Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

भक्तपुरमा एकै परिवारका तीन जनाको आफ्नै घरमा रहस्यमय मृत्यु

भक्तपुर । भक्तपुरमा एकै परिवारका तीन जना सदस्यको आफ्नै घरमा शव भेटिएको छ । शुक्रबार घरको पहिलो तलामा छोराको, दोस्रोमा आमा र तेस्रोमा बुबाको शव भेटिएको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ निकोसेरामा ३६ वर्षीय सुदीप अधिकारी र उनकी पत्नी ३४ वर्षीया सम्झना र छोरा १५ वर्षीय सुशान्त मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार सुदीपको तेस्रो तलामा, सम्झताको दोस्रो तलामा र सुशान्तको पहिलो तलामा शव भेटिएको छ ।

सम्झना र सुशान्तको खाटमा तथा सुदीपको किचनको छेउमा शव भेटिएको ठिमी वृत्तका डिएसपी ऋषिराम कँडेलले बताए । घरमा रहेको कुकुर पनि मरेको अवस्थामा भेटिएको छ ।

उनीहरूले घरमै किनारा पसल चलाउँदै आएका थिए । सुदीपका भाइ शुक्रबार घरमा कोही नभएको र पुग्दा भित्रबाट गनाएपछि शंका लागेर उनले प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानमा हत्या भएकै देखिएको प्रहरीले जनाएको छ । सम्झना र सुशान्तको धारिलो हतियार प्रयोग गरी हत्या गरिएज स्तो देखिएको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए । सुदीपको शवमा भने चोट पटक देखिएको छैन ।

प्रहरीले घटनाको मुख्यगरी दुई कोणबाट अघि बढाएको छ । ‘पहिलो भनेको कोही बाहिरी व्यक्ति आएर सबैको हत्या गरेको हुन सक्छ,’ घटनास्थल पुगेका अपराध महाशाखाका एक प्रहरी अधिकृतले भने, ‘दोस्रो भनेको सुदीपले दुई जनाको हत्या गरेर आत्महत्या गरेको हो कि जस्तो पनि देखिन्छ, विस्तृत अनुसन्धान नगरी केही भन्न सकिन्न ।’

तीनै जनाको शव फरेन्सिक विज्ञसहितको टोलीले उठाएर पोस्मार्टमका लागि काठमाडौं मेडिकल कलेज पुर्‍याएको छ । पोस्टमार्टम रिपोर्टले उनीहरूको मृत्युको कारण खुल्ने प्रहरी अधिकारीले बताए ।

उनीहरूको मृत्यु करिब एक साताअघि नै भएजस्तो देखिएको प्रहरीले जनाएको छ । अधिकारी परिवार गत वर्ष मात्र त्यहाँ नयाँ घर बनाएर सरेको समेत उनका आफन्तले बताएका छन् । त्यसअघि उनीहरू मध्यपुरठिमी–६ मा बस्थे ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies