Khabar Dabali Logo
  January 27, Wed

कतारमा श्रमिककाे न्यूनतम तलब १ हजार रियल, रिलिज लेटर पनि नचाहिने

दाेहा । कतारमा रहेका र कतार जान चाहने श्रमिक नेपालीलाई कतार सरकारले ठूलाे खुसी दिएकाे छ । कतार सरकारले अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल (३० हजार रुपैयाँ) तोकेपछि यसकाे फाईदा सयाै प्रवासी कामदारलाई हुने भएकाे हाे ।

प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले आइतबार २०२० को ‘कानुन नम्बर १७’ जारी गर्दै निजी क्षेत्रमा कार्यरत सबै श्रमिकको न्यूनतम तलब निर्धारण गरेको हो । यो घरेलु श्रमिकको हकमा पनि लागू हुनेछ । राजपत्रमा प्रकाशन भएकाे ६ महिनापछि याे नियमलाई कडाईका साथ पालना गर्ने कतारले जनाएकाे छ ।

यसका साथै कतारले रोजगार परिवर्तन गर्नका लागि रोजगारदाताको अनुमति (रिलिज पेपर) चाहिने बाध्यकारी नियमलाई पनि हटाएको छ ।

यो तलब कार्यान्वयनमा आएपछि कतार सबैभन्दा बढी न्यूनतम तलब दिने रोजगारदाता मुलुक बन्नेछ । नेपाल सरकारले २०१३ देखि अदक्ष श्रमिकका लागि न्यूनतम तलब ९ सय रियाल र खानाबापत तीन सय रियाल गरी १२ सय रियाल निर्धारण गरेको थियो । कान्तिपुरमा प्रकाशित एक रिपाेर्ट अनुसार, रोजगारदाता कम्पनीले नेपालले एकतर्फी रुपमा तलब निर्धारण गरेको भन्दै त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गरेको थिएन । कतारले पनि रोजगारदाता र श्रमिकबीच हुने सम्झौतालाई मात्रै आफूले कार्यान्वयन गर्न बाध्यकारी रहेको बताउँदै आएको थियो । कतारले दुई वर्ष अघिदेखि भने ७५० रियालभन्दा तलको करारपत्रलाई प्रमाणीकरण गर्न छोडेको थियो ।

अब रोजगारदाताले न्यूनतम तलब एक हजार रियाल, खाना ३ सय र आवासबापत ५ सय रियाल दिनुपर्नेछ । तर, खाना र आवासको सुविधा दिए एक हजार रियाल तलब मात्रै दिए हुन्छ ।

भदौ १५ गते, २०७७ - ०९:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...   

सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...   

ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...   

बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...   

आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै

काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...   
ओली प्रवृतिसँग आज लड्ने कि भोली !

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...   

के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...   

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top