Khabar Dabali Logo
  October 23, Fri

भक्तपुरमा पेट्रोल बोकेको ट्यांकरले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

भक्तपुर । पेट्रोलियम पदार्थ बोकेको बा ३ ख ५३२२ नम्बरको ट्यांकरले बा २१ च ८८०५ नम्बरको पानीको जार बोकेको मिनिभ्यानलाई ठक्कर दिँदा यहाँ आज एक जनाको मृत्यु भएको छभने तीन जना भाइते भएका छन् ।

दुर्घटनामा घाइते भ्यानका चालक झापा अर्जुनधारा नगरपालिका–२ का २६ वर्षीय मिलन मगरको डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

अरनिको राजमार्गअन्तर्गत जगातीबाट साँगातर्फ जाँदै गरेको ट्यांकरले भक्तपुरतर्फ आउदै गरेको भ्यानलाई बाँसघारीमा ठक्कर दिँदा मिनिभ्यानका सहचालक मोरङ अमरदहका गाउपालिका–८ घरभइ हाल काठमाडौं जोरपाटी बस्ने १५ वर्षीय विवेक राजवंशी गम्भिर घाईते भएका छन् ।

मिनिभ्यानमा सवार काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–६ साँगाकी २२ वर्षीया सिर्जना तामाङ र उहाँका १९ महिने छोरा मेडिज तामाङ घाइते भएका छन् । घाइतेको डा।इवामुरा अस्पताल सल्लाघारीमा उपचार भइरहेको र सहचालक राजवंशीको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए । दुर्घटनापछि फरार ट्यांकर चालकको भने खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

भदौ ११ गते, २०७७ - १९:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारले विश्व बैंकको २४ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गर्याे, यस्ताे छ मन्त्रिपरिषद्को अन्य निर्णय

सरकारले विश्व बैंकको २४ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गर्याे, यस्ताे छ मन्त्रिपरिषद्को अन्य निर्णय

काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रूपमा प्राप्त...   

मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना पुष्टि

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री...   

विनाभेदभाव कोरोनाको निःशुल्क उपचार गर्न प्रधानमन्त्रीलाई सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क...   

भियतनामको बाढी र पहिरोमा ११४ को मृत्यु, २१ वेपत्ता

भियतनाम । भियतनाममा व्यापक वर्षाका कारण बाढी र पहिरो जाँदा कम्तीमा ११४ जनाको मृत्यु हुनुको साथै कम्तीमा...   

उपत्यकामा १ हजार ५५२ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमितको ४५ हजार नजिक

काठमाडौं । काठमाडौँ उपत्यकामा थप १ हजार ५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा काठमाडौँमा...   

कोरोनाबाट निको हुनेको संख्या १ लाख नाघ्यो, मृत्यु हुनेको संख्या ८१२

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख नाघेको छ । २४ घण्टामा ३ हजार २१५ जना कोरोना...   

बिहिबार ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु

काठमाडौँ । बिहीबार देशैभर थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

सहकारीले दियो एकल पुरुष र महिलालाई भत्ता

काठमाडौं । यहाँको एउटा सहकारीले एकल महिला र पुरुष दुवैलाई सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ता...   

तस्करको आक्रमणमा परी ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रदेश सरकारको राहत

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नियमित गस्तीका क्रममा तस्करको आक्रमणमा परी ज्यान गुमाएका प्रहरी...   

देशकै हालसम्मकै ठूलो सबस्टेशन निर्माण सम्पन्न : १२ सय मेगावाट विद्युत् आयातनिर्यात गर्न सकिने

काठमाडौं । काठमाडौं देशकै हालसम्मकै सबैभन्दा ठूलो सबस्टेशनको रुपमा परिचित ढल्केबर सबस्टेशन नो लोडमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top