Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अव्यवस्थित विद्युतीकरणले भौतिक र मानवीय जोखिम बढ्दै

डोटी । अव्यवस्थित विद्युतीकरणका कारण जिल्लामा भौतिक र मानवीय जोखिम बढ्दै गएको छ ।

विद्युत् विस्तारका लागि तानिएका अव्यवस्थित तथा नाङ्गो तारका कारण भौतिक र मानवीय जोखिम बढ्दै गएको हो । जथाभावी तानिएका विद्युत्का नाङ्गो तारमध्ये कतै अग्लो रुखमा त कतै घरको छतमा टाँसिएका कारण कुनैबेला पनि करेन्ट लाग्न तथा आगलागी हुनसक्ने उच्च सम्भावना भएकाले स्थानीयवासीमा त्रास फैलिएको छ ।

जिल्लाको शिखर नगरपालिका, आदर्श गाउँपालिका, केआइसिंह गाउँपालिका, दीपायल सिलगढी नगरपालिकाका विभिन्न वडामा गरिएको विद्युत् विस्तारका लाइन लामो समयदेखि व्यवस्थित गरिएको छैन । अग्लो रुखमा टाँसिएका विद्युत्का नाङ्गो तारका कारण सामान्य पानी पर्दासमेत करेन्ट प्रवाह हुने तथा विद्युत्को फ्यूज उड्ने र विद्युत् सञ्चालन बन्द हुने गरेको दीपायल सिलगढी नगरपालिका–४ गैराका स्थानीयवासी कैलाश विकले बताउनुभयो । उनले भने, “गाउँमा विस्तार भएका विद्युत्का तार नाङ्गो र रुख छोएर गएका छन्, पानी पर्दा रुखमा करेन्ट प्रवाह हुन्छ, समय समयमा तार छुइने हुँदा फ्यूज उडेर घण्टौँसम्म लाइनसमेत जाने गरेको छ, खतरा बढेको छ ।” यसरी अव्यवस्थितरुपमा तानिएका तारले नागरिकको सुरक्षा जोखिम बढाएको भन्दै पटकपटक विद्युत् कार्यालयमा जानकारी दिँदासमेत तार व्यवस्थापनका लागि कुनै पहल नगरिएको स्थानीयवासीको आरोप छ ।

अव्यवस्थित तथा नाङ्गो तारका कारण जिल्लाको सबैभन्दा बढी दीपायल सिलगढी नगरपालिकाको हलिखोला, गैरा, कुमालीकोट, सुनगढा, पिपल्ला, घट्टेखोला, आदर्श गाउँपालिकाको बाझककानी, भुँण, मौवानगरदह, चासी, केआइसिंह गाउँपालिकाको काफली, रानागाउँ, दल्ल, चन्केसैन, पलेडी, कुलाऊ, छाती, वायल तथा खिशर नगरपालिकाको आली अतुराली, मुडेगाउँ, कपल्लेकी, खुडखुडा र सुर्खाललगायतका स्थानमा बढी जोखिम बढेको स्थानीयवासी बताउँछन् ।

जथाभावी विद्युत्का तार तानेका कारण यहाँका दर्जनौँ गाउँका नागरिकको सुरक्षा जोखिम बढाएको शिखर नगरपािलका–३ का स्थानीयवासी तेजबहादुर बोगटीले बताए । उनले भने, “वर्षौं पहिले विद्युत् विस्तार गर्ने क्रममा आलो रुखलाई विद्युत् पोल बनाएर तार तानिएको छ, जति बेला पनि घटना हुनसक्ने भएकाले सुरक्षा जोखिम बढेको हो ।” अव्यवस्थित तानिएका विद्युत् तारका कारण जिल्लामा विगत चार वर्षको अवधिमा करेन्ट लागेर १२ जनाको ज्यान गइसकेको छ ।

जिल्लामा अव्यवस्थितरुपमा तानिएका तारका कारण विद्युत् अनियमित हुने, ट्रान्सफर्मर सर्ट हुने, बत्ती डिम जल्नेलगायतका समस्या हुँदै आएको दीपायल सिलगढी नगरपालिका–४ का स्थानीयवासी शैलेन्द्र शाहले बताए । उनले भने, “अव्यवस्थित तारका कारण बत्ती आउने जाने समस्या हुँदै छ, कार्यालयको लापरवाहीले कहिले घटना हुन्छ थाहा छैन ।” डोटी विद्युत् वितरण केन्द्र दीपायलका प्रमुख कपिलदेव जोशीले अव्यवस्थित तथा रुखमा पोल बनाई विद्युत् विस्तार गरिएका ठाउँमा नयाँ पोल गाडेर विद्युत् विस्तार गरिने बताए । उनले भने, “म कार्यालय प्रमुख भएर आउनुभन्दा पहिले यसरी विद्युत् विस्तार गरिएको रहेछ, अहिले जानकारी पाएँ, अब छिट्टै ती ठाउँमा फलामे पोल गाडेर विद्युत् विस्तार गर्ने र्छौं ।”

गाउँमा मात्रै नभएर यहाँका प्रमुख बजार दीपायल, पिपल्ला, राजपुर तथा जिल्ला सदरमुकाम सिलगढीमा समेत अव्यवस्थित विद्युत् तार विस्तार गरिएका कारण समस्या हुँदै आएको छ । बजेट अभावका कारण बजारमा विस्तार गरिएका तारको उचित व्यवस्थापन गर्न नसकिएको डोटी विद्युत् वितरण केन्द्र दीपायलले जनाएको छ । अव्यवस्थित विद्युत् विस्तारका कारण जिल्लामा कयौँ पटक आगलागीसमेत भएको छ । विद्युत् सवस्टेशनको कार्यालय पिपल्लामा समेत अव्यवस्थित विद्युत् विस्तार तथा नाङ्गो तार छोडिएका कारण विसं २०७१ मा आगलागी हुँदा करोडौँका उपकरण जलेर खरानी भएका थिए । आगलागीपछि अहिले उक्त कार्यालयमा अन्डरग्राउण्ड तार विस्तार गरिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies