Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

चितवनमा काेराेना सङ्क्रमणको भन्दा समाजको त्रास बढी भयो

चितवन । कोरोना भाइरस सङ्क्रमित र उनीहरुको परिवारलाई हेयको दृष्टिकोणले हेर्नु हुँदैन भन्ने समाचार दिनहुँ आइरहेका छन् । सामाजिक सञ्जालमा पनि यस्ता कार्यहरुको व्यापक आलोचना हुने गरेको छ । तर पनि मानिसको व्यवहारमा सुधार आउन सकेको छैन । कोरोना भाइरसको सङ्क्रमण समुदायसम्म नै पुगेको छ तर सङ्क्रमित र उनीहरुको परिवारलाई माया र आवश्यक सहयोग गरौँ भन्ने सकारात्मक सन्देशले भने समुदायमा प्रवेश पाउन सकेको छैन ।

शिक्षित र सम्भ्रान्त समुदाय बसोबास गर्ने समाजमा नै सङ्क्रमितका परिवार पीडित बन्नुपर्ने अवस्था झन् बढ्दै गएको छ । चितवन जिल्ला शिक्षा र स्वास्थ्यका दृष्टिकोणले तराई तथा मधेशका अरु जिल्लाहरुका तुलनामा अगाडि रहेको मानिन्छ । यही जिल्लाका मुख्य शहरी क्षेत्रमा बसोबास गर्ने शिक्षित भनिएको बर्गबाट नै कोरोना भाइरस सङ्क्रमितका परिवारहरु पीडित बन्नुपरेको तीतो यथार्थ यहाँ अहिले पनि कायमै छ ।

पत्रकार वसन्त ढुङ्गानाका दाजुलाई सङ्क्रण देखिएपछि उहाँ २४ दिनसम्म दाजुसँगै घरमै बसे । उनीहरुको घर भरतपुर महानगरपालिका वडा नं।८ लालिगुराँस चोकमा छ । उनीहरुको यो २४ दिनको समय पूरै तनावमा बित्यो । दाजुलाई सङ्क्रमण भयो, भाउजू छोराछोरी र उहाँलाई सङ्क्रमण भएन ।

दाजुको सङ्क्रमणको अवधिभर परिवार पूरै मानसिक तनावमा रहनु प¥यो । उनले दुखेसो गरे, “दाजुलाई लक्षण नदेखिएकाले रोगका कारणले नभएर समाजका कारणले हामीलाई तनाव सिर्जना भयो ।” उनका अनुसार घरमा बाहिरबाट तयारी खाना कसैले ल्याइदिँदै गर्दा स्थानीयले प्रहरीलाई खबर गथ्र्यो । केही छिनमा प्रहरी आइपुग्थे । उनले भने, “मानौँ कि हाम्रो घर कुनै अपराधीको घरजस्तो भयो ।” उनले अगाडि थपे, “कहिलेकाहीँ त यस्तो ठाउँमा किन घर बनाइएछ भने जस्तो पनि भयो, निकै पछुतो लाग्यो ।”

स्थानीयले जानेर नभएर नबुझेर त्यसो गरेको भन्ने सोचेर आफूहरुले चित्त बुझाउने गरेको उनले बताए। गएको साउन २६ गते सङ्क्रमण देखिएपछि दाजुलाई सङ्क्रमणमुक्त हुन लामो समय लागेको ढुङ्गानाले जानकारी दिए। जिल्ला अदालत चितवन बार एशोसिएशनका अध्यक्ष कमल पाठककी १०९ वर्षीया मावली हजुरआमाको कोरोना सङ्क्रमणका कारण मृत्यु भयो । उनको स्याहारमा जुटेका पाँच जना सानीआमा, एक नातिनी र एक नातिनी ज्वाइँमा पनि सङ्क्रमण देखियो । पाठकको एकजना सानीआमा अहिले पनि भरतपुर अस्पतालका सघन उपचार कक्षमा उपचाररत छन् ।

खैरहनी नगरपालिका वडा नं ३ का स्थायी वासिन्दा पाठकको भनाइअनुसार त्यसपछि त्यहाँ जोडिएका ६१ सदस्य १८ दिनसम्म क्वारेन्टिनमा बस्नुप¥यो । परिवारले भोगेको पीडा यहाँ भनेर व्याख्या गर्न नसकिने उहाँको अनुभव छ । पाठकले भने, “क्वारेन्टिनको अवधि पार गरेर पिसिआर नेटेटिभ आउँदा पनि अहिले पनि समाजमा घुलमिल हुन नदिएको उनको गुनासो छ । उहाँले गुनासो गरे, “म नजिक गएँ भने कतिपय बसिरहेका मानिस उठेर हिँड्छन् ।”

सानीआमालाई अस्पतालमा भएको गाह्रो आफैँमा पीडादायी भएको उनी बताउछन् । सघन उपचार कक्ष बाहिरबाट बिरामी हेर्दै गर्दा मन भक्कानिने गरेको उहाँको गुनासो छ । अक्सिजन फाल्ने, शैयाबाट भुईंमा झर्ने जस्ता समस्या हुने गरेको भए पनि डर र त्रासका कारण त्यस्ता बिरामीले उपचार राम्रोसँग पाउन नसकेको उनले बताए।

सङ्क्रमितमध्येकै अन्य बिरामीले सक्नेले नसक्नेलाई सेवा गरिरहेको उनले बताउछन् । पाठकले भने, “आफन्त गुमाउँदाको पीडा, बिरामीको पीडा त छँदैछ, समाजले दिने पीडा झन् ठूलो बनेको छ ।” उनले सुरक्षा मापदण्ड र भौतिक दूरी कायम गर्दै उनीहरुलाई दुःखमा सहानुभूति दिन आउनेहरुलाई समेत समाजले नराम्रो नजरले हेर्ने गरेको देख्दा झनै नरमाइलो लाग्ने गरेको सुनाए ।

भरतपुर महानगरपालिका वडा नं। २ निवासी अमिर रामदामको एकाघरमा बस्ने काकाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । सँगै बस्नु भएका ७४ वर्षीय हजुरबुबा सङ्क्रमित छन् । उनले गुनासो गरे, “हामीले यतिबेला एक्लो महसुस गरेका छौँ ।” कतिपय साथीभाइले टेलिफोन गर्दा समेत कोरोना सर्ला जस्तो गरेको उनको भनाइ छ । सीमित सम्पर्कमा आएकाहरुबाट रासन पानी मगाएर गुजारा चलाउने गरेको रामदामको दुखेसो छ । उनले भने, “दुःखका बेला समाजले सहयोग गर्ला भन्ने आशा थियो, तर निराश भइयो ।”

नेपाल पत्रकार महासङ्घ चितवनका सदस्यसमेत रहेका रामदामले समाजलाई बुझाउन नसक्दाका कारण समस्या आउने गरेको बताए । उनले भने, “समाजले अझै पनि रोग कसरी सर्छ भन्ने राम्रोसँग बुझेको छैन ।” कोरोनालाई जितेर काम थाल्नुभएका भरतपुर अस्पतालका प्रसूति रोग विशेषज्ञ डा सुनिलमणि पोखरेल सङ्क्रमण देखिँदै गर्दा परिवारलाई निकै पीडा भएको आफूले भोगेको बताउछन् । रोगका बारेमा बुझिनसकेकै कारण समाजमा धेरै त्रास रहेको उनको भनाई छ । शुरुका दिनहरुमा एचआइभी एड्स सङ्क्रमितलाई जुन रुपमा हे¥यो, अहिले त्यही ढङ्गबाट कोरोना सङ्क्रमितलाई हेर्ने गरेको उनको बुझाई छ । मनोबललाई उच्च राख्न सकेमा रोगलाई परास्त गर्न सकिने बताउँदै उनले भने, “समाजलाई बुझाउन सकेमा समाजबाट हुने पीडा कम गर्न सकिन्छ ।”

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीको सङ्क्रमणपछि उनीसँगै काम गरेका अस्पतालका चिकित्सक तथा कर्मचारी, बैठकमा सहभागी जिल्लाका जनप्रतिनिधि, उच्च पदस्थ व्यक्ति, परिवारमा समेत सङ्क्रमणको आशङ्का भयो । परिवारसँग छुट्टिएर काठमाडौँबाट चितवन आएसँगै उहाँमा सङ्क्रमण देखिएको थियो । उहाँकी श्रीमती शीला तिवारी शुरुका दिनमा निकै पीडा महसुस भएको बताउछन् । तिवारीमा लक्षणसमेत देखिएकाले केही भइहाल्छ कि भन्ने आफूमा चिन्ता भएको उनको अनुभव छ ।

विश्वभरको तथ्याङ्कलाई हेर्दा ४० देखि ६० वर्षका बढी प्रभावित भएको, विश्वभरका मानिस डराएका, ठाउँठाउँमा लकडाउन र निषेधाज्ञा गरिएको, सामाजिक सञ्जाल र समाचारहरुमा कोरोनाकै बारेमा आइरहँदा र आफ्नै घरको मुख्य मानिसलाई सङ्क्रमण देखिँदा पीडा महसुस भएको उहाँको अनुभव सुनाए । आफू पनि स्वास्थ्य क्षेत्रमा काम गर्ने भएको र क्रमशः लक्षण हराउँदै जाँदा पीडा पनि कम हुँदै गएको उनले बताए । डा तिवारीका श्रीमती र छोराछोरी काठमाडौँ छन् भने बुबाआमा चितवनकै घरमा छन् । तर परिवारका कसैलाई पनि सर्न पाएन । उनले भने, “सङ्क्रमण भएकाले आत्मबल बलियो बनाउने र समाज र परिवारले प्रोत्साहन दिन सकेमा कोरोनालाई परास्त गर्न सहयोग पुग्छ ।”

कोरोना सङ्क्रमित भएर आइसोलेसनमा रहेका पत्रकार रमेश बस्ताकोटीकी श्रीमती सिर्जना कण्डेलले कोरोना सङ्क्रमित र उनीहरुका परिवारलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसक्दा यसले सङ्क्रमितको मनोबल झन् घट्दै गएको बताए । उनले भने, “समाजमा अझै चेतनाको स्तर विकास हुन सकेको छैन, कोरोना सङ्क्रमितको परिवारलाई हेय भावले हेर्ने र उनीहरुलाई समाजमा नै एक किसीमले बहिष्कार नै गर्ने प्रवृत्ति देखिएको छ । यो सबैभन्दा खतरानक हो ।”

आफ्नो श्रीमान् कर्तव्यपालना र कामकै सिलसिलामा सङ्क्रमित भएको भन्दै उनले समाजले गर्ने व्यवहारबाट जोसुकै सङ्क्रमितका परिवार पनि हतास भएको बताए । “सङ्क्रमितको परिवारसँग बोल्दैमा, उनीहरुको घरको बाटो हिँड्दैमा कोरोना सर्ला भन्ने मनोबिज्ञानबाट मानिसहरु ग्रसित छन् ।” मानिसको यस्ता त्रास हटाउन जरुरी रहेको उनले भने । उनले श्रीमान् सङ्क्रमित भएपछि आफू र छोरी पनि सात दिनसम्म घरभित्रै बसेको स्मरण गर्दै समाजका प्रबुद्ध भनिएका व्यक्तिहरु समेत यस विषयमा जानकार नभएजस्तो व्यवहार गर्दा आफू अचम्मित भएको गुनासो गरे । कण्डेलले समाजले सङ्क्रमित र उनीहरुका परिवारलाई हौसला मात्र दिने हो भने पनि आधा रोग त्यसै निको हुने बताए । उनको सुझाव छ, “एकापसमा सद्भाव कायम गर्नुपर्छ, एकले अर्कोलाई सहयोग गर्नुपर्छ अनि मात्र कोरोनासँगको लडाई जितिन्छ ।”

भरतपुर महानगरपालिका वडा नं २ क्षेत्रपुरका वसन्त पराजुलीको अनुभव भने फरक छ । उनले समाजबाट सकारात्मक सहयोग पाएको प्रतिक्रिया दिए । उनको घरको भूई तलामा भाडामा रहेका तीन जनामा सङ्क्रमण देखिएपछि पराजुली परिवार पनि घरमै सुरक्षित बसिरहेको छ । पिसिआर रिपोर्ट नआउँदासम्म आवश्यक सामग्री छरछिमेकीले घरको गेटसम्म ल्याइदिएर सहयोग पु¥याएको उनको अनुभव छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी सावधानी सबैले अपनाउनु पर्ने तर त्रसित् हुन नपर्ने बताउछन् । तिवारीका अनुसार सङ्क्रमितले ह्याछ्यु गर्दा, खोक्दा निस्कने छिटाबाट रोग सर्ने हुँदा दुई मिटरको दूरी कायम गरेर मास्क लगाएर, समय समयमा साबुन पानीले हात धोएमा रोग सर्नबाट बच्न सकिन्छ । सामान्य लक्षण र लक्षण नभएका घरमै सुरक्षित तरिकाले राख्न सकिने भएकाले टोल, समुदाय आत्तिनु नपर्ने उनको भनाइ छ । उनले भने, “सङ्क्रमितलाई प्रोत्साहन दिऔँ, हतोत्साहित नबनाऔँ ।” टाढाबाट र हावाबाट रोग नसर्ने भएकाले त्रसित हुन नपर्ने उनले जानकारी दिए। घरमै रहेका सङ्क्रमितलाई समय समयमा ध्यान दिने, कपडा र प्रयोग भएका वस्तुहरु सर्फ पानी, क्लोरिनले सफा गर्ने गरेमा रोग अरुलाई सर्नबाट बचाउन सकिने उनको भनाई छ ।

घरमा बसेका सङ्क्रमित छिटो निको हुने गरेको तथ्याङ्क पनि उनमा छ । उनले भने, “सङ्क्रमिलाई अपमानित गर्नु हुँदैन ।” सङ्क्रमितको मृत शरीरबाट अरुमा सङ्क्रमण सर्ने सम्भावना ज्यादै न्यून हुने उनले बताए । उनले भने, “मृतक व्यक्ति र तिनका परिवारलाई हेयको दृष्टिकोणले हेर्नु हुँदैन ।” शव व्यवस्थापन गर्न परिवारले चाहेमा उच्च सावधानी अपनाएर गर्न सकिने उनको राय छ । उनले थपे, “अहिले ठाउँठाउँमा क्रिया बसेकाहरुलाई फरक व्यवहार गरेको सुनिएको छ, त्यो राम्रो होइन ।” मलामी गएकाहरुमा शवबाट नभएर मलामी मलामीबीचको सम्पर्कबाट रोग सर्ने गरेको उनले बताए । उनले भने, “मलामीमध्ये एउटा सङ्क्रमित हुँदा अरुलाई सर्ने गरेको छ । यस्तो अवस्थामा सावधानी अपनाउनु पर्छ ।”

कोरोना सङ्क्रमित र सङ्क्रमितको परिवारलाई सुरक्षा सावधानी अपनाउँदै आवश्यक सहयोग र प्रोत्साहन गर्नेतर्फ सबै लाग्न आवश्यक छ । हालसम्म चितवनमा कोरोना भाइरसबाट १ हजार ५२ जना सङ्क्रमित भएका छन् । तीमध्ये २५३ जना निको भएर घर फर्र्किएका छन् भने ७८७ जना उपचाररत या आइसोलेसनमा छन् । यस जिल्लामा मात्र १२ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । तर विभिन्न जिल्लाबाट उपचार गराउन आएकासमेत गरी हालसम्म चितवनमा २२ जना सङ्क्रमितको मृत्यु भएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies