Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सिन्धुपालचोकमै १६७ बस्ती जोखिममा

सिन्धुपाल्चोक । लिदी जस्तै भौगलिक बनोट भएका सिन्धुपालचोकमा मात्रै १ सय ६७ बस्ती जोखिममा छन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको भौगर्भिक अध्ययन अनुसार ९६ स्थान संरक्षण गरेर बस्न सकिने र ७१ स्थान जोखिममा रहेका थिए । जिल्लाका २ सय ४२ स्थानको भौगर्भिक अध्ययन भएको थियो । जसमा ७५ स्थान मात्रै रहेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भूगर्भविद् लेखप्रसाद भट्टले पहिले गरिएको अध्ययनले लिदीमा माथिल्लो क्षेत्रमा नभई तल्लो क्षेत्रमा समस्या देखाएको बताए ।

२०७४ सालमा गरिएको अध्ययनले लिदीलाई संरक्षण गरेर बस्न सकिने देखाएको थियो। वर्षातका बेला सिन्धुपाल्चोकमा देखिएको विपदबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित कार्यक्रममा भूगर्भविद भट्टले बेला बेलामा जोखिमका क्षेत्र बदलिन सक्ने बताए ।

भौगर्भिक अध्ययनमा कम जोखिम भनेको क्षेत्रमा पहिरोले क्षति गरेपछि थप अध्ययनको लागि आवास उठ्न थालेको छ । प्राधिकरणले विगतको अध्ययनको समिक्षा गर्दै नयाँ अध्ययन गर्न समन्वय गर्ने भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सिन्धुपाल्चोकमा भएको ठूलो जनधनको क्षति अत्यन्तै दुस्खद् भएको बताउँदै सिन्धुपाल्चोकबारे विगतका गरिएका अध्ययनहरुको समीक्षा गर्नुका साथै नयाँ अध्ययन गर्न विभिन्न निकायसँग समन्वय गरी प्राधिकरणले सहयोग गर्ने बताए । उनले विगतमा भएका अध्ययनहरुको समीक्षाको काम सुरु गर्न प्राधिकरणका विज्ञ तथा कर्मचारीलाई निर्देशन दिए ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले स्थानीय तह, प्रदेश र केन्द्रले गर्ने कामलाई स्पष्ट गरेर अघि बढ्दा समस्या समाधानमा थप सहज हुने धारणा व्यक्त गरे ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको भौगर्भिक अध्ययन गरी अन्यन्तै जोखिमपूर्ण देखिएका क्षेत्रका जनतालाई स्थानान्तरणको व्यवस्था मिलाउन आवश्यक भएको बताए ।

समन्वय समितिका प्रमुख तामाङले अध्ययनबाट सुरक्षाका हिसाबले बस्न उपयुक्त नदेखिएका स्थानका जनतालाई विश्वासमा लिएर वैकल्पिक व्यवस्था मिलाउनु पर्ने बता ।

जमीनसँग मानिसको जीवन जोडिएको हुन्छ । कतिपयले पुर्खाको थातथलो छोड्न हुँदैन पनि भन्न सक्नु हुन्छु, उनले भने जोखिममा भएका जनतालाई बुझाएर स्थानान्तरण हुन प्रेरित गर्नुपर्छ । लिदीका जनताले जोखिम रहेको भन्दै जानकारी गराए पनि सम्बन्धित निकायले ध्यान नदिदा त्यहाँ ठूलो क्षति भएको थियो ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आगामी विहीबार स्थानीय तहका जनप्रतिनिधि लगायतसँग छलफल गर्ने भएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जनप्रतिनिधिहरुबाट आएका सुझावलाई समेत ध्यानमा राखी थप अध्ययन गर्न प्राधिकरणले सहयोग गर्ने बताए । प्राधिकरणको विज्ञ टोलीले सिन्धुपाल्चोकमा कुन कुन क्षेत्रमा जोखिम छ भनेर विवरण प्रस्तुत गर्ने भएको छ ।

समन्वय समितिका प्रमुख तामाङले पहिरोबाट पुगेको क्षतिलाई राजनीतिकरण गर्न नहुने भन्दै साझा धारणा बनाएर समस्या समाधान गर्दै पुनर्निर्माणमा लाग्नु पर्ने धारणा व्यक्त गरे ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies