिक विकासमा टेवा पुर्याउन लिसँखुपाखर गाउँपालिका र नेपाल बैँक केन्द्रीय कार्यालयबीच यही मङ्गलबार सम्झौता गरेको छ ।

गाउँपालिका र बैंकबीच सम्झौताले गाउँवासीमा खुशी छाएको छ । व्यावसायिक हुने आँट भएका तर आर्थिक अभावमा भौतारीएका लिसँखुपाखरका स्थानीयका लागि साह्रै सुखद् खबर भएको गाउँपालिका अध्यक्ष कमल नेपालले बताए । पालिकाभित्र हरेक वडाका लक्षित नागरिकमध्ये अति आवश्यक र गर्न सक्ने दुवै विषय समेटेर काम अगाडि बढाइने नेपालले बताए ।

पालीकाका कोही पनि नागरिक बेरोजगार रहन नपरोस्, सबैले रोजगार पाउँन् र सबै आत्मनिर्भर बन्न सकुन् भन्दै गत वर्षदेखि यस्तो कार्यक्रमको शुरुआत गरिएको गाउँपालिकाले जनाएको छ । आर्थिक अभावले गर्दा उद्योग व्यवसाय गर्नबाट बञ्चित भएका युवाका लागि गाउँपालिकाले राम्रो कार्यको थालनी गरेको प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताए । यो कार्यक्रमले खेती किसान र पशुपालकलाई समेत धेरै सहज भएको दुलालले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies