


११ महिनापछि आकस्मिक शल्यक्रिया सेवा शुरु


-
-
भदौ २३ गते, २०७७ - १२:०८

गोरखा । ग्रामीण क्षेत्रमा रहेको यहाँको सबैभन्दा पुरानो आँपपिपल अस्पतालमा आकस्मिक शल्यक्रिया सेवा शुरुआत भएको छ । विशेषज्ञ चिकित्सकको अभावमा बन्द भएका सबै प्रकारका आकस्मिक शल्यक्रिया सेवा सोमबारदेखि पुनः शुरु भएको अस्पतालका प्रशासकीय अधिकृत बाबुराम गिरीले जानकारी दिए ।
“गएको करिब ११ महिनादेखि विशेषज्ञ चिकित्सक नहुँदा सामान्य शल्यक्रिया गर्नुपर्ने बिरामीलाई समेत अस्पतालबाट बाहिर रिफर गर्नुपर्ने बाध्यता रहँदै आएको थियो”, उनले भने, “अब बिरामीले यहीँ नै सेवा पाउनु हुने भएको छ ।” उनले आकस्मिकरुपमा आइपर्ने एपेन्डिसाइटिसका शल्यक्रिया, सिएस लगायतका अन्य शल्यक्रिया सेवा अस्पतालबाट नियमितरुपमा उपलब्ध हुने बताए । अस्पतालमा विशेषज्ञ चिकित्सक आएसँगै यस्ता खालका सेवा दिन शुरु गरिएको प्रशासकीय अधिकृत गिरीको भनाइ छ ।
गत असोजमा अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक शितिजचन्द्र पौडेलले छोड्नुभएपछि नै अस्पतालमा सबै खालका आकस्मिक शल्यक्रिया सेवा रोकिएको थियो । “ चिकित्सक पौडेल नहुँदा कहिलेकाहीँ बाहिरबाट विशेषज्ञ चिकित्सक ल्याएर शल्यक्रियाका सेवा नदिएको त होइन तर अब भने नियमित हुने भयो ।” उनले भने । सेवा शुरु भएपछि कोभिड–१९ को सङ्क्रमणबाट सामान्य शल्यक्रियाका लागि पुगेका बिरामीले रिफर गर्नुपर्ने बाध्यता हटेको उनले बताए । “पुरानो अस्पताल भए पनि यसको बृद्धि विकास स्थानीय निकायले त्यति ध्यान पु¥याउन नसक्दा अस्पतालले भने जस्तो सेवा दिन समस्या हुँदै आएको छ”, प्रशासकीय अधिकृत गिरीले भने, “अझै पनि धेरै समस्या छ ।”
अस्पतालले आफैँले एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको भए पनि बर्खामा परेको निरन्तरको वर्षाले अस्पतालसम्म पुग्ने कच्ची सडक भत्काउँदा अहिले एम्बुलेन्स पुग्ने अवस्था नरहेको उहाँले जानकारी दिए । “हरेक वर्ष हामीले यस्तै समस्या भोग्दै आउनुपरेको छ”, उनले भने, “अस्पताल पुग्ने ठाउँ नजिकै पहिराले अवरुद्ध भएको डेढ महिनाभन्दा बढी हुँदा पनि मर्मतका लागि कसैले ध्यान दिएको छैन ।”
सडक मर्मत नहुँदा स्टेचर बोकेर बाटोसम्म बिरामीले लिन जानुपर्ने र ल्याएर उपचार गर्नुपर्ने बाध्यता अस्पताललाई रहेको उनले बताए । “दिनको समयमा जसोतसो ल्याइन्छ, रातको समयमा झैन अप्ठ्यारो पर्छ”, प्रमुख प्रशासकीय अधिकृत गिरीले भने, “पहिरोले स्टेचरमा बिरामी राखेर चार जनाले बोक्ने सक्ने बाटो पनि छैन ।” उनले पहिरोले अवरुद्ध सडक तत्काल मर्मतका गर्न वडाध्यक्ष र स्थानीय सरकारलाई आग्रह गर्र्र्दै आएको जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो
संयुक्त राष्ट्रसंघ । विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको...भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, प्रधानमन्त्री मोदीद्धारा उद्घाटन
नयाँदिल्ली । भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री...देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली
काठमाडौँ । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको...चिसो बढेपछि ढोरपाटनमा ४५ दिनका लागि विद्यालय बन्द
बलेवा । चिसो बढेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका– ५ अधिकारी चौरमा...दाङमा व्यावसायिकरुपमा माछापालन फस्टाउँदै, माछाको माग धान्न कठिन
दाङ । दाङमा पछिल्लो समयमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । पहिलेको समयमा नदी, खोला र प्राकृतिक पोखरीमा...माघीमा थारू सङ्ग्रहालय अवलोकन गर्नेको सङ्ख्यामा वृद्धि
तुलसीपुर । दाङको थारू सङ्ग्रहालय अवलोकन गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । थारूको परम्परालाई हेर्न...मोटरसाइकल प्रयोग गरी सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ
पर्वत । बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह...भारतद्वारा पाम आयलमा प्रतिबन्ध: नेपाली उद्योग धराशायी हुँदै
वीरगञ्ज । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग...विश्व ब्याडमिन्टन जुनियरतर्फको बरियतामा प्रिन्सको छलाङ
काठमाडौँ । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका...निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान : मन्त्री नेम्वाङ
पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई...

प्रतिकृया लेख्नुहोस्:
- संसद् विघटनको मुद्दामा न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल
- पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो
- पाइपलाइनमा समस्या छैन : आयल निगम
- नागरिक एप्स’ को प्रयोगबाट सुशासन वृद्धि हुनेछ : प्रधानमन्त्री
- बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक