Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

काठमाडौंमा कोरोना संक्रमित बढेको बढ्यै

काठमाडौं। देशको संघीय राजधानी काठमाडौंमा बुधबार मात्रै २ सय ३० जना कोरोना संक्रमित थपिएका छन् । केही सातायता औसतमा सयभन्दा माथि संक्रमित थपिने क्रम जारी छ । यहाँ संक्रमितको संख्या ३ हजार १ सय ८५ पुगेको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - ११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिका, कीर्तिपुर, चन्द्रागिरि नगरपालिका बढी प्रभावित देखिएका छन् । अन्य तहमा पनि कोरोना भने फैलिएकै अवस्था छ । सरकार र नागरिक दुवैका कमजोरीले काठमाडौं संक्रमणको उच्च जोखिममा गएको विज्ञ बताउँछन् ।

शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालका डा. शेरबहादुर पुनले लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट आउने व्यक्तिको परीक्षण र व्यवस्थापन गर्न नसक्नु मुख्य कारण भएको बताए । ‘लकडाउन खुसेसँगै बाहिरी जिल्लाबाट काठमाडौं आउने बढे’, डा. पुनले भने, ‘जुन बेला ९९ प्रतिशतमा लक्षण देखिएको थिएन । लक्षण नभएकाहरू गाइडलाइनअनुसार क्वारेन्टाइनमा बसेनन् । उनीहरू समुदायमा काम गर्ने व्यक्ति थिए । बिना परीक्षण काममा गए । यसबाट पनि एक प्रकार जोखिम बढ्यो ।’

बाहिरी देशबाट आएकालाई सरकारले क्वारेन्टाइनमा राख्यो। परीक्षण गर्‍यो । तर, बाहिरी जिल्लाबाट आउनेलाई भने काठमाडौंमा क्वारेन्टाइनमा राखिएन। उनीहरूको परीक्षण पनि गरिएन । सरकारले लकडाउनको समयको सदुपयोग गर्न नसक्नु अर्को समस्या भएको उनले बताए । ‘लकडाउनको समयमा आवश्यक तयारी गर्नुपथ्र्यो’, उनले भने, ‘सरकारले रणनीति बनाउनुपथ्र्यो त्यो काम भएन । पुरानै तरिकामा चल्यो ।’

लकडाउन खुलेसँगै काठमाडौं उपत्यकामा सार्वजनिक सवारी चले। व्यापार व्यवसाय पनि चलाउन थालियो। मजदुरहरू काममा लागे । तर कोरोनाका लागि अपनाउनुपर्ने सुरक्षाका उपाय अपनाइएन । जुन संक्रमण फैलिनुको अर्को कारण बन्यो ।

मास्क नलगाउनु र भीडभाडमा जानु संक्रमण फैलनुको अर्को कारण भएको संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले बताए । ‘काठमाडौंको जनघनत्व एकदमै धेरै छ’, डा. सुवेदीले भने, ‘गल्लीहरू एकदमै साँघुरा छन्, जहाँ नगई हुँदैन। तरकारी किन्न वा अन्य काममा जानुपर्‍यो । यस्तो अवस्थामा स्थानीयले हेलचेक्र्याइँ गरे । सुरक्षामा ध्यान दिएनन । यसले संक्रमण फैलियो ।’

उनले सरकारले परीक्षणको दायरा फराकिलो नबनाउनु पनि संक्रमण फैलनुको अर्को कारण भएको बताए । ‘परीक्षणको दायरा साँघुरो भयो’, उनले भने, ‘बिरामीहरू सहज परीक्षण नभएकाले रोग लिएर बसिरहेको अवस्था छ । कन्ट्याक ट्रेसिङ भएको छैन । संक्रमितका परिवारलाई ट्रेसिङ गरिएको छैन ।’

यहाँका स्थानीय तहरूले पनि कोरोना नियन्त्रणमा राम्रो भूमिका निभाउन सकेका छैनन् । उपत्यकाका एकाध स्थानीय तहबाहेक अन्यले क्वारेन्टाइनै व्यवस्थापन गर्न सकेका छैनन् । सबैभन्दा ठूलो काठमाडौं महानगरले क्वारेन्टाइन बनाएको छैन । बल्ल उपत्यकामा एकीकृत क्वारेन्टाइनमा जुटेको काठमाडौंका मेयर विद्यासुन्दर शाक्य बताउँदैछन् । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले स्थानीय तहहरूबाट कमजोरी भएको स्विकार गरे । बाहिरबाट आउनेलाई व्यवस्थित गर्न नसकेकाले संक्रमण फैलिएको उनको भनाइ छ ।

‘हाम्रो नगरपािलकामा ३७ जनामा कोरोना देखिएको छ’, उनले भने, ‘ती सबै बाहिरी जिल्लाबाट आउने र उनीहरूका परिवारका सदस्य मात्रै छन् । बाहिरबाट आउनेलाई व्यवस्थित गरेर क्वारेन्टाइनमा राख्न सकेको भए अहिलेको अवस्था आउने थिएन ।’
अब के गर्ने ?

डा. सुवेदीले महामारी नियन्त्रण गर्न परीक्षण, ट्रेसिङ र आइसोलेसन तीन मात्रै विकल्प रहेको बताए । सरकारले बढीभन्दा बढी परीक्षण गरेर आइसोलेसनमा राख्नुपर्ने उनको भनाइ छ । ‘हामीसँग तीनवटा मात्रै विकल्प छन्’, उनले भने, ‘परीक्षण बढी हुनुपर्‍यो । संक्रमितसँग सम्पर्कमा रहेकाको ट्रेसिङ र आइसोलेसनको पूरा व्यवस्था गर्नुपर्‍यो ।’ घरधनीको डरका साथै महँगो भएकाले परीक्षण नगरेको उनले बताए । निर्धक्क परीक्षणको वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

काठमाडौंमा समुदायस्तरमा संक्रमण फैलिएको हो होइन भनेर बहस चलिरहेको छ । अवस्था हेर्दा समुदायमा गइसकेको विज्ञहरूको भनाइ छ । सरकारी पक्षको दाबी भने समुदायमा फैलिएको छैन भन्ने हो । यस्तो अवस्थामा पहिला समुदायस्तरमा कोरोना संक्रमण फैलिएको वा नफैलिएको सरकारले स्पष्ट पारे मात्र महामारी नियन्त्रण गर्न सकिने डा. पुनको भनाइ छ । ‘अहिलेको अवस्थामा समुदायमा संक्रमण फैलिएको छ कि छैन भन्नेमा विवाद छ’, उनले भने, ‘यो कुरा सरकारले स्पष्ट पार्नुप¥यो अनि मात्र आगामी दिनको रणनीति तयारी गर्नुपर्छ ।’

उनका अनुसार समुदायमा फैलिएको भए त्यस क्षेत्रमा आवतजावत बन्द गर्नुपर्छ । नफैलिएको भए सुरक्षा उपाय अपनाउनुपर्छ । समुदायमा परीक्षणलगायत काम गर्नुपर्ने उनले बताए । सरकारले उपत्यकामा लगाइएको निषेधाज्ञा अवधिमा आवश्यक तयारीका काम गर्नुपर्ने उनको भनाइ छ ।

‘निषेधाज्ञामा सरकारले समुदायमा परीक्षण गर्ने, आइसोलेसन बनाउने काम गर्नुप¥यो,’ उनले भने, ‘सुतेर बस्नु भएन । निषेधाज्ञाको फाइदा लिएर काम गर्नुपर्छ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies