Khabar Dabali Logo
  October 28, Wed

राससका कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन

काठमाडौँ । राष्ट्रिय समचार समिति (रासस)का कर्मचारी र पत्रकारको आज कोरोना भाइरस पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले राससका सबै कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेका हुन् ।

कोभिड–१९ को सङ्क्रमण बढिरहेका बेला अग्रपङ्क्तिमा कार्यरत सबै कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको हो । राससका अध्यक्ष श्यामल अधिकारी, महाप्रबन्धक ओपेन्द्र शर्मा, प्रधानसम्पादक श्याम रिमाल, प्रमुख समाचारदाता राजु शाक्य, कार्यकारी व्यवस्थापक उत्तम सिल्वाललगायत कर्मचारी एवं पत्रकारलगायत १५० जनाको परीक्षण गरिएको हो ।

सो अवसरमा राष्ट्रिय महिला आयोगका कर्मचारीको पनि स्वाब सङ्कलन गरिएको थियो । महाशाखाका ल्याब टेक्नोलोजिष्ट मीनराज पन्थी तथा ल्याब टेक्निसियन देविका खत्री र वसन्ती लोप्चन स्वाब सङ्कलनमा खटिएका थिए ।

साउन ३२ गते, २०७७ - १५:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोलमा मिसावट गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पेट्रोल पम्प सिल

कर्णाली । पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ...   

बेवारिसे सालको काठ बरामद

स्याङ्जा । चापाकोट नगरपालिका १ खोलेगाउँस्थित भित्री सडकको जंगलमा बेवारिसे अवस्थामा भेटिएको सालको...   

मृत्यु संस्कारका लागि सामुदायिक वनले दाउरा व्यवस्थापन गर्ने

टिकापुर । कैलालीको टीकापुरका सञ्जय विकका बुवाको गत साउन २५ गते निधन भयो । बुवाको निधनपछि मृत्यु संस्कारका...   

नागरिकको भीड बढ्न थालेपछि शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको...   

बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन...   

अलपत्र अवस्थामा रहेका ११ बालबालिकाको उद्धार

सिमकोट । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ । काठमाडौंको...   

मोटरसाइकलको ठक्करबाट ६९ वर्षीया थारुको मृत्यु

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको...   

भियतनाममा बाढीबाट ९० जनाको मृत्यु

हनोइ । गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको...   

चीनको अर्थतन्त्रमा तिब्र सुधार, कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता

बेइजिङ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता...   

विश्वमा कोरोना सङक्रमितको संख्या करिब ४ करोड, ११ लाख १३ हजारको मृत्यु

वासिङ्टन । विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top