Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

२ दशक पछि बल्ल औद्योगिक क्षेत्रको काम अघि बढ्यो

महेन्द्रनगर । प्रक्रियागत अल्झनका कारण लामो समयदेखि अलपत्र परेको कञ्चनपुरको दैजिछेला औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढेको छ । २०५३ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारले सो औद्योगिक क्षेत्र स्थापना गर्न पहिलो पटक बजेट विनियोजन गरेको थियो । यसपछि झण्डै दुई दशक भन्दा बढी समय पछि बल्ल औद्योगिक क्षेत्रको काम अघि बढेको हो ।

कञ्चनपुरको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले औद्योगिक क्षेत्र स्थापनाका लागि गरिएको वातावरणीय प्रभाव मुल्याङ्कन स्वीकृत भएको बताए । “लामो समयदेखि स प्रक्रिायामै उल्झन् रहेको औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मुल्याङन स्वीकृत भएको छ ।” उनले भने,“ मुल्याङकन स्वीकृत भएको खण्डमा औद्योगिक क्षेत्र निमार्णको बाँकी काम सम्पन्न गर्न अब धेरै समय लाग्दैन् ।” उनले यहाँको वन कार्यालयको गलत रिर्पोटिङ्गका कारणले मुल्याङकन स्वीकृत गर्न धेरै समय लागेको दाबि गरे ।

२०६६ सालमा जिल्ला वन कार्यालयले आवश्यक जमिन उपलब्ध गराउने सहमति गरेको र जनचेतना सामुदायिक वन, वेदकोट सामुदायिक वनले पनि औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गा उपलब्ध गराउन सहमति जनाइसकेका थिए । मन्त्रिपरिषद्को निणर्यले पनि दैजि छेलाको चार किल्ला भित्र बनाउने निर्णय गरिसकेको नगरपालिकाले जनाएको छ ।“औद्योगिक क्षेत्रको डिपिआर बनाउने काम पनि भइसकेको छ ।” उनले भने “अब स्थलगत रुपमा देखिने गरी काम हुन्छ ।” २०७५ साल असोजमा डिभिजन वन कार्यालय महेन्द्रनगरले वन तथा वातावरण मन्त्रालयमा दैजिछेला क्षेत्रमा उद्यौगिक क्षेत्र स्थापना गर्न नसकिने पत्र पेश गरेपछि सो काम रोकिएको थियो ।

“वन कार्यालयले दैजी औद्योगिक क्षेत्रसँग शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोडिएको, औद्योगिक क्षेत्रबाट झण्डै ७० किलो मिटर टाढा रहेको भारतमा पर्ने दुधुया नेशनल पार्कलाई औद्योगिक क्षेत्रसँग जोडिएको उल्लेख गरेको, सालको पुर्नउत्पादित क्षेत्र र जंगली जनावरको हिडडुल गर्ने बाटो भएको भन्दै उक्त क्षेत्रमा उद्योग स्थापना गर्न सकिँदैन भनेर वन कार्यालयले भुटो रिर्पोटिङ गरेपछि काम रोकिएको थियो ।” नगर प्रमुख चन्दले भने,“ वन तथा वातावरण मन्त्रालय र उद्योग मन्त्रालय सँग सबै कुरा स्पष्ट प्रमाण सहित पेस गर्दा मन्त्रालय स्तरबाटै सकारात्मक कुरा आएपछि इआइए स्वीकृती भएको हो ।”

उनले उद्योग मन्त्रालयसँग औद्योगिक क्षेत्र स्थापनाको उद्घाटनको मिति तय गर्ने विषयमा समेत छलफल चलिरहेको बताए । “यो झण्डै साढे रु ६ अरबको प्रोजेक्ट भएको हो ।” उनले भने,“यसको स्थापनाले सुदूरपश्चिमको विकासमा ठुलो सहयोग पुग्नेछ ।”

औद्योगिक क्षेत्र निर्माण हुने खबरले स्थानीय निकै उत्साहित भएका छन् । स्थानीय बलबहादुर विष्टले औद्योगिक क्षेत्र स्थापना पछि गाउँघरमै रोजगारी सृजना हुनेमा आफूहरु आशावादी रहेको बताए । “कोरोनाले बाह्य रोजगारी समेत खोसेको अवस्थामा बेरोजगारी समस्या विकराल बन्दैछ ।” उनले भने–“चाँडो औद्योगिक क्षेत्र स्थापनाको कामलाई अगाडी बढाउनु आवश्यक छ ।”

उनले गाउँबस्तीमै औद्योगिक क्षेत्र स्थापना भए युपा पुस्तालाई रोजगारीका लागि बाहिरिनु पर्ने बाध्यता हट्नेमा आशावादी रहेको जानकारी दिए ।त्यसैगरी दैजिका अर्का स्थानीय रमेश ओखेडाले भने औद्योगिक क्षेत्र स्थापना भए स्थानीय युवाहरुले रोजगारीका लागि प्राथमिकता पाउनुपर्ने माग गरे । “औद्योगिक क्षेत्रमा काम गर्न पाए परिवारमै स्मृद्धि आउने थियो भन्ने पछि आशा हो ।” उनले भने,“हामी कहिलेसम्म विदेशिएर परिवार पाल्ने ?”

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies