Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

रथलाई सांकेतिक रूपमा तान्ने र खटमा राखेर बुङमती पुर्‍याउने सहमति

ललितपुर । कोरोनाका कारण प्रभावित रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रूपमा पूरा गर्ने सहमति भएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - बिहीबार साँझ भएको गुठी संस्थान, स्थानीय प्रशासन र सरोकारवालाको छलफलले ठूलो भिडभाड नगरी जात्राको विधि पूरा गर्ने सहमति गरेको हो । शुक्रबार रिङरोडभित्र ललितपुरमा कर्फ्यु लगाइएको छ ।

स्थानीय गुठियारले निषेधाज्ञाका र संक्रमण फैलिन सक्ने जोखिमबीच अप्रत्यासित रूपमा रथ तानेपछि गुठी संस्थानले जात्राको औपचारिकता पूरा गर्ने निर्णय लिएको हो । तर, कर्फ्यु लगाइएकाले शुक्रबारको क्षमापूजा गर्ने र वैकल्पिक विधिबाट रथयात्रा पूरा काम रोकिएको छ । कर्फ्यु हटेपछि यो पूरा हुनेछ ।

गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले रथको अवस्थासमेत अत्यन्तै जीर्ण भएकाले रथयात्रालाई सांकेतिक बनाउनु नै उपयुक्त विकल्पको रूपमा पहिचान भएको बताए । ‘हाम्रो भगवानप्रतिको श्रद्धा घटेको छैन, विमति पनि छैन,’ संस्थानका प्रवक्ता थपलियाले भने, ‘धार्मिक–सांस्कृतिक परम्परा धान्ने वैकल्पिक व्यवस्था शास्त्रमै पनि छ, तर यो महामारीको विकल्प छैन ।’

जात्राअन्तर्गत शनिबार सांकेतिक रूपमा रथ तान्ने, दिनभरि पूजाआजा गर्ने र रथलाई खटमा राखेर २२ भदौमा बुङमतीमा पुर्‍याउने सहमति भएको ज्यापू समाजका अध्यक्ष तथा पूर्व सांसद चन्द्र महर्जनले बताए । मलमासअगाडि नै मत्स्येन्द्रनाथलाई बुङमती पुर्‍याउनुपर्ने प्रचलन छ । २ असोजबाट मलमास सुरु हुँदैछ ।

प्रशासनले निषेधाज्ञा जारी गरेपछि मलमासअगाडि रथलाई बुङ्मती पुर्‍याउन नसकिने भन्दै स्थानीय युवा र गुठियार बिहीबार बिहानैबाट पुल्चोकमा सडक प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा उत्रिएकाले पुल्चोकमा रहेको रथ नै तान्न थालेपछि बिहीबार प्रहरी र स्थानीयबीच झडप भएको थियो ।

बिहीबार जबरजस्ती करिब एक सय मिटरसम्म रथ तानिएको थियो । प्रशासनलाई कुनै जानकारी नै नदिई युवाहरूको समूहले निषेधाज्ञा तोडेर रथ तान्न थालेपछि बल प्रयोग गर्नुपरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

प्रहरीले भिडभाड नगर्न र घर जानसमेत आग्रह गरेको थियो । तर, स्थानीय युवा र केही गुठियारले अचानक रथ नै तान्न थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले भिडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्यास समेत प्रयोग गरेको थियो । स्थानीयले ढुंगामुढा प्रहार गरेका थिए । प्रहरीको गाडी समेत तोडफोड गरेका थिए ।

रथ तान्ने कार्यमा मुख्य जिम्मेवार गुठी संस्थान, त्यहाँका मुख्य गुठियार र सरोकारवाला १९ वटा विभिन्न संघसंस्थाले पनि आन्दोलन र रथयात्राबारे कुनै जानकारी नै नभएको बताएका छन् । ज्यापू समाजका अध्यक्ष तथा पूर्व सांसद चन्द्र महर्जनले भने, ‘हामीलाई कुनै जानकारी थिएन, अचानक यस्तो भयो, कहाँबाट, कसले परिचालन गर्‍यो, हामी छलफल गर्दैछौँ ।’

उनले रथयात्रा पूरा गर्नुपर्नेबारे अनौपचारिक छलफलका लागि जुटिरहेका वेला अनौठो तरिकाले भिड जम्मा भएको बताए । प्रदर्शनकारीले बल प्रयोग गरेर रथ तान्दा र झडपका कारण बिहीबार रथमा समेत ठूलो क्षति पुगेको उनले जानकारी दिए ।

दुई महिनासम्म मनाइने जात्रामा सबैभन्दा लामो दूरीसम्म रथ तान्ने गरिएको छ । तर, यस वर्ष भने कोरोनाका कारण जात्रा प्रभावित भएको हो । कोरोनाकै कारण रथ निर्माणदेखि रथारोहण र रथयात्रासम्मका गतिविधि प्रभावित थिए ।

करिब एक हजार ६ सय वर्षदेखि उपत्यकामा रातो मत्स्येन्द्रनाथको रथयात्रा गरिन्छ । वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि असार शुक्ल चौथीसम्म रथयात्रा गर्ने गरिएको छ । तर, यस वर्ष भने रथयात्रा सकिनुपर्ने वेलासम्म पनि रथ निर्माण नै सुरु हुन सकेन । तिथिअनुसार गएको १२ वैशाखमा गर्नुपर्ने रथारोहण १० साउनमा गरिएको थियो ।

ट्राफिक प्रहरीलाई कुटपिट गर्ने नौ जना पक्राउ

झडपपछि मोटरसाइकल लिएर आइरहेका एक ट्राफिक प्रहरी कमल घिमिरेलाई प्रदर्शनकारीले निर्घात कुटपिट गरेका छन् । गम्भीर घाइते घिमिरेको अल्का अस्पतालमा उपचार भइरहेको छ । झडपमा परी सात प्रहरी घाइते भएका छन् ।

उपचारपछि उनीहरू घर फर्किसकेको प्रहरीको भनाइ छ । मोटरसाइकलमा आइरहेका ट्राफिक प्रहरी कमल घिमिरेलाई प्रदर्शनकारीले मूल सडकमै कुटपिट गरेका थिए । आक्रोशित प्रदर्शनकारीले उनको मोटरसाइकल समेत तोडफोड गरेका थिए ।

कुटपिटमा संलग्नहरूको सिसिटिभी फुटेज संकलन गरी अध्ययन भइरहेको छ । कुटपिटमा संलग्न नौ जनालाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको छ । गाःबहालको प्रहरी बिट तोडफोड भएको छ । त्यस्तै, पानी फोहोरा फ्याँक्ने वाटर क्यानन र एउटा मोटरसाइकलमा पनि क्षति पुगेको छ ।

शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कफ्र्यु

झडपका क्रममा ललितपुरको पाटन क्षेत्र दिनभर अशान्त बनेपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले प्रभावित क्षेत्रमा गोली हान्ने आदेशसहित कफ्र्यु जारी गरेको छ । कफ्र्यु शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म लाग्नेछ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरबाट जारी विज्ञप्तिअनुसार कफ्र्यु अवधिमा तोकिएको क्षेत्रभित्र भेला, जुलुस, आवतजावत गरेमा कानुनी कारबाही गरिने भनिएको छ । विज्ञप्तिमा छ, ‘आवतजावत गर्न, भेला हुन, जुलुस गर्न निषेध गरिएको छ ।

आदेशको उल्लंघन गरी घरबाट बाहिर निस्केमा सुरक्षाकर्मीले गोलीसमेत प्रहार गर्न सक्नेछ ।’ महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले ललितपुरको चक्रपथभित्रको क्षेत्रमा कफ्र्यु जारी हुने निर्णय भएको बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies