Khabar Dabali Logo
  January 22, Fri

पोखरामा प्लाज्मा थेरापीबाट सङ्क्रमितको उपचार गरिने

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्लाज्मा थेरापी विधिबाट कोभिड–१९ का सङ्क्रमितको उपचार गर्ने भएको छ । प्रतिष्ठानका निर्देशक सहप्राडा अर्जुन आचार्यले प्लाज्मा थेरापीबाट उपचारका लागि निको भएका सङ्क्रमितलाई रक्तदान गर्न आग्रह गरेका छन । रक्तदान गर्न इच्छुकले प्रतिष्ठान परिसरभित्र रहेको रक्त सञ्चार केन्द्रमा उपस्थित भएर रक्तदान गर्न सक्नेछन् । डा। आचार्यका अनुसार यो विधिको लागि सङ्क्रमितले आफ्नो रिर्पोट नेगेटिभ आएको दुई हप्तामा रक्तदान गर्न सक्नेछन् । यस विधिबाट उपचार गर्दा सङ्क्रमित छिटो निको हुन्छन् ।

त्यसैगरी कोरोना सङ्क्रमितका लागि बनेको रेम्डिसिभर भ्याक्सिन पनि प्रयोग गरीएको डा। आचार्यले जानकारी दिए । “हामीले दुई सङ्क्रमितमा यो भ्याक्सिन प्रयोग गरिसकेका छौँ, अरु भ्याक्सिन पनि मगाएका छौँ”, आचार्यले भने । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशममा हालसम्म दुई हजार ७४७ पुगेको छ ।

शुक्रबार १७ जना नयाँ सङ्क्रमित थपिएका छन् । एकहजार ८१४ जना निको भइसकेका छन् । यस प्रदेशमा ९११ जना सक्रिय सङ्क्रमित छन् । कोरोनाका कारण प्रदेशमा हालसम्म २२ जनाको मृत्यु भएको छ ।

भदौ २६ गते, २०७७ - १४:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्रम्प विरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लीकनको आग्रह

वासिङट्न । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति...   

व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित

वाग्मती । मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् ।...   

कृषकलाई एक लाख जडीबुटीको बिरुवा वितरण गरिने

भोजपुर । नाङ्गा डाँडापाखालाई हरियालीसँगै आयमूलक बनाउनका लागि एक लाख जडीबुटीको बिरुवा वितरण गरिने...   

भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु...   

श्रीलङ्काद्धारा कोरोनाका कारण बन्द सीमा सबै देशका लागि खुला

कोलम्बो । श्रीलङ्काले कोभिड १९को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै...   

भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा

चितवन । राजधानीबाहिरका १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग...   

डेढ वर्षीय बालकको डुबेर मृत्यु

रौतहट । दुर्गाभगवती नगरपालिका १ कोईरी टोल बस्ने अनन्त महतोको डेढ वर्षीय छोरा छपुकुमार महतोको घर अगाडि...   

आफ्नै आमाको हत्या गरेको अभियोगमा ३३ वर्षीय प्रेम पक्राउ

तनहुँ । आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका ११ दरैपधेरो बस्ने...   
शुक्लाफाँटाका काउलीले बजारमा मूल्य पाएन

शुक्लाफाँटाका काउलीले बजारमा मूल्य पाएन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा...   
नेपालमै चिनिँदैन अर्थोडक्स चिया

नेपालमै चिनिँदैन अर्थोडक्स चिया

इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top